निर्णय नं. ६३८२ - उत्प्रेषणयुक्त परमादेश जारी गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३८२ - उत्प्रेषणयुक्त परमादेश जारी गरीपाउँ भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५४/०१/१९ २८३५ निर्णय नं. ६३८२ ने.का.प. २०५४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने सम्वत् २०५२ सालको रिट नं. ..३१४८ फैसला मितिः २०५४।१।१७।३ विषयः उत्प्रेषणयुक्त परमादेश जारी गरीपाउँ । निवेदकः का.जि. का.म.न.पा.वडा नं. ४ वस्ने विनिता वस्नेत विरुद्ध विपक्षी : श्री ३ नं. नापी गोश्वारा मुकाम साविक जय वागेश्वरी हाल मे.ना.शा काठमाडौं डिल्लीवजार समेत जम्मा ३ । § एकाको नाउँमा कायम रहेको जग्गा अन्य व्यक्तिको नाउँमा घुसेको वा लोप भएको वा छुटेको भए आवश्यक जाँचवुझ गरी दर्ता श्रेस्ता अद्यावधिक गरिदिने समेतका कार्य माथि उल्लेखित कानूनी व्यवस्था अनुसार मालपोत कार्यालय र मेन्टीनेन्स नापी शाखाको रहे भएको देखिन आउछ । विपक्षी मालपोत कार्यालयले मिति ०५२।२।९ मा गरेको भनिएको निर्णय कुन कानूनको आधारमा गरिएको हो उल्लेख नगरी फाटवालावाट तयार गरिएको टिप्पणी सदर सम्म गरेको देखिएवाट कानून वमोजिमको निर्णय भन्न सकिने अवस्था देखिन नआउने । (प्र.नं. ९) निवेदक तर्फवाटः विद्वान अधिवक्ता सुधानाथ पन्त, विद्वान अधिवक्ता नरेन्द्र कुमार गौतम विपक्षीतर्फवाटः विद्वान सरकारी अधिवक्ता सत्य नारायण प्रजापति अवलम्बित नजीरः फैसला न्या.गोविन्द वहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन सहितको विवरण यस प्रकार छः २. मैले हालैको वक्सपत्रवाट लिएको का.जि. कोटेश्वर पंचायत वार्ड नं. ८(क) कि.नं. ९२५ को क्षे.फ. ०-८-३ र ऐ.ऐ. कि.नं. ९११ को क्षे.फ. ०(१(३ जग्गा वाटोसँग जोडिएको तथ्य साविक सर्भे नक्सावाट स्वतः सिध्द छ । उक्त जग्गा म र मेरो पति समेत स्वास्थ्य उपचारको लागि भारतको दिल्ली गएको वेलामा २०४५ साल जेष्ठ आषाढमा नयां नापी भएको रहेछ । उक्त कुरा नेपाल फर्की थाहा पाई नापीमा मेरो उपरोक्त २ कित्ता जग्गा म नभएको अवस्थामा नापी भएको हुँदा मेरो मौजुदा दर्ता, श्रेस्ता, हकको श्रोत साविकको नक्सा वमोजिम नाप जाँच भै मैले साविक वमोजिमको सर्भे नक्सा अनुसारको आकार र क्षेत्रफलको ज.ध.प्र.पु. पाउनु पर्ने हुँदा सोही वमोजिम गरी पाउन श्री ३ नं. नापी गोश्वारा समक्ष तत्काल मिति २०४५।४।२३ निवेदन दिई दर्ता भएको थियो । जस उपर प्रत्यर्थी ३ नं. नापी टोलीले कुनै कारवाही गरेको थिएन । ३. मिति २०५०।१।२९ मा प्रत्यर्थी मालपोत कार्यालयमा हाल नयां नापी वमोजिम मेरो जग्गा भिडाई ज.ध.प्र.पु. पाउँ भनी निवेदन दिएकोमा ०५०।५।९ मा मलार्ई साविक कोटेश्वर ८(क) कि.नं. ९११ र ९२५ वाट भिडी दर्ता प्रमाणित भनी का.न.पा. वडा नं. १० कि.नं. ६६ क्षेत्रफल ०-१०-३-२ को नयां ज.ध.प्र.पु. दिइयो । उक्त जग्गाको नक्सा लिई हेर्दा साविकको कि.न. ९२५ को जग्गामा आउन जान भनी प्राप्त गरेको वाटोेसँग जोडिएको निकास प्रवेश गर्ने मेरो कि.नं ९११ को जग्गा नयां सर्भे नक्सामा लोप गरी उल्लेखित कि.नं. ९११ को जग्गा र कि.नं. ९२५ समेत भिडेको भनिएको कि.नं. ६६ को जग्गा कि.नं. ५९, ६४ र ६६ भित्र पारी मेरो पृथक वाटोलार्ई छोएको पृथक आकृति र अस्तित्व भएको जग्गा विभिन्न कित्ताहरुमा छरी लोप गरी दिएको भन्ने वुझिएकोले कि.नं. ९२५ तर्फ क्षेत्रफल वढाए जस्तो गरी कि.नं. ९११ को मेरो प्रवेश निकास निहीत वाटो लोप भएको हुँदा हालको नापीको नक्सामा समेत सुधार गराई नयां नापी अनुसार श्रेस्ता कायम गरी