निर्णय नं. ६४०३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४०३ - उत्प्रेषण भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/०३/१९ २८७९ नि.नं. ६४०३ ०५४ ने.का.प अङ्क ७ पूर्ण इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा सम्वत् २०५३ सालको पु.ई.नं. ... ८६ फैसला मितिः २०५४।३।१९।५ विषयः उत्प्रेषण । निवेदिकाः का.जि. का.न.पा. वडा नं. १ बस्ने खडग कुमारी राणा । बिरुद्ध प्रत्यर्थीः काठमाण्डौ नगर पंचायत समेत जम्मा ३ § का.जि.का.न.पा. वडा नं. १ कि.नं.व १४३ को जग्गामा जग्गाधनीको स्वीकृती वेगर मोहीले नक्सा पास गरी घर वनाउन लागेकोले नक्सा पास वदर गरी संविधानद्वारा प्रदत्त हकको सुरक्षा गरी पाउँ भन्ने समेत रिट निवेदन जिकिर र सो जग्गामा पहिलेदेखि पक्कि घर वनाएको कुरा विपक्षीले नापीको क्षेत्रीय कितावमा कि.नं. १४३ को जग्गामा मा.पो.का. मा तिरो तिरी निल राजेश्वरीलाई घर वनाउन दिएको छु भन्ने व्यहोरा जनाई २०३७।६।१६ मा सहिछाप गरि दिनु भएको र वाली बुझेको रसिदमा पनि पक्कि घर वनाएको भन्ने कुरा किटिएको छ सो जग्गा २०१२।१०।१५ मा आमा स्व. नारायण लीन कुमारीले लिखत गरी घरवास गरी भोग चलन गर्न भनी मंजुरीका साथै जग्गा मोहीयानीमा प्रत्यर्थी निल राजेश्वरी समेतलाई दिनु भएको जग्गा भएको कुरालाई निवेदकले अन्यथा भन्न सकेको देखिदैन । २०१७ सालमा घर वनाउन लाग्दा दाज्यू माधव शम्शेरले मुद्दा दायर गर्नु भएकोमा घर वनाउन पाउने गरी सर्वोच्च अदालत फुलवेन्चबाट फैसला समेत भएबाट न.पं. बाट नक्सा पास गरी घर वनाएको कानून सम्मत छ भन्ने समेत प्रत्यर्थी जिकिर भएकोमा यसमा निल राजेश्वरी सिंहले नारायण लिन कुमारीबाट २०१२।१०।१५ को लिखतबाट मोहियानीमा पाएको जग्गामा घरवास समेत गर्न पाउने गरी पाएको देखिएको र सोही जग्गा मध्ये कि.नं १४३ को निल राजेश्वरीले घर वनाउन खोज्दा माधव शम्शेरले उजुर गरेकोमा घर वनाउन पाउने गरी यसै अदालत पूर्ण इजलासबाट २०२३ सालमा फैसला भएको भन्ने कुरामा विवाद छैन । निज निल राजेश्वरीले उक्त स्वीकृती मन्जूरनामा वमोजिम घर वनाएको भन्ने देखिन्छ । २०२५।७।९ मा भूमि सम्वन्धी (तेस्रो संशोधन ऐन, २०२५ द्वारा थप गरिएको दफा २६(क) ले यो ऐन प्रारम्भ हुनु अगावै मोहीले जग्गावालाको स्वीकृती लिई पक्कि घर वनाएको रहेछ भने सो घरवारीको जग्गा विक्रि गर्न वा हक छाडी दिन सक्ने व्यवस्था गरेको र घरवारी जग्गा भन्नाले भू.सु.ऐन, २०२१ को दफा २(ङ) मा गरिएको परिभाषा वमोजिम वसोवास गर्ने घर र सो घरले चर्चेको जग्गा संझनु पर्ने र सो शव्दले घरसँग जोडिएको वा फरक रहेको गोठ भकारी इनार पोखरी ग्यारेज तबेला, फलफुल बगैचा, तरकारी वारी बांसघारी खरवारी खेलकुद वा मनोरञ्जन गर्ने ठाउँ र सो सरहको अरु कुनै काममा लगाइएको जग्गा समेतलाई जनाउने भन्ने देखिन्छ । आमाबाट छोरीले घरवास समेत गर्न भोगचलन गर्न भनी मोहियानीमा पाएको जग्गामा घर पहिले वनाई भोगचलन गरेको अवस्थामा पुनः सोही जग्गामा घर निर्माण गर्न जग्गावालासँग मंजुरी लिन पर्ने भन्न सकिने कानूनी आधार देखिदैन । मंजुरनामाबाट उक्त मोहियानीमा पाएको जग्गामध्ये यति जग्गामा मात्र घर वनाउन पाउने अथवा एउटा घर मात्र वनाउन पाउने जस्तो सिमित शर्त जस्ता कुराहरु रहेको पनि देखिदैन । यसरी साविक जग्गाधनीबाट नै घरवास गरी भोगचलन गर्न पाएको मोहियानी जग्गामा पहिले देखिनै नक्सापास गरी घर वनाई भोगचलन गरी आएको र निवेदकले पनि स्वीकार गरेको अवस्थामा पुनः पटक पटक स्वीकृती लिनु पर्ने भन्न सकिने अवस्था देखिदैन । २०१२ सालक