निर्णय नं. ७८११ - हकसफा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८११ - हकसफा भाग: ४९ साल: २०६४ महिना: बैशाख अंक: १ फैसला मिति :२०६३/१०/२५ ५०८६ निर्णय नं.७८११ ने.का.प.२०६४ अङ्क १ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्वत २०५८ सालको दे.पु.नं. – ८४३९ फैसला मितिः २०६३।१०।२५।५ मुद्दा :– हकसफा । पुनरावेदक/वादीः कैलाली जिल्ला थापापुर गा.वि.स. वार्ड नं. ९ बस्ने सुन्दरलाल डगौरा विरूद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ. ऐ. बस्ने रामफल चौधरी § कानूनले निखन्ने हक प्राप्त गरेको मोहीलाई बिक्री व्यवहार थाहा दिनु पर्ने हक समेत सुनिश्चित गरेको अवस्थामा सो वेगर नै अन्य रीतबाट सुनाइएको भनेको सिमित कुराले थाहा पाएको कुराको अनिवार्य र पर्याप्त तत्वहरू सहितको जानकारी पाएको भन्न नमिल्ने। § थाहा पाएको भन्ने कुराले आधारभूत र वास्तविक तथ्य (Actual Fact) हरू पूर्णरुपले उजागर भएको स्थिती विद्यमान हुनु पर्दछ । सो अवस्थाको विद्यमानताको अभावमा कुनै कारवाही गर्नलाई पर्याप्त नहुने सुनेको वा सिमित तथ्यको आधारमा हदम्यादको गणना गरी हदम्याद नाघेको भन्न नमिल्ने । § मिति २०५१।१०।२६ मा जग्गा बिक्रि भएको कुरा मिति २०५२।४।१५ मा बादीले नक्कल लिई थाहा पाई नक्कल लिएको ३५ दिन भित्र परेको प्रस्तुत मुद्दाको फिरादलाई लेनदेन ब्यबहारको ११ नं. को हदम्याद नाघी परेको भन्न नमिल्ने । (प्रकरण नं. २०) § मोही नामसारीको प्रश्न र हक निखनाई पाउँ भन्ने प्रश्न अलग अलग प्रश्न भएकोले कानून बमोजिम हक निखनाई लिन मोही नामसारी भएकै हुनुपर्छ भन्न मिल्दैन । मोही नामसारीको दावी नभएको र मोहीको मृत्युपछि निजका हकदारले जहिले सुकै मोहीयानी हक नामसारी गराई लिन पाउने हुँदा मोही नामसारीको प्रक्रिया पुरा नहुँदैमा हक निखन्न नपाउने भन्न नमिल्ने । (प्रकरण नं. २१) पुनरावेदन वादी तर्फबाटः विद्धान अधिवक्ता श्री शतिशकृष्ण खरेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्धान अधिवक्ता श्री प्रकाश वस्ती अवलम्बित नजीरः फैसला न्या. कल्याण श्रेष्ठः पुनरावेदन अदालत दिपालयको मिति २०५८।३।२६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम वादीको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– २. मेरा बुबा स्व. फुलराम डगौरा साविक नवलपुर वडा नं. ५ को कि. नं. ८० को १–४–५ जग्गामा मोही भै आएकोमा उक्त जग्गा साविक ज. ध. प्रतिवादी लोकदत्त उप्रेतीले मेरो बुबालाई थाहै नदिई २०५१।१०।२६ मा प्र. रामफल चौधरीलाई रा.पा. गरी दिएको कुरा २०५२।४।१५ मा थाहा पाई मोहीको हैसियतले निखनी पाउँ भनी मालपोत कार्यालयमा निवेदन दिएकोमा उक्त कार्यालयबाट फिराद दावी खारेज गरे उपर पुनरावेदन अदालत दिपायलमा पुनरावेदन दिँदा जग्गा निखन्ने सम्बन्धमा मोही हो, होईन भन्ने समेत निर्णय गर्नुपर्ने भएकोले हदम्यादको आधारमा वादी दावी खारेज गरेको नमिलेको हुँदा रजिष्ट्रेशनको महलको ३५ नं. बमोजिम फिराद दायर गर्न जानु भनी तारेख तोकिएकोमा मालपोत कार्यालय टिकापुरले उक्त आदेश २०५५।५।१६ मा सुनाएकोले ज. ध. ले मेरा पिता स्व. फुलरामको मन्जुरी र जानकारी नै नलिई रा.पा. गरी दिएकाले मोहीले निखनी पाउने हुँदा हक सफा गरी पाउँ भन्ने फिराद दाबी । ३. विपक्षीको फिराद दावी झुट्टा हो । विपक्षीका बुबा सो जग्गाको वास्तविक मोही होइनन् । मैले खरिद गरेको जग्गाको महलमा फुलराम थारु उल्लेख र भु. सु. का कैलाली र मा. पो. का कैलालीमा पेश गरेको नागरीकतामा फुलराम डगौरा छ । अतः निज वादी मेरो जग्