निर्णय नं. ७८०७ - कुटपिट, लुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८०७ - कुटपिट, लुटपिट भाग: ४९ साल: २०६४ महिना: बैशाख अंक: १ फैसला मिति :२०६३/१२/१८ ३७३० निर्णय नं.७८०७ ने.का.प.२०६४ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी सम्बत् २०६० सालको फौ.पु.नं.: ३४२५ फैसला मितिः २०६३।१२।१८।१ मुद्दाः– कुटपिट, लुटपिट । पुनरावदेक/प्रतिवादीः पर्सा जिल्ला, उदयपुर घुर्मी गा.वि.स. वडा नं. १ बस्ने ललन राउत यादव समेत । विरूद्ध प्रत्यर्थी/वादीः ऐ.ऐ. बस्ने मोवलवी मिया धोवी § अनेक दावी गरिएकोमा सो मध्येका एक वा केही दावी अनुसार कसूर वा कसूरदार नठहरेमा त्यसैको कारणले अरु दावी पनि नपुग्ने वा नठहर्ने हुन सक्दैन । प्रत्येक दावी वा कसूर प्रमाणबाट प्रमाणित हुनु पर्ने हुनाले कुटपिट तर्फको दावी प्रमाणित भई रहेको अवस्थामा लुटपिट तर्फ वादीले पुनरावेदन नगरेकै कारण कुटपिटको कसूर पनि अप्रमाणित वा अस्तित्वहीन हुन नसक्ने । § आरोपित दावीहरू मध्ये जतिमा प्रतिवादीहरू विरूद्ध प्रमाण पुग्दछ त्यतिमा अदालतले कसूरदारलाई सजाँय गर्ने । (प्रकरण नं.१५) निवेदक तर्फबाटः विद्धान अधिवक्ता श्री कमलनारायण दास र नागेश्वर लाल कर्ण विपक्षी तर्फबाटः विद्धान अधिवक्ता श्री अवलम्बित नजीरः ने.का.प. २०३१, पृष्ठ ४६ फैसला न्या.ताहिर अलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड ‘क’ र ‘ख’ बमोजिम यस मुद्दामा दोहोर्याई पाउँ भन्ने निवेदन परी दोहार्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदकको रुपमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ । २. गनि महमद वादी, मिर हसन मियाँ समेत प्रतिवादी भएको यस अदालतमा दायर रहेको कुटपिट र लुटपिट मुद्दामा प्रतिवादी मिर हसन समेतको तर्फबाट म साक्षी थिए । २०५५।८।२९ गते साक्षीको वकपत्र हुने तारेख भएको विपक्षीहरूले थाहा पाई सो रिसईवीबाट ०५५।८।१२।७ को दिन बेलुका ७।८ बजेको वखत मैले आफ्नो खरबाली काटी आफ्नो घर अगाडिको सार्वजनिक नहरको डिलमा राख्न लागेको अवस्थामा विपक्षीहरू मध्येको पुरन राउतले हेरी म भएको ठाउँमा आई तिमीले म समेतको विरूद्धमा साक्षी भएका छौ । म यस ठाउँमा खर राख्न दिन्न भनी भन्दा मैले देखे जानेको सत्य कुरा बक्छु भनी जवाफ दिनासाथ निज रिसाईहाले तबसम्म अन्य विपक्षीहरू पनि त्यहाँ आई पुगी सबै विपक्षीहरू रिसाई उत्तेजित भै मलाई घेरामा पारी विपक्षीहरू मध्येको पुरनले कुट जे हुन्छ देखाजाला भनी वचन दिई विपक्षी ललनले भाला मेरा निधारमा प्रहार गरी र जम्मै विपक्षीहरू हुल गरी कसैले खुट्टा, कसैले मुक्का, कसैले थपड, कसैले लाठीबाट मेरो अङ्ग जिउमा प्रहार गरी घाइते बनाई भुँइमा खसाई अलपत्र बनाई दिए । त्यस बखत सो नहर रहेको खलिहानमा दौनी गरी तयार पारि जम्मा गरी राखेको कच्ची मनधान १००(सय बोरा) टोकरीमा राखी उठाई पटक पटक गरी विपक्षीहरूले जबरजस्ती लुटपिट गरी आ–आफ्नो घरमा लगे । उक्त घटना मौकामा गाउँका मानिसहरूले हेरी थाहा जानकारी पाई मेरा परिवारको मानिसहरूले उपचार गराउन वीरगंज महेन्द्र आरोग्य भवनमा ल्याई उपचार गराई मेरो स्वास्थ्यमा सुधार भए पश्चातः विपक्षीहरूको प्रहारबाट मेरो आङ्ग जिउमा परेको घाउ खत जिल्ला प्रहरी कार्यालय पर्सा मार्फत अस्पताल जाँच गराएको छु । विपक्षीहरूले हुल गरी कुटपिट गरेकोले कसको प्रहारबाट कुन घाउ खत भएको थियो सो एकिन भएन । विपक्षीहरूको कुटाईबाट मेरो नाकको हड्डी भाँचिएको साथै शरिरको अन्य भागमा घाउ खत भएकोले कुटपिट तर्फ अस्पताल जाँचबाट ठहरेक