निर्णय नं. ७८०९ - खुन डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८०९ - खुन डाँका भाग: ४९ साल: २०६४ महिना: बैशाख अंक: १ फैसला मिति :२०६३/०३/०७ ३४८४ निर्णय नं. ७८०९ ने.का.प.२०६४ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री पवनकुमार ओझा सम्वत् २०६० सालको फौ.पु.नं.– ३०५६ सम्वत २०६० सालको फौ.पु.नं. ३५३४ फैसला मितिः २०६३।३।७।४ मुद्दा :– खुन डाँका । पुनरावेदक/वादीः टंकप्रसाद राजवंशीको जाहेरीले श्री ५ को सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला मोरङ आमगाछी गा.वि.स. वडा नं. ९ बस्ने बैद्यनाथ पण्डित समेत पुनरावेदक/प्रतिवादीः जिल्ला मोरंग आमगाछी गा.वि.स. वडा नं. ९ घर भई हाल कारगार शाखा मोरंग विराटनगर मा थुनामा रहेको वैद्यनाथ पण्डीत विरूद्ध प्रत्यर्थी/वादीः टंकप्रसाद राजवंशीको जाहेरीले श्री ५ को सरकार § फौज्दारी मुद्दामा शंकारहित सवुद प्रमाणको महत्त्वपूर्ण भूमिका हुन्छ । बिना सवूद सजाय गर्न मिल्दैन । प्रमाण कानूनमा Eye Witness अर्थात चश्मदीत गवाहको महत्त्वपूर्ण भूमिका हुन्छ । चश्मदीद गवाहहरूले घटना देखेको भन्ने भनाईलाई अभियोग लागेको अभियुक्तले अदालत समक्ष जाँच्नु पाउन पर्ने । § अदालत समक्ष त्यस्ता गवाहलाई पेश गरी अभियुक्तलाई गवाहको भनाई, बकाई सांचो हो होइन जिरह मार्फत परीक्षण गर्ने मौका प्रदान गर्नु पर्छ र त्यसरी त्यस्ता चश्मदीत गवाहलाई जाँच्न दिई साक्षी परीक्षणबाट गवाहको शंकारहित तवरबाट परीक्षण भएपछि मात्र त्यस्ता गवाहहरूको बकाईलाई Direct र Original Evidence मानिन्छ र त्यस्ता गवाहको आधारमा अभियोग प्रमाणित भएको मानिने । § जिरहबाट समेत प्रत्यक्षदर्शी गवाह भन्ने देखिएको हुँदा यी साक्षीहरू प्रमाण ऐन, २०३१ बमोजिम साक्षी हुन सक्ने व्यक्ति भई दफा ५० बमोजिम जिरह समेत भएको हुँदा उक्त साक्षीहरूको बकाई Legally admissible evidence मान्नुपर्ने । (प्रकरण नं.३४) पुनरावेदक वादी तर्फबाटः विद्धान सहन्यायाधिवक्ता श्री राजेन्द्र पोखरेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्धान अधिवक्ता श्री हरिहर दाहाल अधिवक्ता श्री कमल नयन पन्त अवलम्बित नजीरः फैसला न्या.वलराम के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम पुनरावेदन अदालत विराटनगरको मिति २०६०।१।१८।५ को फैसला उपर वादी एवं प्रतिवादी दुवै पक्षका तर्फबाट यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. मिति ०५२।१२।९ गतेका दिन साँझको समयमा अपरिचित ७,८ जना मानिसहरू मेरो घरमा प्रवेश गरी आगनमा उभी राख्नु भएका वर्ष ६५ को मेरो बाबु वकलु लाल राजवंशीलाई तेरो धन सम्पति कहाँ छ , निकाल नभए तलाई मारी दिन्छौ भनी लाठी, कटुवा बन्दुक देखाई हप्काउँदा तिमीहरूलाई मैले चिने भन्ना साथ बाबुलाई एक्कासी टाउको र छातिमा भालाले हानी दुब्लो पातलो शरीर भएको वर्ण केही कालो अं. ३०,३५ वर्षको छोटो पातलो जुंगा, मसिनो सोर खबटे अनुहार भएको हिन्दु मधिसे जातको १ र अन्य ६,७ जना हुलिया प्रष्ट नभएका मधिसे मिया जातका देखिने मानिसहरू भई घटनास्थलमै बाबुलाई मारी नगद जिन्सी गरी रु ५८,१७०।– बराबरको धनमाल डाँका गरी लगेका , गाउँका मानिस जम्मा हुँदा डाँकाहरू फरार भई गएकोले अपराधीहरू खोज तलास गरी पत्ता लगाई डाँका गरेको धनमाल दिलाई डाँका खुन गरेमा अपराधीहरलाई हदैसम्म सजाय गरिपाऊँ भन्ने ०५२।१२।१० को टंकप्रसाद राजवंशीको जाहेरी दरखास्त । ३. पूर्वमा कबुवा राजवंशीको घर, पश्चिम गोविन्दपुरबाट सुगाहाट जाने उत्तर दक्षिणको बाटो,उत्तरम