निर्णय नं. ६३७९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३७९ - उत्प्रेषण भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०६/२१ ३१३२ निर्णय नं.६३७९ ने.का.प.२०५४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५२ सालको रिट नं. ..२६२१ फैसला मितिः २०५३।६।२१।२ विषय : उत्प्रेषण । पुनरावेदक/निवेदिकाः अर्जुन सिंह तुलाचनको श्रीमती का.जि.का.न. पा. वडा न. १० नयां वानेश्वर वस्ने हिरोको इमोरी विरुद्ध विपक्षीः श्री ५ को सरकार गृह मन्त्राय समेत २ § अध्यागमन ऐन, २०४८ को दफा १९ (१) ले विदेशी सम्वन्धी ऐन, २०१५ खारेज गरेको देखिन्छ । सोहि दफाको उपदफा (२) ले विदेशी सम्वन्धी ऐन, २०१५ र सो ऐन अन्तर्गतका नियमहरु वमोजिम भएका काम कार्यवाहीलार्ई अध्यागमन ऐन, २०४९ वमोजिम नै भए गरिएको मानिने गरी समाहित गरेको देखिन्छ । त्यसकारणले निवेदिकाद्वारा प्राप्त गरेको नेपाली नागरिकसँग निजको वैवाहिक सम्वन्ध कायम रहेसम्म निजले नेपाल अधिराज्यमा आवत जावत वस्न प्राप्त गरेको अनुमती भिसा नयां ऐन नियम जारी भएपछि पनि स्वतः निस्कृय हुन सक्ने देखिदैन । कुनै कानून वमोजिम पाएको हासिल गरेको वा उपभोग गरेको कुनै सुविधा कर्तव्य वा दायित्वलार्ई पछि आउने ऐनले अन्यथा गर्ने अभिप्राय नभएमा सो पछि आउने ऐनले त्यस्तो हक अधिकार वा सुविधा प्राप्त हुँदा कायम रहेको ऐनलार्ई खारेज गरेकै कारणले हासिल गरेको कुनै हक सुविधा समेत खारेज हुन्छ भन्न कानून व्याख्या सम्वन्धी ऐन, २०१० को दफा ४ को खण्ड (ग) को व्यवस्थाले समेत व्याख्या गर्न मिल्ने देखिदैन । तसर्थ निवेदिकाले प्राप्त गरेको भिसाको सुविधा नेपाली नागरिकसँग निजको वैवाहिक सम्वन्ध कायम रहेसम्मको लागि पुर्ववत मान्य नरहने गरी प्रति महिना भिसा दस्तूर वुझाई नविकरण गर्नु पर्ने निजलार्ई वाध्य गर्न पाउने अध्यागमन ऐन, २०४९ अध्यागमन नियमावली २०५१ को व्यवस्थावाट श्री ५ को सरकारलार्ई अधिकार भएको देखिन आएन । तसर्थ पूरानो कानून अन्तर्गत हासिल गरी सकेको भिसा सुविधा लार्ई प्राप्त गर्दाका शर्त अनुकूल निरन्तरता प्रदान गर्नु गराउनु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी हुने । (प्र.नं.१०) § निवेदिकालार्ई नयां भिसा लिन कर लगाइएको जरिवाना लिएको समेत सम्वन्धमा सो नयां भिसा वदर गरी त्यस वापत लिइएको रकम फिर्ता पाउन परमादेशको आदेशको माग समेत गरेको देखियो । नेपाल आवत जावत गर्ने क्रममा भिसा वापत दस्तूरको रुपमा उठाइएको र सो भिसाको आधारमा आप्रवास र अध्यागमन सम्वन्धी स्वदेश र विदेशी कार्यालयवाट अभिलेख समेत राखिएको हुन्छ । निवेदिकालार्ई उपरोक्त आदेश वमोजिम विदेशी सम्वन्धी ऐन नियम वमोजिमको भिसा पुर्ववत पाउने नै हुँदा निजलार्ई लिन लगाएको नयां भिसाको कुनै प्रयोजन नै नरहेकोले विदेशी कार्यालय समेतको अभिलेखलार्ई असर पर्ने गरी त्यस भिसालाई वदर गरी रहनु नपर्ने र त्यसकारण सो भिसा वापत लिइएको दस्तूर फिर्ता गर्नु गराउनु पर्ने कुनै औचित्य समेत नदेखिने । (प्र.नं. ११) निवेदिका तर्फवाटःविद्वान अधिवक्ता श्री लोकभक्त राणा विपक्षी तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री नन्द वहादुर सुवेदी अवलम्बित नजीरः फैसला न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः २. म निवेदिका जापानी नागरिक हुँ । नेपाली नागरिक अर्जुन सिंह तुलाचनसँग विवाह गरी प्रचलित कानून वमोजिम विवाहको प्रमाणपत्र प्राप्त गरी आएको छु । प्रचलित ऐन नियम वमोजि