निर्णय नं. ६३९५ - जिउमास्ने वेच्ने ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३९५ - जिउमास्ने वेच्ने । भाग: ३९ साल: २०५४ महिना: असोज अंक: ६ फैसला मिति :२०५३/१२/१२ २५२३ निर्णय नं. ६३९५ २०५४, ने.का.प. अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत् २०५१ सालको फौ.पु.नं. ......... १०४२ फैसला मितिः ०५३।१२।१२।३ मुद्दाः जिउमास्ने वेच्ने । पुनरावेदक/प्रतिवादीः जि.मोरङ राजघाट गा.वि.स. वार्ड नं. ९ घर भई हाल कारागार शाखा विराटनगरमा थुनामा रहेको दुर्गा धिमाल । विरुद्ध विपक्षी/वादीः तारा देवी दाहालको जाहेरीले श्री ५ को सरकार। § पुनरावेदकको प्रहरीमा भएको सावितिलाई पिडित जाहेरवालीको भनाइवाट समर्थित भइरहेको पाइन्छ । पुनरावेदकले प्रहरीमा कुटपिट गरी स्वेच्छा विरुद्द नसुनाई सहीछाप गराएको भनी जिकिर लिएको भएतापनि घा जाँच फाराममा सम्पूर्ण शरिरमा दुख्छ भन्ने वाहेक कुनै वाह्य घा जोट नदेखाइएको अवस्थामा कुटपिट गरी साविति गराएको भनी भन्न मिलेन । जीउमास्ने वेच्ने जस्तो मुद्दामा प्रतिवादीले अन्यथा प्रमाणित गर्न सकेमा वाहेक पिडित जाहेरवालीको भनाइलाई विश्वासप्रद नै मान्नु पर्ने हुन्छ । प्रतिवादीले उक्त कुरालाई अन्यथा हो भनी मिसिल संलग्न प्रमाणवाट कंही कतै पुष्टि गर्न सकेको पाइदैन । यस्तो अवस्थामा निज कसुरदार होइन भन्न नमिल्ने । (प्र.नं.२८) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री उर्मिला पन्थी विपक्षी तर्फवाटः x अवलम्वित नजीरः x फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत विराटनगरको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) को आधारमा यस अदालत समक्ष पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा एवं तथ्य यस प्रकार छ :- २. २०४५।६।७ गते मलाई उर्लावारी वजारवाट वावुराम चौधरी, दुर्गा धिमाल समेत दुई जनाले ललाई फकाई प्रतिवादीहरु मध्ये वावुराम चौधरीले जीवन साथी श्रीमती वनाउँछु भनी विश्वासमा पारी वसमा चडाई काकडभिट्टा सिलगडी हंदै भारत हाजिपुर पुगी होटलमा वसी रातभर वावुरामले मलाई श्रीमान् श्रीमती विचमा हुने व्यवहार गरी इज्जत लुटी ०४५।६।९ गते गाडीमा चडी भारत पटना र त्यहाँवाट कमारी पुरमा पुर्‍याई माला भन्ने लामा महिला सँग रु.१६,०००। मा विक्रि गरी हिडेका र भारतीय प्रहरीले मलाई विरगंज सम्म ल्याई दिएकाले ०४६।४।२६ गते आफ्ना घरमा आई पुगेकी हुनाले यसरी श्रीमती वनाउँछु भनी ललाई फकाई प्रलोभनमा पारी निज वावुराम चौधरी र दुर्गा धिमाल समेत भई भारतको कमारीपुरमा लगी माला लामा भन्ने मानिसलाई १६ हजारमा विक्रि गरी जिउ मास्ने वेच्ने कार्यमा दुरुत्साहन गरेकाले निजहरु र निजहरुका मतियार उपर जिउ मास्ने वेच्ने कार्य गराए उपर कानून वमोजिम कारवाही र साजंय गरी पाउँ भन्ने समेत तारा दाहालको ०४६।५।१३ को जाहेरी दरखास्त । ३. अनुसन्धान तहकिकात गर्न दिएको मोरङ जिल्ला अदालतको ०४६।५।१३ को आदेश रहेछ । ४. वावुराम चौधरी, दुर्गा धिमाल समेत हाम्रो गाउँमा पटक पटक आउने जाने भएकोले चिन जान भएको थियो । यस्तैमा उर्लावारी वजारमा निजहरु सँग भेटघाट भएपछि वावुराम चौधरीले मलाई जीवन साथी श्रीमती वनाउँछु पटनामा जाउँ भनेकोले र दुर्गा धिमालले समेत फकाएकाले ०४६।६।७ गते उर्लावारीवाट वस चडी काकडभिट्टा भारतको पानी टंकी, सिलगडी हुँदै हाजिपुरमा पुगी दिनभर वजारडुली वेलुका वावुराम सँग एउटै कोठामा लजमा वसी रातमा वावुरामले मलाई इज्जत लुटी पति पत्नीको विचमा हुने व्यवहार गरे र विहान ९ वजे पटना पुगी त्यहाँवाट पनी रेलमा चडी वावुराम, दुर्गा धिमालले लिएर गएर ०४