निर्णय नं. ७८१२ - जीउमास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८१२ - जीउमास्ने बेच्ने भाग: ४९ साल: २०६४ महिना: बैशाख अंक: १ फैसला मिति :२०६३/०९/१० ३१९८ निर्णय नं.७८१२ ने.का.प.२०६४ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री गौरी ढकाल सम्वत् २०५७ सालको फौ.पु.नं. २३४९ फैसला मितिः २०६३।९।१०।२ मुद्दा :– जीउमास्ने बेच्ने । पुनरावेदक/प्रतिवादीः चितवन जिल्ला रत्ननगर गा.वि.स. वडा नं. ४ बस्ने राजकुमार पाण्डे विरूद्ध प्रत्यर्थी/प्रतिवादीः उमा भट्टको जाहेरीले नेपाल सरकार § फौज्दारी कसूर घोषणा गर्ने सारवान कानूनी व्यवस्था अनुसार साविक देखि हालसम्म मानिसलाई बेच बिखन गर्ने कार्यलाई गंभिर अपराध मानी कठोर सजायको व्यवस्था समेत गरिरहेको अवस्थामा पछाडि निर्माण गरी लागु गरिएको कानूनले त्यस्तो कसूरकोे अनुसन्धान तहकिकात सम्बन्धी कार्यविधिगत विषयमा नयाँ व्यवस्था गर्दछ भने कार्यविधिका सम्बन्धमा मुद्दाको अनुसन्धान हुँदा विशेष कानूनको रुपमा रहेको कानूनको व्यवस्थालाई नै अनुशरण गर्नुपर्ने कुरामा कुनै द्विविधा हुन सक्दैन किनकि पछि निर्माण गरिएको ऐनमा भएको कार्यविधिको अनुशरणबाट कसूर गर्दाको अवस्थामा अभियुक्तले गरेको फौजदारी कसूरको दायित्व निर्धारण गर्ने कुरामा निजलाई कुनै प्रतिकूल असर पर्ने अवस्था नरहने भनी कानूनी सिद्धान्त प्रतिपादन भई सकेको देखिंदा यि प्रतिवादी राजकुमार पाण्डेका हकमा पनि जिउमास्ने बेच्ने कार्य ( नियन्त्रण ) ऐन, २०४३ बमोजिमको अभियोग लगाई सोही ऐन बमोजिमको कसूर कायम गरी सजाय गरेको कार्य कानून सम्मत नै देखिने । (प्रकरण नं. २३) § सोही अनुरुपको कसूर गर्ने अन्य प्रतिवादीहरूलाई कसूरानुसारको ऐ ऐनको दफा ८(४) को सजाय माग गरिएको पनि देखिन्छ । कसूर अनुरुपको सजाय हुने दफा ८ नै रहेको देखिएको छ । सोही अनुरुपको कसूरमा अन्य प्रतिवादीहरूलाई पनि दफा ८ अनुसारकै सजाय माग गरिएको र प्र.राजकुमार पाण्डेलाई पनि कसूर अनुसार सजाय हुने दफा ८ को १ नै भएको हुँदा ८ सम्म लेख्न छुटी १ मात्र लेखीएकोलाई ८(१) को सजाय माग गरिएको रहेनछ भनी सम्झन मिल्ने अवस्था भएन । प्र.राजकुमार पाण्डे उपरको सजायको लागि माग गरिएको दफा ८(१) नै रहेछ भनी मान्नुपर्ने देखियो । निजको हकमा सोही दफा ८(१) आकर्षित भै सोहीनुसारकै दण्ड सजाय हुने कुरा स्पष्ट देखिरहेको स्थिति हुँदा दफा ८(१) बमोजिम सजाय गर्ने गरेको शुरु र पुनरावेदन फैसलामा कुनै त्रुटी नदेखिने । (प्रकरण नं. २४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्धान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्धान उपन्यायाधिवक्ता श्री गणेशवावु अर्याल अवलम्बित नजीरः ने.का.प. २०६१ अंक ९ नि.नं. ७४३२, पृ.११०३ फैसला न्या. तप बहादुर मगरः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख)अन्र्तगत यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– २. जुद्धविलास देवाकोटा समेतले उमा भट्टलाई विवाह गरिदिने भनी आफ्नो छोरी ज्वाईको घर चितवन तर्फ पठाएको र निजहरू केटी बेच्ने खालका व्यक्ति हुँदा खोज तलास अनुसन्धान गरी आवश्यक कारवाही होस भन्ने समेत निवेदकको नाम नखुलाई विशेष प्रहरीमा परेको उजुरी कागज । ३. मेरो लोग्नेले अर्को विवाह गरे पश्चात माईती घरमा बसी रहेको अवस्थामा विवाह गरी दिने भनी जुद्धविलास समेतले चितवन जिल्ला तर्फ पठाई चितवन पुगेपछि वीरगंज जाने भनी बसमा चढाई गई भिनाजु नाता पर्ने जुद्धविलासकी छोरी ज्वाई र अन्य नचिनेका केटा समेतले बम्बई भारत लगी बेची दिएको र ७ वर्ष प