निर्णय नं. ६३७५ - परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३७५ - परमादेश । भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०३/१३ २९०९ निर्णय नं.६३७५ ने.का.प. २०५४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत् २०४९ सालको दे.पु. नं. .... १०२२ फैसला मितिः २०५३।३।१३।५ मुद्दा : परमादेश । पुनरावेदकः मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं. ४ स्थित भुटनदेवी मा.वि.को तर्फवाट अधिकार प्राप्त जि.म.हे.न.पा वडा नं.२ वस्ने वर्ष ३१ को अधिवक्ता एकराज वास्तोला विरुद्ध विपक्षीः जि.म.हे.न.पा. वडा नं.२ वस्ने भवसागर श्रेष्ठ § सहयोग भन्नाले शुल्कको रुपमा अनिवार्य गरी उठाउन पाउने भनी संझनु नमिल्ने । (प्र.नं. १३) § प्रतिवन्धात्मक व्यवस्थाले सामान्य व्यवस्था नै उलट पलट गर्न नसक्ने । (प्र.नं. १३) § प्रतिवन्धात्मक व्यवस्थाको कडाईका साथ सीमित दायराभित्र रहने गरी प्रयोग गर्नु पर्ने । (प्र.नं.१३) § निशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयलार्ई आर्थिक अनुदानको भार सरकारले वहन गरी प्राथमिक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने राज्यको निर्देशक सिद्धान्त प्रयोगमा ल्याउने निर्णय गरी मुूलुक भरी समानरुपले लागु हुने गरी सरकारले निर्णय गरेपछि त्यस्तो निशुल्कः शिक्षा पाउने हक हुन जाने हुँदा त्यस्तो हकमा आघात पार्ने कार्य मंत्री परिषदको उक्त निर्णयमा उल्लेखित रीत नपुर्याई अपहरण गर्न नमिल्ने हुँदा परमादेशको आदेश जारी गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १४) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री रामनारायण विडारी विपक्षी तर्फवाटः विद्वान अधिवक्ता हरिकृष्ण कार्की अवलम्बित नजीरः ने.का.प.२०४९ अंक ६ पृष्ट ५७४ फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) (क) अन्तर्गत पुनरावेदन अदालत हेटौडाको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछः २. विपक्षी भुटन देवी माध्यमिक विद्यालय श्री ५ को सरकारवाट अनुदान प्राप्त एक सार्वजनिक विद्यालय हो । हाम्रा कुनै पनि वालवालिकालार्ई प्राथमिक शिक्षावाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले कक्षा १ (एक) देखि ५ सम्म कुनै पनि शुल्क लिन नपाउने कानूनी वन्देज समेत यथावत छ । श्री ५ को सरकारले चरणवद्ध रुपमा माध्यमिक कक्षा सम्म निशुल्क कक्षा प्रदान गर्ने उद्देश्यले यहि शैक्षिक शत्र २०४८।०४९ देखि कक्षा ६ सम्म निशल्ूकः गर्ने भनी श्री ५ को सरकारले सार्वजनिक विद्यालयलार्ई अनुदान दिने गरी निर्णय भई मिति २०४८।१।३० मा गोरखापत्रमा प्रकाशित भएको छ । सो विद्यालयमा शिशु कक्षा देखि अध्ययन गर्दै आइरहेका मेरो छोरा द्वय प्रविण मान श्रेष्ठ, नविमान श्रेष्ठ र छोरी प्रदिता श्रेष्ठ हाल विपक्षी विद्यालयमा कक्षा ४,३,२ वाट उत्तिर्ण भइ कक्षा ५, ४ र ३ मा अध्ययनरत छन् र सरोज कुमार ढडरी, शिव प्रसाद घिमिरे, सन्तोषी पौडेल, केदार तिमल्सिना, र वद्री वहादुर तिमल्सिना समेतका अध्ययनरत विद्यार्थीका अभिभावकहरुलार्ई यस नयां वर्षको पढाइको लागि सहयोग शुल्क कक्षा ५ मा १२०। कक्षा ४ मा रु. १२०। कक्षा ३ मा रु. ७५। लिने गरी कक्षा एक १ देखि कक्षा ६ सम्मका विद्यार्र्थीहरुको अभिभावकवाट विभिन्न दर लगाई मिति २०४८।१०।१० को छुट्टा छुट्टै पत्र लेखी पठाएको रहेछ । विपक्षी विद्यालयको पत्रवाट पढाइको लागि सहयोग र भर्ना शुल्क भनेर मांग गरिएको छ । तर पढाइको लागि कुनै शुल्क लिने कानूनी प्रावधान भएको पाइदैन नेपाल अधिराज्यको स