निर्णय नं. ७८०८ - मिलापत्र वदर दा.खा. दर्ता वदर लिखत दर्ता वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८०८ - मिलापत्र वदर दा.खा. दर्ता वदर लिखत दर्ता वदर भाग: ४९ साल: २०६४ महिना: बैशाख अंक: १ फैसला मिति :२०६३/०७/२६ ४१४० निर्णय नं.७८०८ ने.का.प.२०६४ अङ्क १ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला २०६० सालको दे.पु.नं.: ९१५१ २०६२ सालको दे.पु.नं.: ७९९५ फैसला मितिः २०६३।७।२६।१ मुद्दाः मिलापत्र वदर दा.खा. दर्ता वदर लिखत दर्ता वदर । पुनरावेदक/प्रतिवादीः जिल्ला रौतहट सरुअठा गा.वि.स.वडा नं. ६ मा वस्ने गोपाल राय राजभाट विरूद्ध प्रत्यर्थी/वादीः जिल्ला रौतहट सरुअठा वडा नं. ६ वस्ने सीतादेवी पुनरावेदक/प्रतिवादीः रौतहट जिल्ला सरुअठ्ठा वडा नं ६ बस्ने बिमा देवी विरूद्ध प्रत्यर्थी/वादीः ऐ.ऐ. वस्ने सीतादेवी § देवानी मुद्दामा जसको जुन कुरामा हक पुग्छ उसले सो कुरामा नालिस गर्न पाउने हकदैयाको आधारयुक्त अधिकार हो । कुनै कुरामा हक पुग्छ पुग्दैन भन्ने कुराको निर्धारण विवादित कार्यबाट कुनै पनि व्यक्तिलाई के कति असर परेको छ भनी निर्धारण हुने कुरा हो । प्रस्तुत मुद्दामा वादीले रोक्का गराएको कित्ता जग्गा प्रतिवादीहरूले मिलापत्र दाखिल खारेज हक हस्तान्तरण समेत गरेको अवस्थाबाट वादीको लेनदेन मुद्दाबाट सावा व्याज फिर्ता पाउने अधिकारमा प्रत्यक्ष्य असर पर्न गएको देखिएकोमा सो उपर दावीगर्ने हकदैया नहुने भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं. १४) § कानून बमोजिमको रोक्का फुकुवा गर्ने तर्फ मौकैमा आवश्यक कारवाही नबढाई घुमाउरो तरिकाले उक्त रोक्कालाई निष्क्रिय र निष्प्रभावी वनाउने उद्देश्यले मिलापत्र दाखिल खारेज र हक हस्तान्तरण समेत गर्ने गरेको कार्य कानून सम्मत नदेखिने । (प्रकरण नं.१५) पुनरावेदन प्रतिवादी तर्फबाटः विद्धान अधिवक्ताद्धय श्री विजयराज मिश्र र नवराज तिमिल्सिना प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः फैसला न्या. राजेन्द्र प्रसाद कोइरालाः पुनरावेदन अदालत हेटौडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– २. म फिरादीसँग स्वर्गीय राम लगन राय राजभाटको श्रीमती केवला देवी राजभाटीनले मिति २०५७।१।१ मा नगद रु ४०,०००। ऋण लिई कपाली तमसुक गरी दिएकोमा लिखतमा उल्लेखीत भाखा भित्रमा सावा व्याज नदिएकोले केवला देवी राजभाटीन उपर दे.नं १५३० को लेनदेन मुद्दा दर्ता गराई कार्यवाहीको शिलशिलामा केवला देवी राजभाटनीको स्व. लोग्ने राम लगन राय राजभाटको नाममा दर्ता रहेको रौतहट जिल्ला सरुअठा गा.वि.स.वडा नं ६ ख कि.नं १४५ को ०–०–१० र ऐ कि.नं. ४६५ को ०–१–२ समेत जग्गा लेनदेन मुद्दामा रौतहट जिल्ला अदालतको च.नं ३७७२ मिति २०५७।९।१९।४ को पत्रले मालपोत कार्यालयले रोक्का राखेको थियो । लेनदेन मुद्दामा वादी दावी पुग्ने गरी फैसला भएको छ । लेनदेन मुद्दाबाट रोक्का भएको जग्गा मध्ये कि.न. ४६५ को०–१–२ जग्गालाई प्रतिवादी मध्येको गोपाल राय राजभाटले राम लगन राय राजभाटको नाममा सर्वे नाप नक्सा दर्ता भएको ०–१–६ मध्ये जग्गा निज राम लगन राय जिवित हुँदा हुँदै पनि २०३० सालमा मरी सकेको भन्ने झुठ्ठा व्यहोरा उल्लेख गरी राम लगनको श्रीमती केवला देवीले २०३२।१।६ मा रु ९९। बुझी सुक्रिबिक्री फार्छा राजिनामाको लिखत लेखी दिनु भएको भनी शिलादेवी उपर दे.नं २४९१ को घरवास जग्गा खिचोला हक कायम दर्ता चलन मुद्दा दर्ता गराई प्रतिवादी मध्येको गोपाल राय राजभाटको नाममा जग्गा दर्ता हक कायम