निर्णय नं. ६४०९ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४०९ - उत्प्रेषणयुक्त परमादेश भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/०१/२३ ३९८३ निर्णय नं. ६४०९ २०५४ ने.का.प अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत २०५२ सालको रि नं. .........२८३९ आदेश मितिः २०५४।१।२३।२ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदकः जि. सुनसरी धरान नं.पा. वडा नं. ४ बस्ने खगेन्द्र श्रेष्ठ । विरुद्ध विपक्षीः जिल्ला प्रशासन कार्यालय सुनसरी इनरुवा समेत सुनसरी उद्योग वाणिज्य संघ इटहरी , जि. सु § प्रमुख जिल्ला अधिकारी सुनसरीबाट २०५२।७।२८।३ मा विवादीत नाम संशोधन गर्ने विधान समेत स्वीकृत गर्ने गरेको पाइन्छ । त्यस्तो आफैले गरेको निर्णयलाई प्रत्यक्ष वा परोक्ष रुपमा वदर गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई भएको नदेखिने । (प्र.नं. २३) § संघ संस्थाको नामको प्रतिष्ठा (Goodwill) सम्पत्ति सरह हुने, त्यस्तो नाम परिवर्तन गर भनी कुनै कानूनी व्यक्तिलाई वाध्य गर्ने गरी संस्थाको इच्छा विरुद्ध पूर्व निर्णय वदर गर्ने प्रकृतिको कार्य निर्देशन दिने विषय भित्र नपर्ने र कानून वमोजिम श्री ५ को सरकारले मात्र निर्देशन दिन सक्ने संस्था दर्ता ऐन, २०३४ को दफा १२ मा व्यवस्था भएको उक्त ऐनको दफा १२(४) को अवस्था प्रस्तुत रिट निवेदनको विवादको सन्दर्भमा विद्यमान नदेखिने । (प्र.नं. २४) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री सत्य नारायण प्रजापती अवलम्वित नजीरः ने.का.प. २०३४, नि.नं. १०२८ मा सिद्धान्त प्रतिपादित । आदेश न्या.लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. निवेदक उद्योग वाणिज्य संघ सुनसरी साविकमा व्यापार प्रवन्ध समिति सुनसरीको नामबाट तत्काल प्रचलित संस्था रजिष्ट्रेशन ऐन, २०१६ का अघिनमा तत्कालिन कोशी अंचलाधीश कार्यालय विराटनगरमा प.सं. २।०२६।०२७ प्र. प.नं. १४ मा विधिवत दर्ता भै उद्योग वाणिज्य संघको सदस्यता प्राप्त गरी निरन्तर संचालन हुदै आएको थियो । ३. संस्था दर्ता ऐन, २०३४ ले साविक संस्था रजिष्ट्रशन ऐन, २०१६ खारेज गरेको र संस्था दर्ता ऐन, २०३४ को दफा १७ मा खारेजी र वचाउको व्यवस्थानुसार खारेज भएको ऐन अनुसार दर्ता भएको संस्थाहरुलाई यसै ऐन अन्तर्गत दर्ता भएको सरह मानिने, जिल्ला प्रशासन कार्यालयबाट नविकरण हुदैं आएको नेपाल उद्योग वाणिज्य महासंघको सदस्य समेत रहेको हो । महासंघको निर्देशानुसार व्यापार प्रवन्ध समितिको नाउँ परिवर्तन गरी उद्योग वाणिज्य संघ सुनसरी राख्ने प्रस्ताव साधारण सभाबाट पारित भै सो अनुसार जिल्ला प्रशासन कार्यालयले द.नं. १४।२९४ मिति २०५२।७।२८ गते विधान समेत स्वीकृत भै प्रमाणपत्र समेत प्रदान गरी कार्य गर्दै आएको छु । ४. मिति २०५२।१०।२१ गते विपक्षी जिल्ला प्रशासन कार्यालयले निवेदक संघलाई सुनसरी उद्योग वाणिज्य संघ इटहरी र उद्योग वाणिज्य संघ धरान सुनसरीको दर्ता वारे प्र.जि.अ.को उपस्थितिमा छलफल गर्न ऐ. २३ गते १४ वजे सुनसरी उद्योग वाणिज्य संघमा उपस्थित हुनु भन्ने व्यहोराको पत्र पठाइयो । निवेदन संघका पदाधिकारीहरु र विपक्षीहरुका वीच छलफल भै विवादको टुंगो लाग्न सकेको थिएन । ५. तत्पश्चात विपक्षी जिल्ला प्रशासन कार्यालयले निवदेक संघलाई लेखेको पत्रमा सुनसरी वाणिज्य संघ इटहरी र उद्योग वाणिज्य संघ सुनसरी धरानको नाउँम म