निर्णय नं. ६४०१ - लिखत वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४०१ - लिखत वदर भाग: ३९ साल: २०५४ महिना: असोज अंक: ६ फैसला मिति :२०५४/०६/०८ २८३४ निर्णय नं. ६४०१ २०५४, ने.का.प. अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल सम्वत् २०५१ सालको दे.पु.नं. .. २२१५ फैसला मितिः २०५४।६।८।४ मुद्दाः लिखत वदर । प्रतिवादी/पुनरावेदकः नुवाकोट जिल्ला ढाडेदी घर भै हाल का.जि.का.न.पा. वडा नं. ४ वालुवाटार वस्ने वर्ष ६६ को जगन्नाथ पाण्डे समेत २ । विरुद्ध वादी/प्रत्यर्थीः नुवाकोट जिल्ला मदानपुर गा.वि.स. वडा नं १ घर भै हाल का.जि.नयां वानेश्वर डेरा गरी वस्ने सत्य रुपा पाण्डे । § हजुरवुवा जगन्नाथले आफ्नी छोरी माया सेढाइलाई ०४१।२।३ मा हालैको वकसपत्र गरी दिएको पिता राम प्रसाद परलोक हुनु भएको निजको आधा सम्पत्तिमा हक लाग्नेमा जेठी दिदी राधा देवीको विवाह भएको म अविवाहिता हुँदा आधी लिखत वदर गरी पाउँ भन्ने वादी र अपुतालीको २ नं. ले विपक्षीलाई हकाधिकार प्राप्त भए पनि वादीको वावुले पाउने अंश हक सम्ममा वादीलाई हकदैया प्राप्त हुने हो । विपक्षीको २ दिदी वहिनी मध्ये दिदी राधा देवीको विवाह भइसकेको छ । वादी छोराकी छोरी हुन निजको जन्म २०३३।६।१७ मा भएको हो । फिराद खारेज हुनु पर्दछ भन्ने प्रतिवादी भई विवाद परेको देखिन्छ । § फिराद गर्दा वादीले १६ वर्षकी हुँ भनी उमेर उल्लेख गरेको र प्रतिउत्तर जिकिरबाट ०३३।६।१७ मा जन्म भएको भन्ने हिसावबाट १५ वर्षको उमेर नाघी १६ वर्षको देखिनाले समेत वादीले नालेश गर्न नपाउने अवस्था देखिदैन । प्रतिवादी जगन्नाथ र निजको छोरा राम प्रसाद भई निज राम प्रसादकी छोरी वादी भएकी र राम प्रसाद परलोक भई सकेको तथ्यमा विवाद छैन । वावु छोरा भएकोमा अंशवण्डाको १ नं. ले आफ्नो आधी अंश लाग्ने र अपुताली पर्दा छोरा नभए छोरीले अपुताली पाउनेमा कन्या छोरीले दुई खण्ड र विवाह भएकी छोरीले एक खण्ड पाउने गरी अपुतालीको २ नं. ले कानूनी व्यवस्था गरेको समेत देखिन्छ । यसबाट वावु राम प्रसाद परलोक भएपछि निजको अपुतालीमा वादीको हक लाग्ने नै देखियो । विवादीत सम्पत्ति २०११ सालमा वकस पाई प्रतिवादी जगन्नाथको हक भएको भन्ने प्रतिउत्तर जिकिर देखिन्छ । स्व. राम प्रसाद र जगन्नाथको वीच रीत पूर्वकको वण्डा नभएको २०३४।९।२७ पूर्व तत्काल प्रचलित मुलुकी ऐन अंशवण्डाको १८ नं. ले सगोलको अंशियारले जुनसुकै व्यहोराबाट प्राप्त गरे पनि एकलौटी हुने अवस्था रहे भएको नदेखिने र वादीले विवाह भएकी छोरी राधा देवी भएको भन्ने कुरा फिरादमा उल्लेख गरेको र निजको हकमा यो नालेश परेको समेत नदेखिदा स्व. राम प्रसादको हक लाग्ने आधीमा ३ खण्डको २ खण्डमा मात्र वादीको हक लाग्ने हुनाले विवादीत लिखतमा वादीको हक लाग्ने जति ३ खण्डको २ खण्ड लिखत वदर हुने ठहर्छ । आधि लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालत ललितपुरको इन्साफ सो हदसम्म नमिलेकोले केही उल्टी हुने । (प्र.नं. ११ र १२) प्रतिवादी पुनरावेदन तर्फबाटः विद्वान अधिवक्ता श्री रमेश प्रसाद धिताल वादी प्रत्यर्थी तर्फबाट : अवलम्वित नजिरः फैसला न्या.उदयराज उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति २०५१।४।२० गतेको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम दायर प्रस्तुत मुद्दाको पुनरावेदनको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः २. विपक्षी मध्येका जगन्नाथका छोरा राम प्रसाद पाण्डे मेरो पिता हुँदा छोरा १ जन्मेको परलोक भएको र जेठी छोरी राधादेवीको विवाह भै सकेको म एक मात्र छोरी र हजुरवुवा जगन्नाथ एका घरमा वसी साविक मदानप