निर्णय नं. ७८०६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८०६ - कर्तव्य ज्यान भाग: ४९ साल: २०६४ महिना: बैशाख अंक: १ फैसला मिति :२०६३/१२/१८ ५१२८ निर्णय नं.७८०६ ने.का.प.२०६४ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी सम्बत् २०६२ सालको फौ.पु.न ३५८४ फैसला मितिः २०६३।१२।१८।१ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक वादीः राम सागर चौधरीको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी प्रतिवादीः भारत जिल्ला, पश्चिम चम्पारण थाना गहनाव ग्रामवेलवा घर भै पर्सा जिल्ला , गाडी गा.वि.स.वडा नं ८ वस्ने सुरेश साह तुरहा समेत § प्रहरी समक्ष गरिएको पूर्ण वा आंशिक साविती बयान कागज स्वतन्त्र प्रमाण वा स्थापित तथ्यबाट समर्थित नभएसम्म त्यसलाई अदालतले विवादरहीत प्रमाणको रुपमा ग्रहण नगर्ने । (प्रकरण नं.४६) § शंकास्पद प्रमाण वा तथ्यगत विश्लेषणबाट गरिएको अनुमानको भरमा मात्र कसैलाई कुनै फौजदारी कसूर गरेको ठहर गर्न नसकिने । जाहेरवालाले आफ्नो जाहेरी दरखास्त पनि केवल वागद महतोबाट सुनेको कुराको आधारमा दिएको देखिन्छ । यसरी कर्तव्य ज्यान जस्तो गंम्भीर प्रकृतिको अपराधमा शंकारहित तवरबाट अभियोग दावी प्रमाणित हुन नआएको अवस्थामा प्रतिवादीहरूलाई अपराधी घोषित गरी सजाय गर्नु न्यायसंगत र कानूनसम्मत देखिन नआउने । (प्रकरण नं.४८) पुनरावेदक तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री गणेशवावु अर्याल विपक्षी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या. ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः २. जिल्ला पर्सा सोनवर्ष गा.वि.स. वार्ड नं ९ अन्तर्गत पुर्वमा चुरिया पहाड तथा विभिन्न किसिमको रुखहरू भएको घना जंगल, पश्चिम जंगल, उत्तर दक्षिण लालमिटी खोलाको वगर यति चार किल्ला भित्र मृतक राम सुरत चौधरी र गणेश यादवको लाश रहेको सो लासहरू मध्ये गणेश यादवको लाशको टाउको जंगली जनवारले खाएको जस्तो देखिएको रुद्र घन्टी देखि माथिको भाग केही नभएको, सो लाशको छाती र घाटी वरीपरीको मासु यत्रतत्र छरिएको तथा किरा औसा परेको र अर्का राम सुरत चौधरीको लाशको घाटीमा ४ वटा गोली छर्रा लागेको घाउ चोट लागेको पिठ्युमा ३ वटा छर्रा लागेका प्वाल देखिएको भन्ने समेत व्यहोराको घटनास्थल तथा लाश जाच प्रकृती मुचुल्का । ३. मिति २०५६/८/१६ गतेका दिन म आफ्नो काम विशेषले वाहिर गै फर्की आउँदा मेरो गाउको वागड महतो थारुले मेरो भाई राम सुरत चौधरीलाई मकवानपुर जिल्लाको मनहरी बजारतिर काम गर्न भनि लिइ गएको भन्ने सनी थाहा पाएको र मिति २०५६/८/२३ गतेका दिन म आफ्नो घरद्धारमा बसी रहेको अवस्थामा मेरो भाईलाई लिई जाने वागड महतो थारु आई तपाईको भाई राम सुरत चौधरी समेतका व्यक्तिहरू गाजाको पोका बोकी आई रहेको अवस्थामा मिति २०५६/८/१९ गते साझ पर्सा वन्यजन्तु आरक्षको जंगल भित्र आइ पुग्दा इस्लाम मियाँ, वीरगुन यादव, आशा यादव, भोलाजीम मियाँ, सुरेस मलाह, सुरेस तुराहा, वदरुदीन मियाँ, भोला महतो थारु, खुर्सेद मीयाँ, महमजान मियाँ, खलिल मियाँ समेतका नचिनेका १५/१६ जना व्यक्तिहरूले हात हातमा वन्दुक लिई लाठी फट्टा समेत लिई गाजाँ लुट्ने उद्देश्यले वाटो कुरी बसेका रहेछन् । हामीलाई देख्ना साथ विपक्षीहरूले वन्दुक फायर गर्दा सो फायरबाट तपाईको भाई रामसुरत चौधरी र अर्का गणेश यादवको मृत्यु भएको भन्ने निज वागड महतो थारुबाट जानकारी हुन आएकोले यो जाहेरी दर्खास्त दिन आएको छु भन्ने समेत व्यहोराको राम सा