निर्णय नं. ६३९९ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पार्उ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३९९ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पार्उ भाग: ३९ साल: २०५४ महिना: असोज अंक: ६ फैसला मिति :२०५४/०१/२० २१४८ निर्णय नं. ६३९९ २०५४, ने.का.प. अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने सम्वत् २०५३ सालको रि.नं. ......... ३०२४ आदेश मितिः ०५४।१।२५।४ विषयः उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पार्उ । निवेदक : जि. सोलुखुम्वु नेचा वेतघारी गा.वि.स. वडा नं. २ घर भई जि.प्र.का.खांदवारीवाट वर्खास्त भएका प्र.ज.शिवराज राउत । विरुद्ध विपक्षीः श्री पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्र.ना.म.नि.श्री प्रदिप शम्शेर ज.व.रा. समेत जम्मा ३ । § जुनसुकै कार्यालयमा कार्यरत कर्मचारीको काम कर्तव्य प्रति निगरानी राख्ने जिम्मेवारी स्वतः कार्यलय प्रमुखमा रहने नै हुन्छ । सम्वन्धित कार्यालयमा कार्यरत कर्मचारी कार्यालय प्रमुखको प्रत्यक्ष नियन्त्रण र रेखदेखमा रहेन हुँदा निज कति अनुशासन र जिम्मेवार छ भन्ने विषयको राय सल्लाह कार्यालय प्रमुखको लिन नहुने भन्न नमिल्ने । (प्र.नं. ९) निवेदक तर्फवाटः विद्वान अधिवक्ता द्वय श्री हरिश्चन्द्र सुवेदी र वल बहादुर राई विपक्षी तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्वित नजीरः आदेश न्या.गोविन्द वहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त विवरण यस प्रकार छ : २. म निवेदक नेपाल प्रहरी सेवाको प्र.पदमा मिति ०४९।११।१ मा नियुक्ति भई तालिम प्राप्त गरी विभागले खटाएको काम कर्तव्य पूरा गर्दै ०५१।१०।१० मा जि.प्र.का. खांदवारीमा सरुवा भई गएको थिएं । मैले ०५२ साल श्रावण महिनाको पाउनु पर्ने रासन नदिएको र ठेकेदारसँग माग्दा पनि तपाईको हाकिम प्र.ना.नि.लखनलाल चैधरीले नदिनु भन्ने ठाडो आदेश छ, रासन दिन मिल्दैन भनेको र निज प्र.ना.नि. सँग मेरो राशन मैले किन नपाउने भन्दा उल्टै मलाई गालि गरेको र निजले नै मलाई अपशव्द भनी सामान्य वाद विवाद हुँदा तेरो जागिर खाइदिन्छु तैले मलाई चिनेकै रहेनछस् भनी निजले प्रतिवेदन जाहेर गरी मिति ०५२।४।१ मा दिनको ११ वजे मादक पदार्थ सेवन गरी कार्यालयमा हो हल्ला गरी काममा वाधा समेत पुर्याएको भनी जाहेर गरी मलाई कार्वाही शुरु गरिएकोमा विपक्षी जिल्ला प्रहरी कार्यालयले प्रहरी नियमावली, २०४९ को नियम ८८ को देहाय (च) को कसुरमा किन कारवाही नगर्ने भनी मिति ०५२।४।२ मा स्पष्टीकरण सोधियो । जि.प्र.का. ले मलाई जागिरवाट हटाउने प्रहरी नियमावली, २०४९ को नियम ८८(च) अनुसार कारवाही गर्न विपक्षी क्षेत्रीय प्रहरी इकाई कार्यालयमा मिति ०५२।६।२५ मा पठाएकोमा सो कार्यालयले २०५२।७।९ मा र २०५२।७।१४ मा स्पष्टीकरण सोधी ०५२।८।३ गते प्रहरी नियमावली, २०४९ को नियम ८८ को देहाय (च) को कसुरमा नियम ८४ (छ) वमोजिमको सजाय गर्ने निर्णय गरी सेवावाट म निवेदकलाई हटाउने गरी निर्णयमा भएकोमा पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा पुनरावेदन गरेकोमा सो कार्यालयले विपक्षी इकाई कार्यालयको निर्णयलाई सदर गरी फैसला गरेको, निवेदकलाई जागिरवाट हटाउने गरी गरेको निर्णयले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१)(ङ), १७ समेतद्वारा प्रदत्त संवैधानिक हक हनन् भएकोले र अन्य उपचारको अभावमा सम्मानित अदालतको असाधारण क्षेत्र गुहार्न आएको छु । विपक्षी कार्यालयहरुको निर्णयमा अ.वं. १८४(क) १८५ अ.वं. ३५ नं. प्रहरी नियमावली, २०४९ को