निर्णय नं. ६३९३ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३९३ - उत्प्रेषण समेत भाग: ३९ साल: २०५४ महिना: असोज अंक: ६ फैसला मिति :२०५१/०२/१९ २३१७ निर्णय नं. ६३९३ २०५४, ने.का.प. अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने सम्वत् २०५१ सालको रिट नं. ... २७२१ आदेश मितिः ०५१।१२।१९।३ विषयः उत्प्रेषण समेत । निवेदकः जि.महोत्तरी, पिप्रा गा.वि.स. वडा नं. ४ वस्ने राम सोगारथ मुखिया । विरुद्ध विपक्षीः प्रमुख जिल्ला अधिकार, जिल्ला प्रशासन कार्यालय महोत्तरी समेत ६ । § विद्यालयसँग भएको ठेक्का पट्टा अनुसारको शर्त हनन् भयो भन्ने निवेदकको जिकिर रहेको देखियो । यस्तो करारीय दायित्ववाट श्रृजित हक नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ को उपधारा २ अनुसार मौलिक हक वा अन्य उपचार विहिन कानूनी हक देखि वाहेकको करारीय हक देखियो । यस्तो करारीय हक संविधानको उल्लेखित धारा ८८ को उपधारा (२) अन्तर्गत प्रचलन गराउन नमिल्ने भनी यस अदालतवाट सिद्धान्तहरु समेत प्रतिपादन भइ रहेको परिप्रेक्ष्यमा समेत असाधारण अधिकार क्षेत्र अन्तर्गत प्रस्तुत रिट निवेदनको माध्यमवाट विचार हुन सक्ने भएन । तसर्थ रिट निवेदन खारेज हुने । (प्र.नं.१५) निवेदक तर्फवाटः विद्वान बरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी । विपक्षीतर्फवाटः विद्वान उप सरकारी अधिवक्ता श्री शरद कुमार खड्का अवलम्वित नजीरः x आदेश न्या.लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. जि. महोत्तरी सहोडवा गा.वि.स. वडा नं. ७ अन्तर्गत पर्ने ठुलो सानो डवरी परेको पोखरी श्री ने.रा.भवानी सार्वजनिक प्राथमिक विद्यालय, हरदिया महोत्तरीको हकभोगको हो, ७ नं. फाँटवारी पनि स्कुलकै तर्फवाट भरिएको छ । ३. उक्त पोखरी ठेक्कामा दिने चलन भएको र २०५१ साल श्रावण मसान्त देखि नयां किसिमले ठेक्का वंदोवस्त गर्नु पर्ने भएकोले २०५१।४।८ गते शनिवार डाक वडावडमा भाग लिन आउने २०५१।३।२८ को सूचना र सो मा उल्लेखित शर्त बमोजिम १२,५००। मा डांक सकार गरी सयकडा १० प्रतिशत ले हुने रु. १२,००। जम्मा गरी ठेक्का सम्वन्धमा २०५१।४।१४ मा कवुलियत समेत गरी स्कुलको तर्फवाट प्राप्त चलन पुर्जि वमोजिम आफ्नो तर्फवाट १०।१५ हजार लगानी गरी माछाका भूरा छाडी खाद्यान्न समेतको व्यवस्था गरी अध्यापी पोखरी र माछा निवेदकले नै चलन गरी आएको छु । ४. स्कुलको चलन पुर्जि वमोजिम चलन गर्दै आइरहेकोमा ४।५ महिना पछि आएर जि.प्र.का. को च.नं. ४११५ मिति २०५१।९।५ को पत्रको हवाला दिंदै कारी मुखिया विनले जि.प्र.का महोत्तरीमा दिएको निवेदनमा कारवाही भए अनुसार उरक्त पोखरीको पुन डांक वडावड गर्ने भनी जि.प्र.का. वाट मिति २०५१।९।५ मा निर्णय भएकोले आदेशानुसार पोखरीको ठेक्का रद्द गरिएको छ भनी विपक्षी स्कुलवाट २०५१।९।१० को पत्रवाट निवेदकलाई जानकारी गराइयो । निर्णयको नक्कल दिन नमिल्ने जि.शि.का.महोत्तरीवाट जवाफ दिइयो । ५. मेरो ठेक्का कवुलियत र चलन पुर्जि कायम छंदा छंदै मेरो हक भोग चलनको उक्त पोखरीको पुनः डांक वडावड गर्ने गराउने सम्वन्धमा कारवाही र निर्णय गर्ने अधिकार विपक्ष जि.प्र.का. महोत्तरीलाई कुन कानूनले दिइएको छ सो कुरा मलाई दिइएको जानकारी पत्रमा उल्लेख छैन र अधिकार पनि नहुँदा अ.वं. ३५ नं. समेत विपरित छ । स्कुल अधिनस्थलको उक्त पोखरी जि.शि.का. महोत्तरीको २०५१।३।२५ मा वसेको वैठकको निर्णयानुसार ठेक्कामा लगाउनको लागी आव्हान गरी