निर्णय नं. ६३८३ - अंश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३८३ - अंश । भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०९/२४ २६६२ निर्णय नं.६३८३ ने.का.प.२०५४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत् २०५२ सालको दे.पु. नं. ..२६५९ फैसला मितिः २०५३।९।२४।४ मुद्दाः अंश । पुनरावेदक/प्रतिवादीः वांके जिल्ला नेपालगन्ज नगरपालिका वडा नं. १४ वस्ने आयसाजस गढनीकोको मु.स.गर्ने निजको एकाघर संगोलको छोरा ऐ.ऐ. वस्ने वर्ष २६ को मकवुल अहमद जसगढ । विरुद्ध प्रत्यर्थी/वादीः ऐ. वस्ने नुर अहमद जसगढ समेत जना ३ । · मिति २०३९।२।२५ को लिखतको कैफियत व्यहोरामा केही उल्लेख भएको नदेखिएको तर उक्त लिखतमा साक्षी वसेका मिठू जसगढको नाम थर, वतन लेखि पछाडि यो रकम दाइजोको हो भनी जनिएको भएवाट दाइजोकै रहेछ कित भन्नलाई मुलतः घर जग्गा खरिद गर्ने मुख्य व्यक्ति आयसा जसगढनी स्वयंले सो कुराको स्पष्ट जिकीर समेत लिन नसकेको अवस्थामा साक्षीको नाम थर वतन पछाडि लेखिएको त्यस्तो व्यहोरा साक्षीलार्ई आधार मान्न मिल्ने स्थिति देखिन नआउने । (प्र.नं. १५ ) § लिखतमा दाइजोको रकमवाट खरिद भएको भन्ने स्पष्ट उल्लेख भएकै अवस्थामा पनि सो साक्षीको उक्त व्यहोराकै आधारमा मात्र दाइजोकै सम्पत्ति रहेछ भनी मान्न मिल्ने देखिन नआउने । (प्र.नं.१५) § वस्तुतः दाइजोको सम्पत्ति हो भनी जिकिर लिने व्यक्तिलेनै कसवाट कहिले के कति सम्पति वा रकम दाइजो पाएको हो र सोही सम्पत्ति तथा रकमवाटै उल्लिखित घर जग्गा खरिद भएको हो भनी तथ्ययुक्त प्रमाण समेत दिन सक्नु पर्ने । (प्र.नं. १५) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्त राधेश्याम अधिकारी विपक्षी तर्फवाटः अवलम्बित नजीरः फैसला न्या. अरविन्दनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) वमोजिम पुनरावेदन अदालत नेपागंजको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त तथ्य निम्नानुसार छ । २. प्रतिवादी मिठू जसगढका ४ छोरा प्र. मकवुल अहमद हामी वादी नुर अहमद, हवीव अहमद, रसिद अहमद समेत भएको प्र. फुन्नन जसगढनी प्र.मिठू जसगढको पत्नी हुन । प्र. आयसा जसगढ, प्र. मकवुल अहमदको पत्नी हुन हामीहरु र प्र. हरु एकासगोलका अंशियार हो । प्रतिवादीहरुले हामीलार्ई राम्रो सँग खान लाउन पनि दिदैनन् । काम गर्दैनौ भनी प्र. हरुले हामी माथि झुट्टा आरोप लगाई ०४५।११।५ गते घरवाट निकाला गरी दिए । हामीहरुको अंश हक छुट्याई दिनु भनी पटक पटक भन्दा अंश दिन इन्कार गरेकाले फिराद गरेका छौं । प्र.हरुवाट अंश फाँटवारी लिई ६ खण्डको ३ खण्ड अंश हामीहरुलार्ई प्र.हरुवाट दिलार्ई पाउँ भन्ने समेत वादी दावी । ३. प्र. मध्ये म मकवुल अहमद जसगढको व्यहोरा के हो त भने घरको मुख्य मेरा वावु मिठठू जसगढ र आमा फुन्नन जसगढ उपर अंश मुद्दाको फिराद दायर २०३९ साल पौषमा गरेको थिएं । सो मुद्दा २०४० साल आषाढ ३० मा खारेजी फैसला भएको कुरा २०४६।२।२१ मा नक्कल लिंदा मलार्ई जानकारी हुन आयो सो फैसला उपर श्री भेरी अञ्चल अदालतमा पुनरावेदन गर्ने २०३८ साल चैत्र महिनादेखि म अलग वसी आएको छु, प्र. मध्ये म आयशा जसगढको व्यहोरा यो छ कि मेरो पति मकवुल जसगढ र मलार्ई ससुरा सासुले खान लाउन नदिई ०३८ चैत्रमा घरवाट निकाला गरेपछि अलग वसेकी छु । वादीहरुले हामीवाट अंश पाउनु पर्ने होइन, हामीहरु उपरको अंश दिलार्ई पाउँ भन्ने वादीको मुद्दा खारेज गरी पाउँ भन्ने समेत प्र.मकवुल अहमद समेतको संयुक्त प्रतिउत्तर पत्र । ४. फिरादीले प्रकरण नं. १ मा उल्लेख गरेको पुस्त