निर्णय नं. ६४०४ - वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४०४ - वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/०५/१९ ३५३८ नि.नं. ६४०४ ०५४ ने.का.प अङ्क ७ पूर्ण इजलास माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल सम्वत् २०५४ सालको रि.पु.ई.नं. ... ८८ आदेश मितिः २०५४।५।१९।५ विषयः वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ । निवेदकः जिल्ला सुनसरी इनरुवा नगरपालिका वडा नं. ९ घर भई हाल जिल्ला कार्यालय कारागार शाखा मोरङमा थुनामा रहेको वर्ष ७२ को काली प्रसाद खनाल समेत जम्मा ३ । बिरुद्ध विपक्षीः जिल्ला सरकारी वकील कार्यालय इनरुवा समेत । § विद्वान कानून व्यवसायीहरुको वहस जिकिर समेत सुनी मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गरी हेर्दा यस्मा तारेखमा राखिएका प्रतिवादी डल्ली भन्ने दुर्गादेवी ढकाल समेतका अन्य प्रतिवादीहरुको तथ्य अवस्था र प्रमाणहरु समान रहेकोमा निवेदकहरुलाई थुनामा राख्ने गरी गरेको आदेश भेदभावपूर्ण भै त्रुटीयुक्त हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको निवेदकको मुख्य निवेदन जिकिर देखिन्छ । शुरु सुनसरी जिल्ला अदालतले यी निवेदकहरु समेतलाई पुर्पक्षको लागि थुनामा राखी कार्यवाही गर्ने गरेको आदेश उपर प्रतिवादीहरु हिरण्य प्रसाद दाहाल, सीता दाहाल, डल्ली भन्ने दुर्गा देवी ढकालका हकमा विष्णु प्रसाद दुलालले जाहेरीमा शंकासम्म देखाएको, निजहरु प्रहरी र अदालतमा कसुर गरेमा इन्कार रहेको, चश्मदिद गवाह कोही नभएको भन्ने समेतका आधारमा निजहरुलाई पुर्पक्षको लागि तारेखमा राख्ने र यी निवेदकहरुको हकमा कालि प्रसाद खनाल र तीर्थ कुमारी खनाल कसुरमा इन्कार रहेकोमा पनि मृतकसँग झै झगडा रीसइवी भै राखेको भन्ने देखिनुका साथै मिसिल संलग्न अन्य प्रमाणबाट समेत अ.वं. ११८ को देहाय २ को अवस्था विद्यमान छैन भन्न सकिने अवस्था नदेखिंदा निजहरुको हकमा तहांको मिति २०५३।४।३२ को आदेशमा कुनै परिवर्तन गर्न परेन कानून वमोजिम गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको आदेश वमोजिम निवेदकहरु थुनामै रहेको भन्ने देखिन आउँछ । प्रहरी समक्ष कागज गर्ने कृष्ण प्रसाद ढकालले प्रतिवादी हिरण्य प्रसादले वन्द वोरा नाम्लो लगाई वोकेको अरु प्रतिवादी पछि पछि हिडेको भनी लेखाई दिएको देखिन्छ । यी निवेदकहरु समेतका अन्य प्रतिवादीहरु समेत प्रहरी र अदालतमा वयान गर्दा मृतक राधा देवीलाई मारी झूण्ड्याएमा पूर्ण इन्कार रहेको जाहेरवाला विष्णु प्रसादको जाहेरी दरखास्तको व्यहोरा वाहेक यी निवेदकहरुको विरुद्धमा प्रमाण लाग्ने अन्य परिस्थितिजन्य पृथक प्रमाण मिसिल संलग्न रहेको पाइदैन । ने.का.प. २०५२, पृ.४७८ मा प्रतिपादन भएको समान स्थिति र तथ्य रहेको वीचमा समान व्यवहार गर्नु पर्ने भन्ने यस अदालतबाट प्रतिपादित सिद्धान्तसँग असहमत हुनु पर्ने अवस्था नदेखिंने । (प्र.नं. १४) § माथि गरिएको विवेचनाबाट उही तथ्य र स्थिति रहेका अन्य प्रतिवादीहरुलाई तारेखमा राख्ने यी निवेदकहरुको हकमा पुर्पक्षको लागि अ.वं. ११८ को देहाय (२) वमोजिम थुनामै राख्ने भनी सुनसरी जिल्ला अदालतले मिति २०५३।४।३२ मा गरेको आदेश केही वदर केही सदर गर्ने गरी गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५३।८।७ को आदेश नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ द्वारा प्रत्याभूत गरिएको समानताको सिद्धान्तको विपरित देखिने । (प्र.नं. १५) § वारदातमा समान तथ्य र परिस्थिति भएको तथा समान संलग्नता भएका प्रतिवादीहरुलाई समान रुपमा तारेखमा राख्नु पर्न