निर्णय नं. ६३८१ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३८१ - परमादेश भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०७/२० २७७७ निर्णय नं. ६३८१ ने.का.प. २०५४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरी प्रसाद शर्मा सम्वत् २०५१ सालको दे.पु. नं. ..१९०८ फैसला मितिः २०५३।७।२०।३ मुद्दाः परमादेश । पुनरावेदक/निवेदकः का.जि.का.न.पा.वडा नं. २० वस्ने तुई सिंहको छोरी मोती माया महर्जन समेत जना ३ विरुद्ध प्रत्यर्थी/विपक्षीः मालपोत कार्यालय डिल्लीवजार समेत । § यसमा देशको निवेदनका आधारमा निवेदकले भने वमोजिमका भए गरेका काम कारवाही वदर गर्न मिल्ने होइन । न त निवेदकले उक्त निवेदनमा परमादेशको आदेशले कुनै काम कारवाही गर्न गराउनका लागि माग गरेको छ नत परमादेश वाहेक अन्य विषयको माग गर्न नै सकेको छ । परमादेशको निवेदनवाट भए गरेका काम कारवाही वदर गर्न नमिल्ने भएवाट निवेदकको मागको औचित्यमा प्रवेश गरी रहन नपर्ने । (प्र.नं. ११) निवेदक तर्फवाटः विपक्षीतर्फवाटः अवलम्बित नजीरः फैसला न्या.गोविन्द वहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (क) वमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. का.जि. डांडापौवा गा.वि.स. वडा नं. ५(ग) कि.नं. ११० रोपनी ४-८-० जग्गा मध्येमान्चल क्षेत्रीय अदालतवाट ०४५।१०।५ मा भएको फैसला अनुसार उत्तर तर्फवाट कि.का. गरी मेरा नाउँमा दा.खा. दर्ता गरी पाउ भनी कोमल गिरीको यस कार्यालयमा निवेदन भएको फैसलामा कि.नं. ११० को क्षे.फ. ४-८-० मध्ये ३-०-० जग्गा निवेदकले पाउने व्यहोरा उल्लेख भएको र तर्फ नखुलेको हुँदा फैसला कार्यान्वयन गर्न तपाईहरुलार्ई ७ दिने म्याद दिई पुर्व जानकारी दिने काम भएको छ, तपाईहरुको घर दैलामा टांस भएको मितिले ७ दिन भित्र प्रतिक्रिया जनाउन आउनु होला भनी मा.पो.का. डिल्लीवजारवाट लेखिएको र मा.पो.का. कलंकीको तामेलदारले टोलमा ल्याई छोडी गएको रहेछन् । फैसलातर्फ नखुलेकोले प्रतिक्रिया जनाउन आउनु भनी ४ जनालार्ई एउटै पत्र पठाउन पनि मिल्दैन । अदालतको फैसलामा नै एक तर्फवाट यति दिने दिलाउने ठहर्छ भनी सो को लगतको व्यवस्था भएको छैन भने अदालतको फैसलामा ठहर गरे भन्दा वढी काम कुरा खडा गरी उत्तर तर्फवाट कित्ताकाट गर्न पनि कानून त्रुटी हुने स्पष्ट छ । मा.पो.का. वाट कानून त्रुटीपूर्ण गरिएको सो काम कारवाहीले हामी निवेदकको कानून वमोजिम प्रदत्त हक अधिकारको सम्पत्ति उक्त कित्ता जग्गामा आघात पुर्‍याएको हुनाले न्या.प्र. ऐन, २०४८ को दफा ८(२) वमोजिम यो निवेदन गर्न आएको छु । तसर्थ फैसामा ठहर भएको भन्दा वढी उत्तर तर्फ वाट कि.का. गर्ने समेतको कारवाही किन गरेको हो ? विपक्षीहरुलार्ई झिकाई वुझी हामी निवेदकको सम्पत्ति कानूनी प्रदत्त हक उक्त कित्ता जग्गामा कुनै आघात पुर्‍याउनु नपाउने गरी कानून त्रुटिपूर्ण भई गैर कानूनी काम कारवाही जति हो सो निवेदन फाईल र म्याद पुर्जिको सवै परमादेशको आदेश द्वारा वदर गरी पाउँ भन्ने मोती मायां महर्जन समेतको संयुक्त निवेदन दावी । ३. निवेदनमा उल्लेख भएको म.क्षे.अ. को फैसलाको प्रमाणित प्रतिलिपी निवेदकवाट पेश गर्न लगाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश । ४. निवेदन माग दावी वमोजिम परमादेशको आदेश किन जारी गर्नु नपर्ने हो त्यसको कारण खोली लिखित जवाफ पेश गर्न विपक्षीहरुको नाउँमा १५ दिने म्याद पठाई लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश । ५. अदालत