निर्णय नं. ६४०७ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४०७ - परमादेश भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/०२/२७ २६८० निर्णय नं. ६४०७ ०५४ ने.का.प. अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा संवत २०५१ सालको दे.पु.नं. .... १९१९ फैसला मितिः २०५४।२।२७।२ मुद्दाः परमादेश । पुनरावेदक/वादीः जिल्ला सहकारी कार्यालय महोत्तरीका तर्फवाट ऐ. कार्यालय प्रमुख । विरुद्ध प्रत्यर्थी/निवेदकः जिल्ला महोत्तरी सहोदवा गाउँ विकास समिति वडा नं. ३ वस्ने दिगम्वर झा । § अदालतको फैसलावाट आरोपित भ्रष्टाचारको कसुरमा सफाई पाएको अवस्थामा निवेदक दिगम्बर झालाई पुनरवहाली गर्नु पर्नेमा सो गरेको नदेखिंदा निजको पदस्थापनको सम्बन्धमा जे जस्तो कार्यवाही गर्नु पर्छ गर्न गराउनु भनि जिल्ला सहकारी कार्यालय, महोत्तरीका नाममा परमादेशको आदेश जारी गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको र्पैmसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १०) पुनरावेदक तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री शंकर कुमार श्रेष्ठ विपक्षी तर्फबाटः अवलम्वित नजीरः फैसला न्या.केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत, जनकपुरवाट मति २०५०।८।३० मा भएको आदेश उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. मैले प्रथम व्यवस्थापक पदमा रही विभिन्न संस्थामा काम गर्दै पिपरा संस्थामा काम गर्दा विपक्षी दिल वहादुर श्रेष्ठ र सहकारी कार्यालय, जलेश्वरको तर्फवाट विष्णु चन्दलाल कर्ण दुवैजना जाल प्रपंच रची मिति २०३८।८।२८ गते भ्रष्ट्राचार गर्यो भन्ने सृजना गरी सो मुद्दामा अञ्चल अदालतवाट मिति २०४५।९।१२ गते पुनरावेदन अदालतवाट २०४९।८।२२।२ मा सफाइ पाएकोमा सहकारी कार्यालय जलेश्वर मिति २०४९।९।९ गते हाजिर गराउने सम्बन्धमा विभागमा पत्र लेखि पठाएको विभागले २०४८।९।२२ गते सहकारी कार्यालय, जलेश्वरलाई र सहकारी कार्यालय, जलेश्वरले मिति २०४९।९।२६ गते हाजिर गराउने सम्बन्धी सहकारी सस्था लि. मटिहानीलाई पत्र लेखि पठाएकोमा मटिहानीको कमिटि दरवन्दीमा विपक्षी राजदेव यादवलाई पठाएको रहेछ । विपक्षी दिल वहादुर श्रेष्ठ विपक्षी सहारी कार्यालय जलेशवरको प्रतिनिधिलाई मिलाई मिति २०४९।१०।९ गते मटिहानी दरवन्दीमा अदालतको फैसला उपर आफ्नो फैसला गरी मलाई हाजिर हुन दिएन । विपक्षीहरुले अदालतको फैसला र कानून नमानी मेरो हाजिर गराउने हदम्याद गुजार्न निमित्त आलटाल गरी हाजिर नगराउने म स्थायी कर्मचारीको अलपत्र पारी अत्याचार गरीरहेको हुँदा अदालतको फैसला कार्यान्वयन गराइ २०४३।७ देखि फैसला नहुन्जेलसम्मको तलब दिलाई हाजिर नगराएको हुँदा हाजिर गराइ नेपालको संविधान, २०४७ को धारा ११(१) तथा धारा ९५ र ९६ वमोजिम अदालतको फैसला उपर आफनो फैसला गरी अभियोग लगाएको हुँदा सो अभियोगबाट फुर्सद दिलाई न्याय प्रशासन ऐन, २०४८ को दफा ८ उपदफा (२) को अधिनमा रही परमादेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको निवेदन । ३. पुनरावेदन अदालतवाट भ्रष्ट्राचार मुद्दामा सफाइ पाई हाजिरका लागि विभागमा निवेदन दिएकोमा विभागको २०४९।९।२२ गतेका पत्र अनुसार अन्तरिम कार्य समितिमा राखि आवश्यक कार्यवाहीको लागि निर्देशन भएको हुँदा मटिहानीलाई २०४९।९।२६ गते हाजिरको लागि पत्र पठाएको निज झालाई हाजिर नगराइ फिर्ता पठाइ दिएकोले जिल्ला सहकारी कार्यान्वयन समिति महोत्तरीको मिति २०४९।१२।१६ को वैठकमा निज झाको संघ संस्थाको देखिएको रकम वरावर जग्गा धितो जमानी लिई अर्काे व्यवस्था नभएसम्म सहकारी संस्था लि. गौशालामा हाजिर गरा