निर्णय नं. ६३८४ - निर्णय दर्ता वदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३८४ - निर्णय दर्ता वदर हक कायम भाग: ३९ साल: २०५४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०७/१२ २२९३ निर्णय नं. ६३८४ ने.का.प.२०५४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री इन्द्र राज पाण्डे सम्वत् २०४९ सालको दे.पु. नं. ..७३० फैसला मितिः २०५३।७।१२।२ मुद्दा : निर्णय दर्ता वदर हक कायम । पुनरावेदक/वादीः धवलागिरि अञ्चल पर्वत जिल्ला वकुवा गा.वि.स. वडा नं. ४ वस्ने वर्ष ६५ को हरि पाध्या समेत जना २ । विरुद्ध प्रतिवादीः ८ नं. नापी गोश्वारा का. पर्वतका प्रमुख नापी अधिकृत श्री प्रकाश महरा क्षेत्री । § नापी गोश्वाराको निर्णय अनुसार जिल्ला अदालतमा नालेश गर्न नपर्ने कानूनी आधार वादीले खुलाउन सकेको पाइदैन । उक्त नापी गोश्वाराको निर्णयवाट वादी दावीको जग्गा श्री ५ को सरकारले अपहरण गरेको वा नोक्सान पारेको नभै कानूनले निर्णय गर्न पाउने अधिकार प्राप्त नापी टोलीवाट निर्णय भएको देखिनाले फिराद दावी अनुसार नागरिक अधिकार ऐन २०१२ को दफा ९ र १८ अन्तर्गत प्रस्तुत नालेश पर्न नसक्ने । (प्र.नं. ९) § कानूनले अधिकार क्षेत्र प्रदान नगरेको अदालतवाट हेरे छिनेकोलार्ई कानूनले मान्यता दिन नमिल्ने । (प्र.नं. १०) फैसला न्या. उदयराज उपाध्यायः पुनरावेदन अदालत पोखराको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. सम्वत् १९२५ का जाँचमा वाजे तिलुका खान्की खारेज भै २००९ सालका पाखा नम्वरीमा २००९ साल देखि वालि आउने भनी म कूल प्रसाद पाध्याय जिम्मा रु.-।७१ समेत जम्मा तिरो रु. -।७७।१ लागि दर्ता भएकोमा पानी हाली खेत दर्ता गर्न म विष्णु प्रसादले दरखास्त दिई दर्ता मुचुल्का हुँदा म विष्णु प्रसाद वादी खड्ग वहादुर क्षेत्री प्रतिवादी भै मुद्दा चली ०१६।२।२३ मा स्याङजा जिल्ला अदालत र २०१७।१२।४ मा पोखरा जिल्ला अदालतवाट उक्त दर्ता मध्येको ठहरी प्रतिवादीको वाहेक म विष्णु प्रसादले खानपाउने ठहरी अन्तिम फैसला भएको र चर्ची आएको उक्त जग्गा भू.सु. ७ नं. फाराम म हरिदत्तको नाममा भरिएको र खर घास पाली वोट विरुवा सारी गुजार गरेकोमा हाम्रो गाउँमा जग्गा नापजाँच हुँदा उक्त जग्गा कि.नं. ४४७ वुटेन भनी उल्लेख गरी सूचना प्रकाशित भएको र भूल सुधार गरी हाम्रा नाममा किताकाट गरी नापी दर्ता गरी पाउँ भनी निवेदन दिएकोमा कि.नं. ४४७ को क्षेत्रफल रोपनी ६०-१-०-३ मध्ये क्षेत्रफल रोपनी १०-०-०-० पुर्व तर्फवाट कि.फो.गरी निवेदक मध्ये तीर्थ वहादुर पौडेल क्षेत्रीको नाममा दर्ता गरी वांकी जग्गा वुटेन कायम गरी दिने निर्णय ०४३।४।१६ मा भएको र हाम्रो संपत्ति अपहरण हुने गरी भएको ८ नं. नापी गोश्वारको मिति २०४३।४।१६ को उक्त निर्णय वदर गरी हाम्रो नाममा नापी दर्ता हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. निर्णय मिसिलहरु सवै पर्वत जिल्ला अन्तर्गत मे.ना.शाखा मालपोत कार्यालयमा हुने हुँदा व्यक्तिगत रुपमा म सँग कुनै कुरा नहरने हुँदा फिराद दायर गर्न नमिल्ने भएकोले जे जस्तो वुझ्नू पर्ने हो सम्वन्धित निकायमा वुझी आवश्यक कारवाही हुन हार्दिक अनुरोध गर्दछु भन्ने समेत व्यहोराको प्रमुख नापी अधिकृत श्री प्रकाश महरा क्षेत्रीको जवाफ । ४. कि.नं. ४४७ को पुर्व तर्फवाट १० रोपनी पक्ष तिर्थ वहादुर पौडेलले पेश गरेको प्रमाणको आधारमा चर्ची आए अनुसार निज तिर्थ वहादुर पौडेल क्षेत्रीको नाममा कित्ता फोड गरी अस्थायी दर्ता गरी दिने र वांकी जग्गा वुटेन नै कायम गरी दिने भन्ने समेत व्यहोराको मिति २०४३।४।१६ को ८ नं.