निर्णय नं. ६३७८ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३७८ - लेनदेन भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०२/२९ २३१३ नि.नं. ६३७८ २०५४ ने.का.प. अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०५१ सालको दे.पु.नं....... २३८१ फैसला मिति २०५३।२।२९।३ मुद्दाः लेनदेन । पुनरावेदक/प्रतिवादीः जि. मकवानपुर हेटौडा न.पा.वा.नं. ८ स्थित हेटौंडा औ.क्षे.को तर्फवाट कार्यालय प्रमुख श्री अमिता राणा । विरुद्ध विपक्षी/वादीः जि. पर्सा वीरगंज न.पा. वडा नं. ८ वस्ने गिरीधारीलाल लाठ § दुई वर्षको लागि प्रतिवादी औद्योगिक क्षेत्रमा वादीले संझौता गरी जग्गा भाडामा लिई वसेको अवस्थामा १ वर्ष ६ महिनामा नै प्रतिवादी समेतको स्वीकृतिले जग्गा छाडी गएको र वादीले स्थापना गरेको उद्योगमा लगाएइको विद्युत लाइन समेत काटी सकेको देखिन्छ । यसरी आर्थिक वर्षको वीचैमा औद्योगिक क्षेत्र छोडी जाने उद्योगले वर्ष भरीकै विद्युत महसुल वुझाउनु पर्छ भन्ने वादी प्रतिवादी वीच भएको ०४४।३।३२ को संझौतावाट समेत नदेखिंदा उक्त संझौता भन्दा वाहिर गै वादीले थप दायित्व व्यहोर्नु पर्छ भन्नु न्यायोचित नहुने । (प्र.नं. ८) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः अवलम्बित नजीरः फैसला न्या.कृष्ण कुमार वर्माः पुनरावेदन अदालत हेटौंडावाट भएको फैसला उपर प्रतिवादीको न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. विपक्षीले म वाट पटकपटक लाठ ग्लास उद्योगको लागि हे.औ. क्षे. भित्रको ३३।५५ रोपनी जग्गा पट्टामा लिई फिरादी र विपक्षी वीच २०४४।४।१ मा संझौता ूएकवर्षको लागि अग्रिम भाडा जम्मा गर्नु पर्ने हुँदा २०४४।४।१ देखि ०४६ आषाढ मसान्त सम्म दुवै वर्षको हुने भाडा रु.४०,२६०। म फिरादीले जम्मा गरेकोमा केही समयपछि उद्योग सार्नु पर्ने कुरा देखाई उद्योग मन्त्रालयमा निवेदन दिई स्वीकृति पाउँ भनी विपक्षी समेतको इजाजतवाट २०४५ सालमा उद्योगको भवन समेत खाद्य उद्योगलार्ई विक्री गर्ने समेत सम्पूर्ण काम समाप्त भएको र मैले पट्टामा प्राप्त गरेको जग्गा समेत छाडी दिएकोले जग्गाको भाडा वापत जम्मा गरेको रु.३०,१९५। मैले जम्मा गरेको अग्रिम भाडाको रु.४०,२६०। वाट कट्टा गरी वांकी रु.१०,०६५। र सोही उद्योगवाट म फिरादीले लिनु पर्ने रु.३४,४५७।५० समेतजम्मा रु.४४,५२२।५० मध्ये २०४५ सालको विजुली महसुल रु.१,३२२।५० कट्टा गरी वांकी रु.४३,२००। भराई पाउँ भन्ने वादी दावी । ३. ०४५ मार्ग देखि ०४६ आषाढ मसान्त सम्मको विद्युत महसुल तिर्नु पर्ने न्युनतम शुल्क रु.४३,२००। लागेकोमा निजको नाउँवाट प्राप्त रकम रु.३४,४५७।५० र जमिन वहाल वापत फिर्ता हुने रु.१०,०६५। समेतको रकमवाट हिसाव मिलान गरी आम्दानी वांधिएको क्षेत्रको खाता अनुसार विपक्षीले पाउने देखिएको रु. ६०३९। विपक्षीलाई चे.नं. ०४०५२४ वाट भुक्तानी दिई विपक्षीले वुझी लिई सक्नु भएकोले झूट्टा दावी खारेज गरी पाउँ भन्ने प्रतिउत्तर पत्र । ४. वादी दावी पुग्न नसकी झुट्टा ठहर्छ भन्ने शुरु मकवानपुर जिल्ला अदालतको फैसला। ५. यसमा वादीले २ वर्षको अग्रिम भाडा रु.४०,२६०। प्रतिवादीलार्ई वुझाएको तथा वादीले १ वर्ष ६ महिना मात्रमा भाडामा वसी प्रतिवादीको इजाजतले जग्गा छाडेको र प्रतिवादीले वादीले खाद्य उद्योगवाट पाउनु पर्ने रु.३४,४५७।५० रकम पनि लिएको र प्रतिवादीले रु.६०३९। वादीलाई भुक्तानी दिएको कुरामा विवाद देखिएन । अव पुनरावेदन वादीले आफ्नो उद्योग औद्योगिक क्षेत्रवाट उ