निर्णय नं. ६३८९ - वन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३८९ - वन्दीप्रत्यक्षीकरण भाग: ३९ साल: २०५४ महिना: असोज अंक: ६ फैसला मिति :2054/01/25 २७७९ निर्णय नं. ६३८९ २०५४, ने.का.प. अङ्क ६ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५३ सालको दे.पु.नं. ......... २९७४ फैसला मितिः ०५४।१।२५।४ विषयः वन्दीप्रत्यक्षीकरण । पुनरावेदक/प्रत्यर्थीः जिल्ला प्रहरी कार्यालय वांके । विरुद्ध विपक्षी/निवेदकः भारत जिल्ला ववहराइच छायाकुवा वस्ने वावुलाल वारीको हकमा दिग्वीजय सिघल । § वन्दीप्रत्यक्षीकरणको मुख्य उद्देश्य गैरकानूनी थुनामा रहेको वन्दीलाई सो गैरकानूनी थुनाबाट मुक्त गर्नु हो । वन्दी थुनामा नरहेको वा थुनाबाट छुटीसकेकोमा अदालतबाट वन्दीप्रत्यक्षीकरणको आदेश जारी हुदैन अर्थात वन्दीलाई थुनाबाट मुक्त गर्नु पर्ने अवस्था नै पर्दैन । वन्दीलाई थुनामा राख्नुको कानूनसँगत आधार र अवस्था नदेखिएको अवस्थामा वन्दीलाई थुनाबाट मुक्त गर्ने आदेश गर्नु नै वन्दीप्रत्यक्षीकरणको उद्देश्य हो । वन्दी प्रत्यक्षीकरणको मुद्दामा वन्दीप्रत्यक्षीकरणको आदेश र यसको कार्यान्वयन साथ साथै हुने गर्दछ अन्य मुद्दामा झै फैसला आदेश कार्यान्वय गर्न पर्खिरहनु पर्दैन । वन्दीप्रत्यक्षीकरणको मुद्दा जसमा वन्दीलाई निजको थुना गैरकानूनी देखिइ रिहाई गरिदिने गरेको निर्णय र सो को कार्यान्वयन समेत भैसकेको अवस्थमा पुनरावदेन तहबाट छुटिसकेको वन्दीलाई पुनः थुनामा राख्नु भनी भन्न नमिल्ने । (प्र.नं.११) पुनरावेदक तर्फवाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री वलराम के.सी. । निवेदक तर्फवाटः अवलम्वित नजीरः आदेश प्र.न्या.त्रिलोक प्रताप राणाः न्याय प्रशासन ऐन, ०४८ को दफा ९(१) (क) बमोजिम पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।१२।१ को आदेश उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. आफूले काम्पोज ड्राइजीपाम मेथीजन इन्जेक्शन तैयारी औषधी आयात गरेको भनी थुनामा राखेको र लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा २३ (क) अनुसार ऐ ऐनको दफा ३ को खण्ड (क) को उपखण्ड (७) बमोजिम तोकिएको औषधीको पैठारी सम्वन्धी कार्यवाही औषधी ऐन, २०३५ बमोजिम हुने व्यवस्था छ । औषधी ऐन २०३५ वमोजिमको कार्यवाही औषधी ऐन २०३५ को दफा ३९ (१) बमोजिम हुन सक्नेमा विपक्षी नं. १ समेत भई अवैध रुपमा थुनामा राखेको हुँदा नागरिक अधिकार ऐन, २०१२ को दफा १२ को प्रतिकूल भएकोले वन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको निवेदन । ३. यसमा के कसो भएको हो र निवेदकको माग वमोजिम वन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुन नपर्ने हो ? ऐन कानून वमोजिमको कुनै कारण र अवस्था भए सूचना जारी तामेल भएको २४ घण्टा भित्रै पुनरावेदन सरकारी वकिल कार्यालय मार्फत वन्दीलाई समेत साथ लिई लिखित जवाफ प्रस्तुत गर्नु भनी विपक्षीलाई सूचना जारी गरी तामेल गरी लिखित जवाफ परेपछि पेशीमा चढाई नियम वमोजिम पेश गर्नु भन्ने मिति ०५२।११।२८ को आदेश । ४. निवेदक बाबुलाल वारीले ०५२।११।११ गते भारतवाट आफ्नो झोला भित्र लुकाई काम्पोज ड्राइजीपाम इन्जेक्शन (Colmpose Diasepam Injection) १०० पीस र मथर्जिन इन्जेक्शन (Matlrydergome trine Injection) १०० पीस नेपाल भित्र पैठारी गर्न लाग्दा प्रहरी चौकी जमुनहाका प्रहरीहरुले तलासी लिंदा निजवाट वरामद हुन आएको उक्त औषधी मध्ये (काम्पोज डाइजीपाम इन्जेक्शन) लागु औषध (नियन्त्रण) ऐन, ०३३ को दफा ३ खण्ड (क) को उप खण्ड (७) को प्रयोजनकोलागी ऐ