निर्णय नं. ६३८० - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३८० - लेनदेन भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०५/०४ ३४०९ निर्णय नं.६३८० ने.का.प. २०५४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत् २०५१ सालको दे.पु. नं. ..१९०६ फैसला मितिः २०५३।५।४।३ मुद्दा : लेनदेन । पुनावेदक/प्रतिवादीः जि.सप्तरी गा.वि.स. वीरपुर वार्ड नं. ७ वस्ने मुगालाल । विरुद्ध प्रत्यर्थी/वादीः ऐ.ऐ वस्ने हिरालाल यादव § सर्वप्रथम पुनरावेदकले प्रस्तुत मुद्दाको फिराद हदम्याद भित्रको नभएको र वादी केशर वहादुर राजभण्डारी प्रतिवादी पुण्य विक्रम राणा भएको दे.पु.इ.नं. ९२ को कपाली सांवा व्याज समेत दिलार्ई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत, पूर्ण इजलासवाट २०४८।११।१५ मा प्रतिपादित नजीरको विपरीत गरी पुनरावेदन अदालतवाट फैसला भएको भनी लिएको जिकीरको हकमा विचार गर्दा सो मुद्दामा म्यादभित्र पास गरी दिउँला भनी दृष्टिवन्धकी कागज लेखी दिएकोमा म्यादभित्र पास गरि नदिएकाले लिखत पास गरी पाउँ भनी फिराद पर्दा सो लिखत करकापवाट गराएको भनी करकाप मुद्दा समेत परी करकाप नठहर्ने र लेखिएको सम्पत्ति, विपक्षीको देखिन नआएकोले पास नहुने ठहरी सर्वोच्च अदालतवाट निर्णय भएपछि सो निर्णय भएको मितिले ३५ दिन भित्र फिराद परेको तथ्यगत विषयवस्तु समावेश भएकोमा सर्वोच्च अदालत पूर्ण इजलासवाट वादी दावीको लिखत अदालतको अन्तिम फैसलावाट पारीत हुन नसक्ने र कपाली ठहर भएपछि मात्र कपालीमा सांवा व्याजको दावी लाग्ने अवस्था आएको स्पष्ट छ । यस्तो स्थितिमा लिखत भएकै मितिवाट लेनदने व्यवहारको २ नं. वमोजिम १० वर्षको हदम्याद कायम हुन्छ भन्नु र आफूले नालेश उजुर गर्नु पर्ने कुरामा सजग सक्रिय हुँदा हुदै वादीलाई हदम्याद नघाइ आएको भन्नु हदम्यादको औचित्य र अवधारणा अनुकूल समेत हुने नदेखिने । (प्र.नं. १३) § वादी दावीको लिखत पारीत नहुने भइ कपाली हुने गरी सर्वोच्च अदालतवाट मिति २०३९।२।२१ मा अन्तिम फैसला भएको मितिले ३५ दिनभित्र कपालीमा सांवा व्याजको दावी लिई वादीको परेको प्रस्तुत फिराद लेनदेन व्यवहारको ४० नं. को हदम्याद २ वर्ष भित्रको नै हुँदा हदम्याद खिलाफको फिराद भन्न मिलेन भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दाको फिराद प्रतिवादीले रुपैया लिई सो वापत प्रतिवादीको हकभोगको जग्गा घरसारमा राजिनामा लिखत गरि दिएकोमा म्याद भित्र रजिष्ट्रेशन पारीत नगरिदिएवाट थैली कपाली भएकोले भनी लेनदेन व्यवहारको २ नं. अन्तर्गत परेको देखिएकोले सर्वोच्च अदालत, पूर्ण इजलासवाट सिद्धान्त प्रतिपादन भएको उल्लेखित मुद्दाको तथ्य् र निर्णयाधार प्रस्तुत मुद्दाको तथ्य र निर्णयाधार फरक रहेको देखिंदा उक्त नजीर प्रस्तुत मुद्दामा आकर्षित हुने नदेखिने । (प्र.नं. १३) § रजिष्ट्रेशनको ६ नं.मा रजिष्ट्रेशन गराउनु पर्ने घरसारको लिखत यसै महलको ५ नम्वर वमोजिम रजिष्ट्रेशन गराई लिन सकेको रहेनछ भन्ने त्यस्तो लिखतवाट कुनै अचल सम्पत्ति पक्री दावी गरेको नालिस लाग्न सक्तैन । थैली परेकोमा सो थैली र लिखत वमोजिमको सम्पति भोग गर्न नपाएकोमा भोग गर्न नपाए जतिको कानून वमोजिमको व्याज समेत साहुले कपाली सरह भराई लिन पाउँछ भन्ने र कपाली लिखतको सम्वन्धमा आकिर्षत हुने । लेनदेन व्यवहारको २ नं. मा ूतमसुक भएका मितिले दश वर्ष भित्र केही व्याज असुल पनि नभएको भाखापत्र पनि नगराएकोमा सो म्यादपछि नालिश लाग्न सक्तैन भन्ने व्यवस्था भएको देखिएको र लेनदेन व्यवहारको ४० नं.ले लेनदेन व्यवहारको महलमा अन्यत्र हदम्याद