निर्णय नं. ६३९८ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३९८ - परमादेश भाग: ३९ साल: २०५४ महिना: असोज अंक: ६ फैसला मिति :२०५३/०५/११ २८०५ निर्णय नं. ६३९८ २०५४, ने.का.प. अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरिप्रसाद शर्र्मा सम्वत् २०५२ सालको दे.पु.नं. .. २५५९ आदेश मितिः २०५३।५।११।३ विषयः परमादेश । पुनरावेदक/निवेदकः जिल्ला रौतहट गा.वि.स. दिपही वडा नं. ७ वस्ने हेमचन्द प्रसाद । विरुद्ध प्रत्यर्थी/विपक्षीः जिल्ला शिक्षा अधिकारी, जिल्ला शिक्षा कार्यालय, रौतहट समेत जम्मा ६ । § निवेदकलाई मिति २०४३।२।२८ मा हाजिर भएको मिति देखि तलव भत्ता खाने गरी हाजिर हुन पठाउने तथा निजको अनुपस्थित अवधिलाई असाधारण विदा स्वीकृत गरी दिने निर्णय भए पश्चात मिति ०५१।४।५ मा मात्र प्रस्तुत निवेदन परेको देखियो । लिखित जवाफवाट निवेदक विद्यालयमा हािजर नरहेको भन्ने देखिन आएको स्थितिमा निवेदकले आफू खटिएको विद्यलायमा हाजिर रहेको प्रमाण प्रस्तुत गर्न नसकेकोले निज हाजिर भै काम गरेको भन्ने मान्न मिलेन । असाधारण विदा स्वीकृत गर्ने गरेको निर्णयलाई निवेदकले वदर गराउन नसकेको देखिनुका साथै सवुद प्रमाणवाट अन्यथा प्रमाणित गर्न सकेको समेत देखिदैन । शिक्षा नियमावली, २०२८ को नियम ३९(१) को (च) वमोजिम असाधारण विदामा वसेका विद्यालयका शिक्षक तथा कर्मचारीले तवल नपाउने कुरा नियम ३९(२) मा उल्लेखित "तर असाधारण विदा वसेको शिक्षक वा कर्मचारीले तवल पाउने छैन" भन्ने प्रतिवन्धात्मक व्यवस्थावाट स्पष्ट भएको पाइन्छ । त्यसैगरी कानूनले निर्दिष्ट गरेको कर्तव्य पालन नगरेको अवस्थामा मात्र परमादेश जारी हुने हुँदा प्रस्तुत विषयमा विपक्षीवाट कानूनद्वारा तोकिएको कर्तव्य पालन नगरेको भन्ने देखिन नआउने । (प्र.नं.१४) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री मो.शेख अव्वास विपक्षी तर्फवाटः x अवलम्वित नजीरः x आदेश न्या. हरिप्रसाद शर्माः पुनरावेदन अदालत, हेटौडाको मिति २०५१।११।४ को आदेश उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. म निवेदक जनता मा.वि. सोनरनीयाको प्र.अ. को रुपमा कार्य गरी आउँदा मिति २०३८।३।४ को पत्रवाट जनता सत्य नारायण मा.वि. वसन्तपुरमा सरुवा गरियो र यसै अवस्थामा श्री ५ को सरकारद्वारा गठित विशेष समितिको मिति २०३८।४।९ को निर्णयले मलाई अवकाश दिएकोमा जिल्ला शिक्षा समितिको २०३८।५।२८ को निर्णयले काम काज गरी आएको विद्यालय मै पुनः पदस्थापन गरियो । सो पत्रानुसार कामकाज गर्न लाग्दा विपक्षी स.मा.वि.का संचालक समितिका अध्यक्षले जिल्ला शिक्षा समितिमा हाजिर हुन फिर्ता पठाउने भन्ने पत्र दिएकोले २०३९।१२।२८ देखि जि.शि.का मा हाजिर भएकोमा जिल्ला शिक्षा समितिको २०४०।३।१० को निर्णय अनुसार सरुवा पदस्थापन मा.वि. सोनरनीयामा गरी हाल जनजागृति मा.वि. सिन्दुरेघारीमा तलब भत्ता खाने गरी खटाइएको छ भन्ने पत्रानुसार ज.स.मा.वि. वसन्तपुरको सिन्दुरेघारी मा.वि.मा हाजिर हुन जानु भनि मैले पाउने तलब भत्ता र हाजिर भएको दिन समेत उल्लेख गरी रमाना पत्र दिइयो । तत्पश्चात मेरो हाजिरी रेकर्ड र तलब भत्ताको व्यवस्था गरीपाउँ भनि विपक्षी जिल्ला शिक्षा कार्यालयमा पटक पटक गरी निवेदन गर्दा र मन्त्रीज्यूवाट आवश्यक कारवाही गरी दिनु भनि तोक आदेश हुँदा पनि सो सम्बन्धमा कुनै कारवाही नै नगरी विपक्षी कार्यालयले मलाई २०४३।२।२८ मा विपक्षी मा.वि. सोनरनियावाट मा.वि. दुधिअवाक