निर्णय नं. ६३९२ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३९२ - अंश भाग: ३९ साल: २०५४ महिना: असोज अंक: ६ फैसला मिति :२०५४/०३/२३ २४६२ निर्णय नं. ६३९२ २०५४, ने.का.प. अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत् २०५३ सालको दे.पु.नं. ......... १९४१ फैसला मितिः ०५४।३।२३।२ मुद्दाः अंश । पुनरावेदक/प्रतिवादीः जिल्ला महोत्तरी, हलखोरी गा.वि.स. वडा नं. ३ वस्ने राम एकवाल ठाकुर वडही समेत २ जना । विरुद्ध विपक्षी/वादीः ऐ.ऐ.वस्ने राजेश्वर ठाकुर वडही समेत २ जना । § वादीहरुले वाबु वृजलालको नामको जग्गा नामसारी दर्ता गराई लिई अलग अलग भोग चलन गरेको नदेखिएको प्रतिवादी नन्द ठाकुर र निजका छोराले यो यस्तो ज्ञान सिपवाट निजी आर्जन गरी जग्गा खरिद गरेको भन्ने कुराको कुनै ठोस सवुद प्रमाण पेश ह’न आएको नदेखिंदा संगोलका अंशियार निजका छोराको नाममा दर्ता रहेको जग्गा समेत वण्डा गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको, इन्साफलाई अन्यथा मान्न नसकिने । (प्र.नं.११) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस । विपक्षी तर्फवाटः x अवलम्वित नजीरः x फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत जनकपुरको मिति २०५०।३।३० को फैसला उपर प्रतिवादीको तर्फवाट दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छ : २. प्र.वृजलाल हाम्रो वुवा र नन्द ठाकुर दाजु, राम एकवाल भतिजो हुन । वावुको ३ छोरामा जेठा नन्द ठाकुर, माइला म फिरादी धनेश्वर कान्छा फिरादी राजेश्वर हो । हामी संगोलमै छौं । परिवार वढन गै मेल नभएकोले ०४६।१।२६ गते अंश माग्दा अंश छैन भनी खान लाउन समेत नदिएकोले आमा परलोक भै सक्नु भएकोले विपक्षीहरुवाट फाँटवारी लिई ४ खण्डको २ खण्ड अंश छुट्टयाई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. प्र. म. नन्द ठाकुर, छोरा रामएकवाल र फिरादीहरु संगोलमा छैनौं । वुवा वृजलाल म नन्द ठाकुरलाई ०२३ सालमै १ कठ्ठा जग्गा दिई छुट्टयाई अलग गरी दिनु भएकोले सोही जग्गामा घर वनाई भोग गरी आएको छु । वादीको दावी अ.वं. ८२ र अंश वण्डाको महलको ३० नं. प्रतिकूल हो । भिन्न भएपछि छोराहरुहरुले भारत गोहाटी आसाममा गै फर्निचरको काम गरी कठोर परिश्रमवाट राम एकवालले आर्जन गरेको कि.नं. २५७, को ०-२-१४ कि.नं. २१ को ०-२-० कि.नं. २२६ को ०-८-४, कि.नं. ६४ को ०-३-११ १/२, कि.नं. ५५२ को ०-१-५ जग्गा वण्डा हुने होइन । अंश दिनु पर्ने पनि होइन भन्ने समेत प्र.नन्द ठाकुर, राम एकवालको प्रतिउत्तर पत्र । ४. मैले अंश दिन इन्कार गरेको छैन । खान लाउन दिई राखेकै छु । जेठो छोरा, नन्द ठाकुरले मात्र वेइमान गर्न खोजेको हो । निजको छोराको नाउँको जग्गा संगोलको सम्पत्ति हो । सो सम्पत्तिमा अंश दिन चाही रहेको छैन भन्ने समेत वृजलालको प्रतिउत्तर पत्र । ५. घरसारमा अंश छुट्टयाई आ(आफ्ना नाउँमा दा.खा. दर्ता समेत गराई भोग विक्रि व्यवहार समेतवाट छुट्टि अंश व्यवहार समेतवाट छुट्टी अंश भै सकेको देखिंदा अंश पाउ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत शुरु म.जि.अ.वाट ०४८।८।१६।२ मा भएको फैसला । ६. दाजु नन्द ठाकुरको छोरा राम एकवालको नाउँमा जग्गा राजिनामा हुदैमा वावु वृजलालले अंश हुन वांकी नै भएको कुरा स्वीकार गर्दा गर्दै अंश नपाउने गरी भएको फैसला वदर गरी दावी अनुसार अंश दिलाई पाउँ भन्ने समेत वादीको पुनरावेदन पत्र । ७. अंश वण्डा भै सकेको भन्ने कुराको भरपर्दो प्रमाण गुज्रन नआएको जग्गा छुट्टै दर्ता भएको आधारले मात्र वण्डा भै सकेको भन्न सकिने अवस