निर्णय नं. ६३७४ - अंश दपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३७४ - अंश दपोट भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०२/२२ २५२० निर्णय नं. ६३७४ ने.का.प.२०५४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्र राज नाख्वा सम्वत् २०५० सालको दे.पु.नं. ..१२६७ फैसला मितिः २०५३।२।२२ ।३ मुद्दा : अंश दपोट । पुनरावेदक/वादीः जि. सप्तरी इटहरी विष्णुपुर गा.वि.स. वडा नं. २ वस्ने सोभी सुतिहारको मु.स. गर्ने निजको छोरा लक्ष्मी सुतिहार । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ वस्ने सिताराम सुतिहार समेत जना २ § प्रतिवादीका नाउँमा दर्ता नै नभएको जग्गा निजले दपोट गरे भन्न नमिल्ने । (प्र.नं. १५) निवेदक तर्फवाटः विपक्षीतर्फवाटः अवलम्बित नजीरः फैसला न्या. केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत राजविराजको फैसला उपर वादी तर्फवाट दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. प्रतिवादी सोनाइ मेरो भाई पर्ने र प्र. सिताराम भतिजो पर्ने अंशियार हुन । प्र. सोनाइले अंश मुद्दा दिएकोमा तायदाती दिंदा सोनाइ सुतिहार नाउँ दर्ताको सिम्राहा गा.पं. वार्ड नं. ७ को सा.कि.नं. ७९९ को ४।१ नं. ९२६) १।।।, ३ नं. ९२३ को १०१ जग्गा र प्र. सितारामको वावु नेवालाल सुतिहार नाउँ दर्ताको इटहरी विष्णुपुर गा.पं. वा.नं. ७ कै कि नं. १५३५ के (के १।, नं. १५३७ के) ०२ नं. १०६७ के) २०१ नं. १०६५) २।३ समेत दुवैका नाउँ दर्ताको ।।३०१ जग्गा प्रतिवादीहरुले तायदाती नदिई लुकाई दवाई राखेकोले सो जग्गा मेरो हक कायम गरी मेरा नाउँमा दर्ता गराइ चलन समेत चलार्ई पाउँ भन्ने समेत फिराद पत्र । ३. प्र.शोभी, सिताराम घरको मुख्य कारोवारी भएकोले कागजपत्र निजहरुले नै राखेकोले तायदाती दिंदा छुटाएको जग्गा खुलार्ई ३५ दिनभित्र सो अंश मुद्दामा निवेदन दिएको छु । जग्गा दवाए छिपाएको छैन । वादी दावी झुट्टा हो भन्ने समेत सोनाइको प्रतिउत्तर पत्र । ४.वादी तथा मेरा वावु र कान्छा वावु सोनाई समेत मेरो पुर्खा हुनु भएकोले अंशको नालेश पर्दा कुन जग्गा कसको नाउँमा दर्ता छ सो कुरा वादी समेतलार्ई नै थाहा हुने हुनाले मलाई थाहा भए सम्मको जग्गा तायदाती दिएको छु । मैले दवाए छपाएको छैन । जुन जग्गाको वादीले नालेस दिनु भएको छ सोही जग्गामा वादी भन्दा अगावै हामी अंशियार उपर सोनाई सुतिहारले अंश दपोट मुद्दा दिएको छ । यो पछिवाट दिएको नालेस खारेज गरी पाउँ भन्ने समेत प्र. सितारामको प्रतिउत्तर पत्र । ५. तायदाती नदिई लुकाउदैमा अंशियार सोनाइको हक जान नसक्ने र प्र.सोनाइ नाउँको निज सोनाइले तायदाती नदिई लुकाउदेन । अंश सितारामको हक जान नसक्ने हुँदा जम्माको आधी अशं सोभी सुतिहार र आधिमा प्रतिवादीहरुको आधी आधी हुँदा उल्लेखित अनुसारको सोनाइ नाउँ दर्ताको जग्गा मध्ये ४ खण्डको १ खण्ड सीतारामको कायम रहने र सीतारामका वावु नेवालाल नाउँ दर्ताको जग्गा मध्ये ४ खण्डको १ खण्ड प्र.सोनाइको कायम रहने भएकोले उक्त जग्गाहरु मध्ये कि नं. १५३५।१५३७ को जग्गा वादी र सोनाइ दुवैको दावी हुँदा निजै दुवैले आधि आधि पाउने र अरुमा ४ खण्डको ३ खण्ड जग्गा वादी शोभीले दामासाहीले पाउने ठहर्छ भन्ने समेत सप्तरी जिल्ला अदालतको मिति २०३५।१२।१९।१ को फैसला । ६. सप्तरी जिल्ला अदालतको मिति २०३५।१२।१९।१ को फैसलामा चित्त वुझेन अंशको दायदाती नदिई दवाएकोमा नदवाउने अंशियारले खान पाउँछ भन्ने अंशवण्डाको २७ नं. मा उल्लेख भए अनुसार न्याय इन्साफ गरी पाउँ भन्ने समेत प्र.सोनाई सुतिहारको पुनरावेदन पत्र । ७.