निर्णय नं. ६४०६ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४०६ - अंश भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/०२/१४ २७६७ निर्णय नं. ६४०६ २०५४, ने.का.प. अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्बत् २०५१ सालको दे.पु.नं...... २४५१ आदेश मितिः २०५४।२।१४।३ मुद्दाः अंश पुनरावेदक/प्रतिवादीः जिल्ला झापा शिवगंज गा.वि.स. वडा नं. ४ वस्ने वर्ष ५१ को तुल वहादुर राई समेत जना २ । विरुद्ध विपक्षी/वादीः ऐ. दमक न.पा. वडा नं. १२ वस्ने गौर वहादुर राई । § पुनरावेदक प्रतिवादी तुल वहादुरले विवादित कि.नं. ६४८ र ६४९ को आफ्नो मोहीयानी भएको जग्गालाई जग्गा धनी इन्द्र कुमारीको हद वढीको जग्गा भन्ने मिति २०३६।११।१० मा पाएको भन्ने लालपुर्जावाट देखिन आउँछ । मुलुकी ऐन अंश वण्डाको १८ नं. मिति २०३४।७।२७ मा शंसोधित भै सो शंसोधन भएपछि २०३६।११।१० मा मोहीको नाताले प्राप्त गरेको हुँदा निजी आर्जनको सम्पति देखिन आई पिता पुर्खाको पालाको भन्ने देखिन आउदैन । यस्तो निजी आर्जनको सम्पतिमा वण्डा गरीरहनु पर्ने अवस्था नभएवाट वण्डा गर्र्ने गरी गरेको पुनरावेदन अदालत इलामको फैसला उल्टी हुने ठहर्छ । शुरु इलाम जिल्ला अदालतको फैसला मनासिव देखिने । (प्र.नं. १३) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री अग्नी खरेल विपक्षी तर्फबाटः अवलम्वित नजीरः आदेश न्या.मोहन प्रसाद शर्माः पुनरावेदन अदालत इलामको फैसला उपर पर्न आएको पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य एवं व्यहोरा यस प्रकार छ । २. वावु लाल वहादुरका हामी २ छोरा मध्ये जेठा तुल वहादुर म फेरादी कान्छा गौर वहादुर हामी २ भाई हौं । हाम्रा वावु आमा म सानै हुँदा परलोक हुनु भएकोले म र वावु सगोलमा वसि आएका थियौं र पहाडको जग्गा वेच विखन गरी झापा शिवगन्ज गा.वि.स. अन्तर्गत जग्गा खरिद गरी के कस्का नाउँमा राखेको छ मलाई थाहा भएको छैन । सगोलमा वसी आएको अवस्था २०४८ साल आषाढ ३ गतेका दिन अं. २ वजेको समयमा हामीहरुले लाए अराएको काम गर्दैनस भनी कुटपिट गरी घरवाट निकाला गरेका र मैले पाउने अंश दिनु होस भनी भन्दा अंश दिन्न भनेकाले विपक्षीहरुवाट अंश पाउने चल अचल जग्गा समेतको फाँटवारी लिई २ भागको एक भाग अंश दिलाई सजांय गरी पाउँ भन्ने २०४८।४।१०।२ को फिराद दावी रहेछ । ३. फिराद दावी वमोजिम फिरादीलाई हामीले अंश दिन पर्ने होइन । वादी र म तुल वहादुर दाजु भाई हौं । पिता लाल वहादुरको पहिले नै परलोक भएको र पिता परलोक हुँदा वादी र म तुल वहादुर समेत नावालक थियौं । पिता जिवित छंदै रिण खाएको सो रिणमा भएको जग्गा वन्धकी दिएको रहेछ । फिरादी र म तुल वहादुर सावालक भएपछि विवाद गरी सगोलमा वसी आएका थियौं । सगोल गुजरा नचल्ने भई पहाडमा भएको सगोलको चल सम्पत्ती हात हातैमा वाडी भिन्न भई म तुल वहादुर आफनो जहान परिवार लिई झापा शिवगन्ज वडा नं. ४ मा आई इन्द्र कुमारीको कि.नं. १७९ को ज.वि. २-१३-० मोहीमा कमाई गुजरा गरी आएको र विपक्षी पनि पहाड छोडी साविक तोपगाछी हाल धरमपुर गा.वि.स. ७ मा वसाई सरी वसोवास गरी ऐ वार्डको कि.नं. १२८ मा विपक्षी कै नाउँमा ज.वि. २-८-१० जमिन दर्ता गरी वसेका छन । अंश वण्डाको लिखत नभएपनि विपक्षी र मेरा वीच २०२० साल मै अलग व्यवहार दर्ता भोग वसोवास गरी आएका अवस्थामा मैले मोही भै कमाएको जग्गा जग्गा धनीको हद वढी जग्गा भएकोले २०३६ सालमा मोहीको हैसियतले विक्री वितरणमा प्राप्त गरेको हुँ । फिरादीले सुकुम्वासीको हैसियतले ज.वि.२-८-१० दर्ता गराई वसोवास गरी भोगी आएका हुन । उक्त जग्गा