निर्णय नं. ८९७८ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९७८ - उत्प्रेषणसमेत भाग: ५५ साल: २०७० महिना: असार अंक: ३ फैसला मिति :२०६९/१२/०८ ४१८१ ने.का.प. २०७०, अङ्क ३ निर्णय नं.८९७८ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह रिट नं. ०६६–WO–०९०० आदेश मितिः २०६९।१२।८।५ विषयः– उत्प्रेषणसमेत । निवेदकः पोखरा उपमहानगरपालिका वडा नं. ५ घर भई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेण्टर (प्रा) लि. द्वारा सञ्चालित एम.बी.बी.एस.अध्ययनरत कृष्ण बराल विरुद्ध विपक्षीः काठमाडौं विश्वविद्यालय धुलिखेल समेत § कुनै पनि विश्वविद्यालयद्वारा प्रचलित कानूनको अधीनमा रही निर्धारण गरिएको कुनै विषयको पाठ्यक्रम तथा विद्यार्थी भर्नासम्बन्धी शैक्षिक योग्यताको अन्तर्वस्तुभित्र प्रवेश गरी त्यसको उपयुक्तता वा औचित्यका विषयमा अदालतले पुनरालोकन गर्न नमिल्ने । § नीतिगत एवं प्राज्ञिक विषयवस्तुहरू नीतिगत एवं प्राज्ञिक तहबाटै निरोपण हुने वातावरणको सिर्जना भई सम्बन्धित तह वा निकायहरूमा व्यवसायिकताको विकासका लागि मार्गप्रशस्त हुने । (प्रकरण नं.१२) § विश्वविद्यालयका आन्तरिक निर्णय तथा पत्र परिपत्रहरू सार्वजनिकरूपमा प्रकाशन नगरेसम्म सर्वसाधारणको जानकारीमा आउँदैनन् र विश्वविद्यालयबाट सञ्चार माध्यमहरूमा प्रकाशन हुने सार्वजनिक सूचनाहरूलाई नै आधिकारिक मानी सर्वसाधारण तथा भर्नाका आकाङ्क्षी विद्यार्थीहरूले विश्वविद्यालयसँग व्यवहार गर्नुपर्ने हुन्छ र यस्ता सूचनाहरूलाई नै वैध मानी त्यसैमा भर पर्नु उनीहरूका लागि अस्वाभाविक पनि नहुने । (प्रकरण नं.१४) § शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्ना तथा पठनपाठनलगायत सम्बन्धनसँग सम्बन्धित विषयवस्तुमा कलेजहरूलाई विश्वविद्यालयको नीति तथा उद्देश्यअनुरुप कटिवद्ध र दुरुस्त रहन लगाई त्यसको उत्तरदायित्व स्वयं बोध गर्ने कर्तव्यबाट पनि विपक्षी विश्वविद्यालय विमुख हुन नसक्ने । (प्रकरण नं.१६) § विश्वविद्यालय वा यसको सम्बन्धनप्राप्त मेडिकल कलेजले निवेदकलाई एम.बी.बी.एस.कार्यक्रममा भर्नाका लागि योग्यता परीक्षण गर्न सञ्चालित प्रवेश परीक्षामा उत्तीर्ण गराई भर्ना लिई आफ्नो आचरण र व्यवहारबाट निवेदकलाई योग्य ठहर्‍याई केही सत्र अध्ययनसमेत गरी सकेपछि निजको भर्नासम्बन्धी योग्यतामा प्रश्न उठाई रजिष्ट्रेशन गर्न इन्कार गरेको कार्यलाई औचित्यपूर्ण एवं मनासीब भन्न नसकिने । (प्रकरण नं.१८) § शैक्षिक योग्यताका सम्बन्धमा विपक्षी विश्वविद्यालयका तर्फबाट प्रवेश परीक्षा तथा भर्नाकै बखत तत्काल निर्णय हुन नसकेको यथार्थ र निवेदकले पनि वैध अपेक्षा (Legitimate Expectation) का साथ विपक्षी कलेजमा भर्ना भई गरेको अध्ययन र मेहनत तथा आर्थिक लगानी एवं व्यतीत भएको समय तत्व समेतलाई विचार गर्दा अध्ययन गर्नबाट वञ्चित गर्नु न्यायसंगत नहुने । (प्रकरण नं.१९) निवेदकतर्फबाटः विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा तथा विद्वान् अधिवक्ता टीकाराम भट्टराई विपक्षी तर्फबाटः विद्वान् वरिष्ठ अधिवक्तात्रय राधेश्याम अधिकारी, निरञ्जन आचार्य र प्रकाश राउत अवलम्बित नजीरः सम्बद्ध कानूनः काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा ३, ५, ८, ९ आदेश न्या.रामकुमार प्रसाद शाहः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) अन्तर्गत दायर हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः– म निवेदक नेपाली नागरिक हुँ । मैले एस.एल.सी. बोर्ड नेपालबाट २०६१ सालम