निर्णय नं. ७८१३ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८१३ - उत्प्रेषण समेत भाग: ४९ साल: २०६४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६३/११/२९ ३०३० निर्णय नं. ७८१३ ने.का.प.२०६४ अङ्क २ सर्वोच्च अदालत संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्रीमती गौरी ढकाल संवत् २०६० सालको रिट नं. ..... ३४५५ आदेश मितिः २०६३।११।२९।३ बिषय :– उत्प्रेषण समेत । निवेदक : जि.पर्सा गा.वि.स.लिपनीमाल वडा नं. ५ घर भई हाल जि.मकवानपुर हेटौंडा न.पा. वडा नं. ५ बस्ने शान्ति श्रेष्ठ विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय पर्सा समेत § आ–आफ्ना नाममा कायम गराएका जग्गाहरू निवेदक स्वयंले अन्यत्र हक हस्तान्तरण गरिसकेको भन्ने लिखित जवाफबाट देखिएबाट उक्त निर्णयलाई आचरणबाट (By Conduct) स्वीकारै गरेको मान्नुपर्ने । § तेश्रो पक्षको हक सिर्जना भइसकेको अवस्थामा रिट निवेदनमा विपक्षी नरहेका निजहरूको उपस्थिति बेगर निजहरूको हकमा असर पर्ने गरी निर्णय गर्न मिल्ने अवस्था पनि नहुने र विवाद उठाएको निर्णय कार्यान्वयन हुन सक्ने अवस्था समेत नदेखिने । (प्रकरण नं.९) § आफू पूर्पक्षमा रहेको मुद्दामा भएको निर्णय उपर यत्तिका विलम्ब गरी रिट निवेदन गर्नुको कारण निवेदनमा उल्लेख गर्न सकेको समेत नहुँदा निवेदक अनुचित विलम्व गरी यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत आएको मान्नुपर्ने । § अनुचित विलम्व गरी आउनेलाई अदालतले मद्दत गर्न नसक्ने । (प्रकरण नं.१०) निवेदक तर्फबाट : विपक्षी तर्फबाट : अवलम्वित नजीरः आदेश न्या.गौरी ढकालः तत्कालिन नेपाल अधिराज्यको संविधान , २०४७ को धारा २३।८८(२) बमोजिम दायर भई पेश भएको प्रस्तुत रिट निवेदन समेतको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ:– २. मेरो नाम दर्ताको जि.पर्सा गा.वि.स. लिपनी विर्ता वडा नं. ४ कि.नं. २९३ को ०–१०–० जग्गाको मोही सुनर महतो कोइरीले म उपर जग्गा वाँडफाड गरिपाऊँ भनी उक्त जग्गाको दक्षिणतर्फबाट ०–५–० जग्गा आफ्नो भागमा पर्ने गरी पाउन निवेदन गरेकोमा सो मा मैले इन्कार गरी आफूलाई दक्षिणतर्फबाट दिलाई बाँकी उत्तरतर्फको जग्गा मोहीलाई दिलाई पाउन मैले प्रतिउत्तर जिकिर गरेको थिएँ । भूमिसुधार कार्यालयबाट दावी जग्गाको पूर्वतर्फबाट कित्ताकाट गरी ०–३–१५ जग्गा मोहीको नाममा र बाँकी जग्गा जग्गाधनीको नाममा गरी लगत कट्टा गरिदिने भन्ने मिति २०५८।११।१५ मा निर्णय भयो । ३. जग्गा बाँडफाड सम्बन्धी निर्णय गर्दा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(घ) अनुसार गर्नुपर्नेमा त्यसको उपेक्षा गरिएको छ । दफा २६(ग) १ बमोजिम आधा आधा हुने गरी निर्णय गरिएको एकातिर छैन भन्ने अर्कोतिर वाँडफाडमा नरमकरम मिलाईएको छैन । मोहीलाई दिएको जग्गाको पूर्वतर्फ सडक रहेको छ । पूर्वतर्फको साँधमा मेरो अन्य जग्गाहरू पनि छन् । एक जनालाई ०–३–१५ जग्गा र एकजनालाई ०–६–५ हुने गरी गरिएको फैसला ऐनको उक्त दफा बिपरित छ । वाँडफाड अघि ट्रायल चेक गराई घटीबढी एकिन गरी गर्नुपर्नेमा नगरेकोले न्यायिक निर्णय मान्न मिल्दैन । मेरो वारेशले अधिकार नदिएको मनोमानी कागज गर्दैमा सो बाट मेरो हकमा असर पर्ने होईन । तसर्थ भूमिसुधार कार्यालय पर्साबाट मिति २०५८।११।१५ मा भएको निर्णयबाट भूमी सम्बन्धी ऐनको दफा २६(घ) द्धारा प्रदत्त हक तथा नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११,१७ द्धारा प्रदत्त मौलिक हकमा आघात पुग्न गएकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्धारा बदर गरी जो चाहिने आज्ञा आदेश जारी गरिपाउँ । मोहीले उक्त जग्गा कि.का. गराई दा.खा. समेत गराईसकेकोले सो दा.खा निर्णय समेत उत्प्रेषणले बदर गर