निर्णय नं. ६३७७ - जग्गा खिचोला चलन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३७७ - जग्गा खिचोला चलन । भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/११/१९ ३०५२ निर्णय नं. ६३७७ ने.का.प. २०५४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत् २०५१ सालको दे.पु. नं. ..२२६६ फैसला मितिः २०५३।११।१४।३ मुद्दा : जग्गा खिचोला चलन । पुनरावेदक/प्रतिवादीः सागरनाथ वन विकास परियोजनाको कार्यालयको तर्फवाट ऐ.का का.मु. परियोजना प्रमुख राम प्रसाद पोखरेल । विरुद्ध प्रत्यर्थी/वादीः जि.सर्लाही भक्तिपुर गा.वि.स वार्ड न. २ वस्ने मदन कुमारी काफ्ले । § श्री ५ को सरकारको कर्मचारी जहाँ जुन अवस्थामा वा पदमा खटिएपनि श्री ५ को सरकारको कर्मचारी रही रहने देखिने तथा वन पैदावर विकास समिति श्री ५ को सरकार वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गतको समिति भन्ने देखिन आउँछ । मिसिल सामेल रहेको २०३३ साल आश्विन २५ गते प्रकाशित नेपाल राजपत्र भाग ३ खण्ड २६ मा प्रकाशित वन पैदावर विकास समिति (गठन) आदेश २०३३ को दफा ४ मा समितिको काम कर्तव्य र अधिकार भन्ने शिर्षक अन्तर्गत परियोजना कार्यान्वित गर्नु समितिको कर्तव्य हुनेछ भन्ने व्यवस्था देखिंदा परियोजनाले गर्ने कार्य वन पैदावर विकास समिति वन मन्त्रालयको रहेछ भन्ने देखिन आउछ । श्री ५ को सरकारका कर्मचारीले यस समितिको आदेश वमोजिम परियोजना कार्यान्वित गर्ने कार्यमा खटिएका अवस्थामा गरेको कार्य श्री ५ को सरकारको कर्मचारीको हैसियतवाट भएको भन्नु पर्ने अवस्था देखिएवाट आफ्नो कार्यालयको कामको सम्वन्धमा भए गरेको कुराका हकमा त्यस्ता कर्मचारीको बिरुद्ध अड्डामा नालिस गर्नु पर्दा मुलुकी ऐन अदालती वन्दोवस्तको २९(८) नं. तथा नेपाल निजामती सेवा ऐन, २०१३ को दफा १० वमोजिम सूचना दिई कारवाई चलाउनु पर्ने व्यवस्था देखिंदा प्रचलित कानून वमोजिम भए गरेको रहेनछ भन्न सकिने स्थिति देखिन आएन । (प्र.नं. ९) § सागरनाथ वन विकास परियोजनावाट च.नं. १७४७ मिति २०४७।७।९ मा जिल्ला वन कार्यालय सर्लाहीलार्ई लेखेको पत्र प्रतिलिपिवाट वृक्षारोपण गर्नु पुर्व झारी वुट्यान र फाटफुट रुख मात्र भएको कसैले जोत भोगको जग्गा समेत नभएकोले वृक्षारोपण गरिएको हो भनी उक्त क्षेत्रमा वादी दावी वमोजिमको जग्गाको सम्वन्धमा भई आएको तोक आदेश अनुसार मेन्टिनेन्स नापी शाखा सँग सम्पर्क राखी जग्गा छुट्याइ वांकी जग्गामा वृक्षारोपण गरेको भन्न सकेको देखिैन । नापी कार्यालयसँग सम्पर्क राखेको देखिंदैन । वृक्षारोपण गरेको हो भन्ने जवाफ दिएको देखिंदा र भई आएको नक्सा वमोजिम वादीको जग्गा रहे भएको देखिंदा सम्वन्धित कार्यालय एवं मन्त्रालयवाट लेखि आए अनुसार गरेको नदेखिंदा पुनरावेदन अदालतले लगाएको आधार वुँदावाट समेत परियोजनावाट वादीको जग्गामा घेरवेर एवं वृक्षारोपण समेत गरी खिचोला गरेको देखिंदा पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा मुनासिव ठहने । (प्र.नं. ९) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री वद्री प्रसाद शर्मा प्रत्यर्थी तर्फवाटः विद्वान अधिवक्ता शम्भु थापा अवलम्बित नजीरः फैसला न्या. केदारनाथ आचार्यः प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः २. जि.स.तत्कालिन भक्तीपुर गा.पं. वा.नं. १ ग कि नं २०८ को ३-०-१३ जग्गा मेरा नाउँमा नापी दर्ता भै मैले भोग चलन गरि आएकोमा उक्त जग्गामा वृक्षारोपण गर्ने योजना गरेकोमा वन मन्त्री समक्ष निवेदन मेरो पति चौलराजले गर्नु भएकोमा तत्कालिन वन मंत्री ज्यूले निवेदन व्यहोरा हेरी निवेदकको नम्वरी जग्गामा थिचोमिचो न