निर्णय नं. ६३९७ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३९७ - परमादेश भाग: ३९ साल: २०५४ महिना: असोज अंक: ६ फैसला मिति :२०५४/०१/०६ २४९७ निर्णय नं. ६३९७ २०५४, ने.का.प. अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको रि.नं. ... २६४७ आदेश मितिः २०५४।१।६।६ विषयः परमादेश । रिट निवेदकः जिल्ला सुर्खेत जकुटा गा.वि.स.वडा नं. ३ वस्ने टेक वहादुर पौडेल समेत जना ४ विरुद्ध विपक्षीः नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहकसेवा निर्देशनालय, काठमाण्डौं समेत जम्मा ५ § रिट निवेदकहरुलाई मिति २०५०।८।९ को निर्णय अनुसार प्राविधिक कुल्ली पद तह १ मा एक वर्षको परीक्षणकालमा रहने गरी स्थायी नियुक्ति गरिएको हो भन्ने नेपाल विद्युत प्राधिकरण प्रशासन विभागको मिति २०५०।८।९ को स्थायी नियुक्ति विषयको मिसिल संलग्न पत्रको फोटो प्रतिलिपिबाट देखिएको र उक्त निर्णयलाई लिखित जवाफमा खण्डन भएको पनि देखिएन । लिखित जवाफमा सिमित प्रतियोगिताको नतिजा प्रकाशित हुँदाको सूचनामा तोकिएको शर्त पूरा नभएको भन्ने कुराको सम्वन्धमा सो सूचना मिति २०५०।५।१७ मा मात्र प्रकाशित भएको फोटो प्रतिलिपिबाट देखिदा मिति २०५०।८।९ मा निवेदकहरुलाई नियुक्ति दिने निर्णय भएपछि सो भन्दा अगाडिको सूचनाको शर्त वमोजिम निवेदकहरुले नियुक्ति नपाउने भन्न सकिने अवस्था नदेखिने । (प्र.नं. ६) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री प्रकाश रावत अवलम्वित नजिरः आदेश न्या. कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न अनुसार छः २. हामी रिट निवेदकहरु मध्ये टेक वहादुर पौडेल कुल्ली पदमा र मोतिलाल पुन लाल वहादुर पुन मगर र मोतिप्रसाद आचार्य लाइन मेन पदमा नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखामा दैनिक ज्यालादारीमा कार्यरत रहेकोमा हामि रिट निवेदकहरु नेपाल विद्युत प्राधिकरणबाट नेपाल विद्युत प्राधिकरणको प्राविधिक सेवा तह १ इलेट्रिकल समुहको स्थायी कुल्ली पद पूर्तिका लागि प्रकाशित विज्ञापन अनुसार २०४९।५।१७ का दिन नेपालगंज परिक्षा केन्द्रबाट लिइएको अन्तरवार्तामा सम्मिलित भएका थियौं । यसरी अन्तरवार्तामा सम्मिलित हामी रिट निवेदकहरुलाई ज्यालादारी शिर्षकमा वजेट कम भएको भनी दैनिक ज्यालादारीमा २०४९।८।२५ पश्चात काममा लगाइएन । सम्मिलित भएको अन्तरवार्ताबाट हामीहरु उत्तिर्ण भएको थाहा पाई नियुक्ति पाउन निरन्तर प्रयास गर्दा पनि विपक्षीहरुबाट हामीलाई नियुक्तिपत्र दिइएन । जवकि हामी सरह समान प्रतियोगी खगेन्द्र प्रसाद पोखरेल र दिक वहादुरलाई नियुक्ति पत्र दिई उनीहरु कार्यरत समेत रहेका छन । हामीहरुले अधिकार प्राप्त पदपूर्ति समितिको सिफारिश तथा मिति २०५०।८।९ को निर्णय अनुसार पाउनु पर्ने नियुक्तिपत्र पाउन निवेदन दिएकोलाई पूर्ण वेवास्ता गरिएको छ भने अर्काे तर्फ हामीलाई नियुक्ति गर्ने निर्णयलाई अन्यथा भन्न र गर्न विपक्षीलाई कुनै प्रचलित कानूनले अधिकार प्रदान गरेको छैन । यसरी हामी निवेदकहरुले कानून वमोजिम पाउनु पर्ने नियुक्ति पत्र नदिएकोबाट नेपाल विद्युत प्राधिकरण सेवा नियमावली, २०५० को नियम २ को खण्ड (ङ) तथा नियम २६ को उपनियम (१) को प्रतिकूल रहनका साथै हामी निवेदकहरुको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), १२(२)(ङ) १६ तथा १७(१) द्वारा प्रदत्त हकहरु आघातित भएका र नियुक्तिपत्र नदिने काम कारवाही कानून प्रतिक