निर्णय नं. ६३७० - वाली मोही

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३७० - वाली मोही भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०४/२९ ३०६५ निर्णय नं. ६३७० ने.का.प.२०५४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको दे.पु. नं. ..२८४५ फैसला मितिः २०५३।४।२९।३ मुद्दा : वाली मोही । पुनरावेदक/वादीः जिल्ला पर्सा हरिहरपुर गाउँ विकास समिति वडा नं. २ वस्ने कन्चन देवी व्राम्हणी विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला पर्सा सुमौली गाउँ विकास समिति वडा नं. १ भवानीपुर वस्ने परमेश्वर महतो थारु § अड्डाको सामान्य भूलका कारणले मात्र फिरादीको कानूनन् हक अधिकारमा कुनै असर पर्न जाने अवस्था हुन नआउने । (प्र.नं. १३) § फिरादमा पर्सां जिल्ला अदालतको नाम उल्लेख भएकै कारणवाट भूमि सुधार कार्यालय, पर्साले अधिकार विहिन निर्णय गर्यो भन्ने पुनरावेदन अदालत, हेटौडाको निर्णयाधारलार्ई मनासिव मान्न नमिल्ने । (प्र.नं.१३) पुनरावेदिकाको तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री मो.शेख अव्वास विपक्षी तर्फवाटः अवलम्बित नजीरः फैसला न्या. मोहन प्रसाद शर्माः पुनरावेदन अदालत हेटौडाको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छः २. मेरो नाम दर्ताको जिल्ला पर्सा सुमौली गा.वि.स. वडा नं. २ कि नं. १०१ को ज.वि. १-२-१५ दोयम जग्गाको विपक्षी मोहीले ०४५।४६ सालको कुत वाली नदिएवाट पर्सा जिल्ला अदालतमा नालेश दिएकोमा उक्त अदालतवाट क्रमसः २०४६।७।३ र २०४७।५।५।३ मा कुत वाली भराइ दिने ठहर फैसला समेत भएको र यस २०४७ सालको वाली समेत विपक्षीले मलार्ई नवुझाएको र सम्वन्धित ठाउमा धरौट समेत नराखेकोले मैले पाउनु पर्ने २०४७ सालको उपरोक्त लेखिएको जग्गाको हुने कुत वाली धान मन १३ मन ३ किलोको प्रचलित वजार भाउ प्रतिमन १७२ ले हुने रु.२२४७।७० पैसा विपक्षीवाट दिलार्ई मोही निस्कासन गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. दावीको कुत वाली २०४७।१०।२० गते साक्षीहरु समेतको रोहवरमा वादीलार्ई वुझाइ सकेको छु वदनियत चिताई झूट्टा नालेश दिएका हुन गरिवको निर्वाह गर्ने उक्त दावीको जग्गा मात्र भएकोले मोही हक सुरक्षा गरी फरेवी दावीवाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. पटक पटक वाली नवुझाएकोले दावीको जग्गावाट प्रतिवादीको मोही हक भूमि सम्वन्धि ऐन, २०२१ को दफा २९(१) वमोजिम निष्काशन हुने र भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(३) वमोजिम दावीको सालको कुतवाली समेत वादीले भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४८।८।१० को शुरु भूमिसुधार कार्यालय पर्साको फैसला । ५. अ.वं. १८४ (क) ले मुख नमिलेको विषयमा साक्षी प्रमाण समेत वुझी ठहर गर्नु पर्नेमा सो प्रमाण नवुझी गरेको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत, हेटौडामा परेको पुनरावेदन पत्र । ६. मुलुकी ऐन अ.वं. २९ नं. को क्षेत्राधिकार ग्रहण गरी पर्सा जिल्ला अदालतमा चढाएको व्यहोराको फिराद लिई गरेको शुरु भूमि सुधार कार्यालय, पर्साको निर्णय विचारणीय हुँदा छलफलको निमित्त अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५०।८।१० को पुनरावेदन अदालत, हेटौडाको आदेश । ७. वाली वुझाई सकेको छु भन्ने प्रतिउत्तर जिकिर भएपछि आवश्यक साक्षी प्रमाण वुझ्ने काम भूमि सुधार कार्यालय, पर्सावाट भएको पाइएन । पर्सा जिल्ला अदालतलार्ई सम्वोधन गरेक