निर्णय नं. ६३९० - नामसारी दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३९० - नामसारी दर्ता भाग: ३९ साल: २०५४ महिना: असोज अंक: ६ फैसला मिति :२०५३/१२/०६ २५७५ निर्णय नं. ६३९० २०५४, ने.का.प. अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ सम्वत् २०५२ सालको दे.पु.नं. ......... ३१०३ फैसला मितिः ०५३।१२।६।४ मुद्दाः नामसारी दर्ता । पुनरावेदक/वादीः जिल्ला मकवानपुर हेटौंडा नगरपालिका वडा नं. २ वस्ने वर्ष ४७ को नरराज शर्मा त्रिपाठी । विरुद्ध विपक्षी/प्रतिवादीः मालपोत कार्यालय काठमाण्डौं समेत २ । § वादी प्रतिवादी २ पक्ष, देखिए पछि त्यसलाई मुद्दा भनि मान्नु नै पछ । (प्र.नं.१४) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री अमर प्रसाद पन्त । विपक्षीतर्फवाटः x अवलम्वित नजीरः x फैसला न्या.गोविन्द वहादुर श्रेष्ठः पुनरावेदन अदालत पाटन ललितपुरको मिति २०५०।७।१६।२ को मालपोत कार्यालय काठमाण्डौंको मिति २०४८।६।१० को आदेशलाइै नै सदर गरी गरेको फैसला उपर चित्त नवुझी वादी पुनरावेदक तर्फवाट दोहोर्याई पाउँमा निवेदन परी निस्सा प्रदान भै पुनरावेदनमा परिणत भएको पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य एवं व्यहोरा यस प्रकार छः २. वाजे धर्मराज तिवारीका हक भोगमा रहेको कुस विर्ता १९५३ सालको लगत पूर्व रैकर खोलसी दक्षिण विर्ताको आली पश्चिम रैकर आली साध उत्तर पाखो यति ४ किल्ला भित्रको कुश विर्ता दहचोक अम्वल ।७२ मुरी माटोवाट भिड्ने हालको सवै नापीमा वलम्वु पंचायत वडा नं. ८(क) कि.नं. १९९ को रोपनी ३५ मध्ये १८-०-० रोपनी जग्गा वाजे धर्मराज परलोक भै सकेकोले मेरो हक हुन आएको हुँदा रै.प.नामसारी दर्ता गरी पाउँ भनि नवराज शर्मा ले मिति २०४८।१।१५ र ०४८।२।२३ मा मालपोत कार्यालय काठमाण्डौंमा दिएको निवेदन व्यहोरा । ३. दावीको कि.नं. १९९ को जग्गामा एक स्कुल भवन निर्माण गरी कक्षा संचालन भएको, सो जग्गाको विचवाट कच्ची वाटो निर्माण भएको, वांकी उल्लेखित ४ किल्ला भित्रको जग्गामा हाल सम्म कसैको भोग चलन नभै गौचरणको रुपमा रहेको भन्ने व्यहोराको वलम्वु गाउँ पंचायतवाट भएको सर्जमिन मुचुल्का । ४. उल्लेखित कि.नं. १९९ को ३५ रोपनी जग्गा मध्ये उत्तर पश्चिम वन देवी प्रा.वि.रहेको कित्ताको विचवाट विद्यालय जानेवाटो वनाएको कित्ताको दक्षिण विच तर्फवाट ७(०(० जग्गा २।३ वर्ष अगाडी सम्म खेती गरेको जस्तो देखिने, आवादी भएको ७ रोपनी जग्गा नरराज त्रिपाठीको र विद्यलाय जाने वाटो देखि उत्तरको जग्गा कि.नं. १९९ भित्रको भए पर्ति सार्वजनिक गौचरण हो भन्ने व्यहोराको मे.ना.सा. नापी शाखा मार्फत भएको सर्जमिन मुचुल्काको व्यहोरा । ५. गा.पं.मा १२ दिने हक दावी सम्वन्धी सार्वजनिक सूचना प्रकाशित भएको वलम्वु गा.पं.वडा नं. ८ (क) को कि.नं. १९९ को जग्गा वन सिमाना भित्रको परेको भन्ने व्यहोराको जिल्ला वन कार्यालय काठमाण्डौंको पत्र । ६. जिल्ला वन कार्यालयको मिति ०४८।९।३ को पत्रानुसार वलम्वु ८(क) कि.नं. १९९ को जग्गा वन सिमाना भित्र परेको भन्ने देखिंदा मिसिल तामेलीमा राखी दिने भन्ने व्यहोराको ०४८।६।१० को मालपोत कार्यालय काठमाण्डौंको निर्णय । ७. जग्गा दर्ता गरी पाउँ भन्ने निवेदन दावीमा दर्ता गर्न मिल्ने नमिल्ने तर्फ एकिन निर्णय गर्नु पर्नेमा सो नगरी गैरकानूनी तरिकावाट तामेलीमा राख्ने गरेको मालपोत कार्यालयको निर्णय वदर गरी कानून वमोजिम दर्ता गरी दिन भनी मालपोत कार्यालयको नाउँमा आदेश समेत जारी गरी पाउँ भनी निवेदक नरराज शर्माले यस अदालतमा दिएको पुनरावेदन पत्र । ८. निवेदकले विवादित