निर्णय नं. ६४०० - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरीपाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४०० - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरीपाउँ । भाग: ३९ साल: २०५४ महिना: असोज अंक: ६ फैसला मिति :२०५३/०८/१२ २५५६ निर्णय नं ६४०० २०५४, ने.का.प. अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५२ सालको रि.नं. ... २२६० आदेश मितिः २०५३।८।१२। विषयः उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरीपाउँ । निवेदकः जि. रसुवा धुन्चे गा.वि.स. वार्ड नं. ५ वस्ने श्री भिमसेन एण्ड दावा फर्निचर उद्योगको संचालक दावा भिभंगमार तामाङ विरुद्ध विपक्षीः श्री ५ को सरकार, उद्योग मन्त्रालय समेत ५ । § उद्योग स्थापना गर्नु अगाडी राष्ट्रिय निकुन्जकार समेतको सहमति लिई उद्योग प्रारम्भ गरिएकोमा उक्त उद्योग वन्द गर्नु पर्ने आत्मगत कुनै कारण नदेखाई केवल राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण विभागको लेखोटको आधारमा मात्र नविकरण नगरेकोलाई कानून सम्मत मान्न नमिल्ने । (प्र.नं. १२) निवेदक तर्फबाटः अधिवक्ता श्री सरोजनाथ प्याकुरेल विपक्षी तर्फबाटः सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार पाठक अवलम्वित नजिरः ने.का.प. २०४५, अंक ८, नि.नं. ३५४९, पृष्ठ ७९३ आदेश न्या.गोविन्द वहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ३३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छ : २. म निवेदकले औद्योगिक व्यवसाय ऐन वमोजिम घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय रसुवामा फर्निचर उद्योग २०४६।१२।१५ मा दर्ता भई दर्ता प्रमाण पत्र नं. ३५।०४६।४७ कायम भई मेरो प्रोप्राइटर सीपमा संचालन भएको फर्निचर उद्योग हो । रसुवा जिल्ला वन कार्यालय लाम्टाङ्ग राष्ट्रिय निकुन्ज र आदर्श गा.वि.स. मा उद्योग दर्ता गर्ने अनुमती मागी अनुमती प्राप्त भै उद्योग दर्ता भएको र उद्योगलाई आवश्यक पर्ने पुंजि वापत मेरो नाउँको जग्गाधनी प्रमाणपुर्जा राखी कृषि विकास वैंकवाट ऋण समेत प्राप्त गरी स्थानीय सरकारी तथा अर्ध सरकारी निकायवाट काठ प्राप्त गरी उद्योग गरी उद्योग संचालन गर्दै आएको थिएं । ३. प्राइभेट फर्म रजिष्ट्रेशन ऐन वमोजिम उद्योगको रुपमा दर्ता प्राइभेट फर्मको वैधानिकताको लागि वार्षिक नविकरण गर्नु पर्ने र तोकिएको समय भित्र नविकरण हुन सके दर्ता खारेज गर्न सकिने कानूनी व्यवस्था छ । त्यस अनुसार आर्थिंक वर्ष समाप्त भएको मितिले ३५ दिन भित्र नविकरण गर्नु पर्दछ । सो वमोजिम आ.व. २०५१।२०५२ सालको मिति २०५१।५२ देखि नविकरण नगरि दिनु भनी विपक्षी घरेलु तथा साना उद्योगलाई भनेको र २०५२।२०५३ सालको नविकरण गर्न निवेदन लिएर घरेलु तथा साना उद्योग विकास समितिमा निवेदन लिएर घरेलु तथा उद्योग विकास समितिमा निवेदन दिएकोमा विपक्षी कार्यालयले सो पत्रका आधारमा नविकरण गर्न नसकिने भनी पत्र दिइयो । विपक्षी घरेलु तथा साना उद्योगमा गै मेरो उद्योग नविकरण हुन नसकेको वारे जानकारी माग्दा घरेलु विभागको पत्र वाहेक अन्य कुनै जानकारी नभएको भनी जानकारी गराइयो । मेरो उद्योगले कुनै गैर कानूनी काम कारवाही नगरेको हुँदा नविकरण नगर्ने विपक्षीको काम कारवाही गैरकानूनी छ । यदि मेरो उद्योगले गैरकानूनी काम कारवाही गरेको भए सफाइको मौका दिइ उद्योग खारेज गर्नु पर्ने सो नगरी भए गरेका विपक्षीका काम कारवाही प्राकृतिक न्यायको सिद्धान्त विपरित छ । यसरी विपक्षी घरेलु तथा साना उद्योग समितिले उद्योग विभाग दर्ता शाखाको च.नं. ५४६ मिति २०५१।४।२७ को पत्रको आधारमा मेरो उद्योगको दर्ता नविकरण नगर्ने का