निर्णय नं. ६३७३ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३७३ - ज्यान मार्ने उद्योग भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/१२/१३ २९४९ निर्णय नं.६३७३ ने.का.प.२०५४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५१ सालको फौ.पु.नं. .... ९८५ फैसला मितिः २०५३।१२।१३।४ मुद्दा : ज्यान मार्ने उद्योग । पुनरावेदक/वादीः कटक वहादुर कार्कीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादीः जिल्ला उदयपुर गाउँ विकास समिति रामपुर ठोक्सिला वडा नं. ७ वस्ने भीम वहादुर खड्का समेत जम्मा ९ § जाहेरवाला कटक वहादुरको घा जाँचको सम्वन्धमा स्वास्थ्य चौकी रामपुरको केश फाराममा ३५ दिनमा निको नहुने नीलडाम र लाठा ढुंगाको घाउ चोट परेको उल्लेख छ । त्यस्तै उदयपुर अस्पताल केश फराममा टाउकोमा १ह१र२, १र२ह१र४ काटेको घाउ दाहिने कानमा घाउ पिठमा नील डाम ३ वटा दाहिना हातमा चोट लागेको दुर्वै तिघ्रामा नीलडाम र घाटीमा चोट लागेको भन्ने व्यहोरा उल्लेख भई धार नभएको हतियार प्रयोग भई सामान्य प्रकारका घाइतेको स्थिति रहेको देखिन्छ यसरी दुवै घा जाँच फरामवाट घातक र धारीलो हतियारको प्रयोग भएको प्रमाणित भएको मान्न मिल्ने अवस्था नदेखिने । § १८ जनाको जमातले मार्ने नियत भइ घाउ चोट छोडेका भए निज जाहेरवाला कटक वहादुरको ज्यान वच्न सक्ने अवस्था रहने स्थिति छैन । मारौं भन्ने नियत लिई मर्नसम्मको काम गर्दा अवरोध हुन गएकोले ज्यान मर्न नपाएको भन्ने कुरा प्रमाणित देखिन आउदैन । यस्तो स्थितिको वारदातलार्ई ज्यान मार्ने उद्योगको वारदात कायम गर्न मिल्ने नदेखिंने । (प्र.नं. २९) पुनरावेदक तर्फवाटः उपर सरकारी अधिवक्ता श्री धनसिंह महरा विपक्षी तर्फवाटः अवलम्बित नजीरः फैसला केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत, राजविराजवाट मिति २०५१।३।२० मा भएको फैसला उपर पर्न आएको पुनरावेदन संक्षिप्त प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. मिति २०४५।८।४ गते वेलुका म रामपुर शनिवारे वजारवाट आफ्नो घरतर्फ गाउँ घुम्दै जाउँ भनी वडा नं. ३ वाट हुदै वडा नं. ६ र ७ को वीचमा पर्ने गरी खोलाको वगरमा वेलुकी ८ वजेको समयमा पुगेको थिएं । सो ठाउमा चित्र वहादुर खड्का, भीम वहादुर खड्का अशोक कुमार खड्का, वच्चे भन्ने खड्का, थामे दमाई, रत्न प्रसाद आचार्य, शशिधर आचार्य, डिक राज कटेल समेत जना ८ चिनेका र नचिनेका १० जना समेत १८ जनाको हुल भई हात हातमा लाठी, खुकुरी समेत लिई मलार्ई मार्नु पर्छ भन्ने षडयन्त्र गरी उक्त वाटो गरी आउने भन्ने कुरा पत्ता लगाई वाटो ढुकी वसेका रहेछन् । उक्त ठाउमा म पुग्नासाथ अभियुक्त भीम वहादुर खड्काले आयो तयार हौ मार भन्दा प्रतिवादीहरुले चारै तिरवाट घेरा हाली भाग्न उम्कन नसक्ने स्थिति वनाई अभियुक्त अशोक कुमार खड्काले मलार्ई कुटपीट गरेकाले प्रहरी गस्ती आइ विपक्षीहरुको पन्जावाट मलाई छुटाई मेरो ज्यान वच्न गएकोले निजहरुलार्ई पक्राउ गरी सजाय गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. मिति २०४५।८।४ गते वेलुका रामपुर शनिवारे वजारवाट जाहेरवालाको साथमा वारदात स्थलमा पुगेपछि भीम वहादुर खड्का समेत १० जना चिनेका र अन्य नचिनेका ८ जना समेत वाटो ढुकी वसी रहेका रहेछन् । निजहरु हुल भई हातमा लाठी, खुकुरी समेत लिई जाहेरवाला र मलाई घेरा हाली भाग्न उम्कन नदिई अशोक कुमार खड्काले जाहेरवाला मार्नु पर्छ भन्दै भीम वहादुर, चित्र वहादुर अशोक कुमारले खुकुरी प्रहार गरेर अन्य व्यक्तिहरुले लाठी ढुंगा प्रहार गरेका हुन् भन्ने परशुराम अधिका