निर्णय नं. ६४१० - जवरजस्ती करणी गर्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४१० - जवरजस्ती करणी गर्ने उद्योग भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/०२/१४ ५१४५ नि.नं. ६४१० २०५४, ने.का.प. अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्बत २०५२ सालको फौं.पु.नं. ..... ११८६ फैसला मितिः २०५४।२।१४।३ मुद्दाः जवरजस्ती करणी गर्ने उद्योग । पुनरावेदक/प्रतिवादीः वाग्लुङ जिल्ला वोवाङ गा.वि.स. वार्ड नं. ८ वस्ने वर्ष ३१ को प्रेम वहादुर घर्ती मगर विरुद्ध प्रत्यर्थी/वादीः लाल कुमारी पुर्जा समेतको जाहेरीले श्री ५ को सरकार । § प्रतिवादी प्रेम बहादुर घर्ति मगरले जाहेरवाली लाल कुमारी पुर्जालाई करणी गर्ने मनसायले लछारपछार गरेको हुँदा निजलाई जवरजस्ती करणीको ५ नं. वमोजिम सजाय गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी भएकोमा निज प्रतिवादीले अदालतमा आई वयान गर्दा रिसइवीले झूठ्ठा जाहेरी दिएका हुन । मैले लाल कुमारीलाई जवरजस्ती करणी गर्ने उद्योग गरेको होइन भनी वकी लेखाई दिएको देखिन्छ । तर निज प्रतिवादी प्रेम बहादुरले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा उक्त घटनामा आफू संलग्न रहेको सावित भै वयान गरेको र घटनास्थलबाट वरामद भएको चप्पल आफ्नो भएको भनी सनाखत गरी जाहेरवालीसँग लछार पछार हुँदा उक्त चप्पल छुटेको भनी प्रहरी र सरकारी वकिल समक्ष निजले गरेको वयानमा समेत स्वीकार गरेको देखिन्छ । प्रहरीमा भएको उक्त वयानलाई निजले आफ्नो स्वेच्छा विरुद्ध जवरजस्ती गराएको भनी निजले पुष्टि गर्न सकेको अवस्था पनि मिसिलबाट देखिदैन । घटनाका सम्वन्धमा प्रत्यक्षदर्शी भनिएका सो गाउँ विकास समितिका सचिव राम बहादुरले पिडीत जोहरवालीलाई मौकामा भेट्ता प्रतिवादी प्रेम बहादुरले जवरजस्ती करणी गर्न मलाई समाती कपडा समेत च्यातेको छ भनी लाल कुमारीले भनेको सुनेको छु भनी निजको मौकाको जोहरी र अदालतमा भएको वायन समेतलाई समर्थन गर्ने गरी वकपत्र समेत गरिदिएको देखिन्छ । पिडीत लाल कुमारी पुर्जाको मौकाको जाहेरी र प्रतिवादी प्रेम बहादुरको प्रहरीमा भएको साविती वयानमा सामन्जस्यता रहेको देखिन्छ । त्यसै गरी घटनाको तत्काल पछि पिडीत लाल कुमारीको घाउ जाँच गर्दा निजको शरीरको विभिन्न भागमा चोटपटक लागेको पनि मिसिल संलग्न घाउ जाँच केश फारामबाट देखिन आउँछ । प्रतिवादी प्रेम बहादुरका साक्षीहरुले अदालतमा वकपत्र गर्दा निज प्रेम बहादुर वहालवाला प्रहरी कर्मचारी भएको र निजको दरवन्दी रहेको जिल्ला प्रहरी कार्यालयको व्यारेकमा वेलुका ८.३० वजे पश्चात आफूसंगै सुतेको भनी वयान गरेको भएपनि उक्त कर्यालय र घटना भएको ठाउँको दुरी र समय समेतको आधारमा घटना पश्चात पनि निज आफ्नो कार्यालयमा पुग्न सक्ने अवस्था छैन भनी भन्न लेखाउन नसकेको समेत हुँदा सोही वकपत्रको आधारमा मात्र निज प्रतिवादीको उक्त घटनामा संलग्नता नरहेको मान्न मिलेन । यसरी मिसिल संलग्न रहेका सवुद प्रमाणहरु समेतबाट निज प्रतिवादी पे्रम बहादुरले जाहेरवाली लाल कुमारीलाई जवरजस्ती करणी गर्ने उद्योग गरेको तथ्य स्थापित हुन आएकोले निजलाई सफाइ दिने गरी गरेको शुरु म्याग्दी जिल्ला अदालतको फैसला उल्टी गरी वहालवाला प्रहरी कर्मचारी भएको समेत आधारमा निज प्रतिवादीलाई जवरजस्ती करणीको महलको ५ नं. वमोजिम २ वर्ष कैद हुने ठहर्‍याएको पुनरावेदन अदालत पोखराको इन्साफ मिलेकै देखिदा सो फैसला सदर हुने । (प्र.नं. १८) निवेदक तर्फबाटः विपक्षी तर्फबाटः अवलम्वित नजीरः फैसला न्या. हरि प्रसाद शर्माः पुनरावेदन अदालत पोखराको मिति २०५१।४।२३ मा भएको फैसला