निर्णय नं. . ६३८८ - वकसपत्र वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. . ६३८८ - वकसपत्र वदर भाग: ३९ साल: २०५४ महिना: असोज अंक: ६ फैसला मिति :२०५४/०२/०२ २७२३ निर्णय नं. ६३८८ २०५४, ने.का.प. अङ्क ६ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत् २०५३ सालको स.अ.दे.पु.इ.नं. .. ९८ फैसला मितिः २०५४।२।२।५ मुद्दाः वकसपत्र वदर । पुनरावेदक/वादीः का.जि. का.म.न.पा. वडा नं. १० भिमसेनगोला वस्ने रामेश्वरी दवाडी समेत जम्मा २ विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.ऐ. वार्ड नं. १० वानेश्वर वस्ने शक्तिदेवी अधिकारी § न्याय प्रशासन ऐन, २०४८ को दफा ११ मा मुद्दामा भएको फैसला वा अन्तिम आदेश उपर पुनरावलोकन गर्ने व्यवस्था भएको देखिन्छ । अनुमति प्रदान नगर्ने आदेश फैसला वा फैसला सरहको अन्तिम आदेश भन्न मिल्दैन । किनकि अनुमतिको तहमा मुद्दाको रुप लिई सकेको हुँदैन । सामान्य मुद्दामा झैं कोर्ट फि आदि लागि मुद्दाको लगतमा दर्ता भएको हुँदैन । निवेदनको तहमासम्म रहेको हुन्छ । यस्ता निवेदनमा हुने निर्णयलाई फैसला सरहको अन्तिम आदेश भन्न मिल्दैन । अन्तिम आदेश र फैसलाको गुण र चरित्रमा आधारभूत कुरामा समानता हुन्छ । तसर्थ तत्कालिन मध्यमाञ्चन क्षेत्रीय अदालतको मिति २०४७।९।१२।५ को फैसला उपर पुनरावेदनको अनुमति नदिने गरी भएको आदेश कानूनन् पुनरावलोकन हुन सक्ने प्रकृतिको विषय नहुँदा पुनरावलोकनको निस्सा प्रदान गर्ने गरेको यस अदालत संयुक्त इजलासको मिति २०५१।७।२५ को आदेश मिलेको नदेखिंदा वदर हुने । (प्र.नं. २२) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री वच्चु सिंह खड्का अवलम्वित नजिरः फैसला न्या. लक्ष्मण प्रसाद अर्यालः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) (घ) वमोजिम निर्णयार्थ यस इजलाश समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : २. कमलाकान्त र सिद्ध कुमारीका दुई सन्तानमा छोरा माधव प्रसाद १ छोरी शक्तिदेवी हुनुहुन्छ । माधव प्रसादकी दुई श्रीमतीहरु हामी फिरादी हौं । ससुरा कमलाकान्तको २०१४ सालमा र पति माधव प्रसादको २०२६ सालमा परलोक भयो । छोरी शक्तिदेवीको विवाह भई सकेको छ । हाम्रो समेत अंश हक लाग्ने का.जि. भिमसेन गोला पं. वडा नं. ८ कि.नं. ८ को ०-१-२ हाल का.न.प. वडा नं. १० वानेश्वरमा रहेको घर सासु सिद्ध कुमारीले छोरी शक्तिदेवीलाई मिति २०३७।१०।२४ मा मा.पो.का. ललितपुरवाट पारीत गरी शेषपछिको वक्सपत्र गरिदिनु भएको रहेछ सासु सिध्द कुमारीको पालन पोषण, स्याहार संभार हामी फिरादीले नै गरेका थियौ. र २०४२।३।१८ मा वहाको स्वर्गारोहन भएपछि पनि हामीले नै काज क्रिया समेत गरी आएकाले हामीले नै खर्च लगाई २०३७ साल पौषमा टायल लगाएको उक्त कच्चि घर सासु सिद्ध कुमारी दिने र विपक्षी शक्ति देवी लिने गरी भएको उक्त कच्चि घर सासु सिद्ध कुमारी दिने र विपक्षी शक्ति देवी लिने गरी भएको उक्त मितिको शेषपछिको बक्सपत्र वदर भागी हुँदा बदर गरी सोही लिखतको जरियावाट २०४२।१२।३० मा शक्तिदेवीले ताला लगाई उक्त घरमा गर्नु भएको खिचोला मेटाई अड्डावाट सो कोठाको ताला खोली चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. विपक्षी वादीको सम्पूर्ण फिराद दावी दावा झुट्टा हो । पिता कमलाकान्त र दाजु माधव प्रसादको मृत्युपछि विपक्षीहरु आफ्नो अंश बुझी छुट्टी भिन्न भै विवादीत घरमा नबसी अरु नै ठाउँमा गै वसेकाले आमा सिद्ध कुमारीको स्याहार संभार