निर्णय नं. ६४०८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४०८ - कर्तव्य ज्यान भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/०२/०७ २३६२ निर्णय नं. ६४०८ २०५४ ने.का.प. अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्बत २०५२ सालको फौ.पु.नं.......१०९९ फैसला मितिः २०५४।२।७।३ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः जि. दाङ टरिगाउँ गा.वि.स. वडा न. १ दक्षीण कपडा देवी घर भै हाल कारागार शाखा वर्दियामा थुनामा रहेको ओज वहादुर कामी । विरुद्ध विपक्षी/वादी : गोपाल गौतमको जाहेरीले श्री ५ को सरकार § पुनरावेदन अदालतले यसको चोटबाट मानिस मरेको खुल्न नआँएको भन्ने फैसलामा उल्लेख गरेको, त्यस्तो कसको चोट सांधातिक मर्मान्तकारी हो भन्ने नखुलेमा ज्यान सम्बन्धी महलको १३(३) नं.को दोश्रो खण्डमा उल्लेख भएको ुु यसैले मारेको वा यसैको चोटले मरेको भन्ने कुरा सो हात हतियार छाडने कसै उपर कुनै प्रमाणवाट देखिन ठहर्न नआएमा सवैलाई जन्मकैद गर्नु पर्छ ूभन्ने कानूनी व्यवस्था आकर्षित हुने भै निजलाई जन्मकैदको सम्म सजाय हुनु पर्नेमा सर्वश्वसहित जन्मकैद गर्ने गरेकोसम्म शुरुको सदर गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेको नदेखिने । (प्र.नं. ३१) पुनरावेदक तर्फवाटः विद्वान वैतनिक अधिक्ता श्री लाल वहादुर थापा विपक्षी तर्फबाटः विद्वान उप सरकारी अधिवक्ता श्री शरद खडका अवलम्बित नजीरः x फैसला न्या. लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत नेपालगन्जको फैसला उपर प्रतिवादी तर्फवाट यस अदालतमा दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दा को संक्षिप्त विवरण यस प्रकार रहेछ । २. ऐलानी जग्गामा वसेको सन्दर्भमा भएको झगडाको विषयमा तुलसीपुर थानामा निवेदन दिएकोमा थानाबाट कागज गरी छोडी दिएको रिसइवीले टरीगाउँ गा.वि.स. वार्ड नं १ वस्ने केशर वहादुर कामी, ओज वहादुर कामी, चुडामणि ढुंगेल र वल वहादुर कामीले मेरो वुवा तेजमान गौतमलाई २०४७।८।१५ गते राती टाउकोमा धारिलो हतियारले प्रहार गरी मारेको र म समेतलाई धाइते पारेकोले कानून वमोजिम कारवाही तथा सजांय गरी पाउँ भन्ने गोपाल गौतमको २०४७।८।२६ को जाहेरी दरखास्त । ३. मृतक तेजमान गौतमको टाउको पछाडी पट्टि अन्दाजी ३ इन्च लामो गहिराइ अं. २ इन्चको धारिलो हतियारकै चोट भएको आंखा माथि धारिलो हतियारको चोट भएको भन्ने समेत २०४७।८।१६ को लास प्रकृति मुचुल्का । ४. भिनाजु ओज वहादुर र केशर वहादुरले हातमा हतियार खुकुरी लिई जाहेरवाला र मृतकलाई हाने अध्यारोमा जे भेटिन्छ त्यसैले मृतक समेतलाई हानी मैले भिनाजुको पक्ष लिएको हुँ । अर्झै मार्नु पर्छ भनी केशर वहादुरले वासको लाठीले हिर्काउदा मृतक मेरै अगाडी लडेका हुन वरामद भएको खुकुरी केशर वहादुरको र हसिया ओज वहादुरको हो भन्ने समेत प्र. वल वहादुर कामीले प्रहरीमा गरेको कागज । ५. मेरो हातमा रहेको हसिंयाले जाहेरवाला पक्षलाई हाने भिडमा २।४ पटक हसिया प्रहार गरेको हुँ । दाजु केशर वहादुरको हातमा खुकुरी थियो । चुडामणिले पनि हसिंया लिएका थिए । हतियार लिएका मध्येका चोटवाट लागेको हुनु पर्छ । दाजु केशर वहादुरले काजीमान गौतमले दूःख दियो त्यसलाई मारौ भनेबाट कुटपिट हुन गएको हो भन्ने समेत प्र. ओजवहादुर कामीले प्रहरीमा गरेको कागज । ६. तेजमानले डांग्राकामी आदि भन्छ यसलाई घरवाट निकालेर पिटनु पर्छ भनी ओज वहादुरले भनेका थिए । नमानी घर गए । पुनः पीरके वोलाउन गएकोले जांदा घटना भइसकेको थियो आगंनमा तेजमान लडी रहेको थिए । वोलाउँदा वोलेन भन्ने समेत प्र.चुडामणि ढु