निर्णय नं. ७८१४ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८१४ - अंश चलन भाग: ४९ साल: २०६४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६४/०१/०५ १६३२५ निर्णय नं.७८१४ ने.का.प.२०६४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री पवनकुमार ओझा सम्व्त २०५९ सालको दे.पु.नं. .. ८१०३ फैसला मितिः २०६४।१।५।४ मुद्दा :– अंश चलन । पुनरावेदक प्रतिवादीः जिल्ला ललितपुर गोदाम चौर गा.वि.स.८ बस्ने साबित्री समेत विरूद्ध प्रत्यर्थी वादीः जिल्ला ललितपुर गोदामचौर गा.वि.स. वडा नं. ८ बस्ने पार्वती थापा समेत § समान अंशियार भए तापनि समान स्तरका अंशियार नभई बुबा वा लोग्नेको सम्पत्तीमा छोरा र श्रीमतीको हक पहिले लोग्ने वा बाबुको हक सिर्जना भएपछि मात्र सिर्जना हुने हुँदा बाबु वा लोग्नेले जुनसुकै व्यहोराबाट कमाएको सम्पत्तीमा र लगाएको ऋण समेतमा छोरा स्वास्नीको उत्तिकै हक अधिकार सिर्जना हुने र दायित्व व्यहोर्नु पर्ने भएकोले बाबुको सम्पत्ति छोरा श्रीमतीको हकमा पैत्रिक सम्पत्ति नै मान्नुपर्ने । § मुलुकी ऐन अंशवण्डाको १८ नं. को व्यवस्थाले बाबुको अंश छोरा र श्रीमतीले पाउने कुरामा शंकुचित नगरी समान अंशियारहरूबाट आफूले अंश पाउने कुरामा आफ्नो निजी आर्जन स्वरुप पाएको वकस पत्रको सम्पत्ती अरुलाई भाग नलाग्ने तर आफू नै मुली भै अरु अंशियारहरूलाई आफूले अंश दिनुपर्ने हुन आएको अवस्थामा मैले सो सम्पत्ति बकस पाएको हो म कसैलाई अंश दिन्न भन्न पाउने अवस्था आउँदैन । बाबु वा पतिको आर्जन छोरा स्वास्नीको लागि पैत्रिक सम्पत्ती हुने । (प्रकरण नं.१६) § अंशवण्डाको १० नं.को कानूनी व्यवस्थाबाट लाग्ने वा बाबु आमाले जुन सुकै व्यहोराबाट प्राप्त गरेको सम्पत्ति छोरा छोरी र श्रीमतीको लागि पैतृक सम्पत्ति मान्नु नै पर्ने । (प्रकरण नं.१८) § अंशवण्डाको १ नं. अनुसार बाबु, आमा, छोरा, छोरीहरूमा जिया जियैको अंश हक लागि समान अंशियार देखिएता पनि सोही महलको १० नं.अनुसार अंश दिने दायित्व बाबु, आमा वा लोग्नेमा रहेको हुँदा अंशवण्डाको १८ नं.मा भएको कानूनी व्यवस्थाको घेरालाई साँघुरो बनाई बाबु वा लोग्नेको सम्पत्ति निजी आर्जन मानी छोरा छोरीहरू र स्वास्नीलाई अंश नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं.१९) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताद्वय चन्डेश्वर श्रेष्ठ र राजाराम श्रेष्ठ प्रत्यर्थी वादी तर्फबाट : विद्वान अधिवक्ता अच्युतराज बुढाथोकी अवलम्वित नजीरः फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत पाटनको मिति २०५९।३।१० को फैसला उपर चित्त नबुझी प्रतिवादी तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– २. म फिरादी पार्वती थापा र विपक्षी मदनबहादुर थापा बीचमा मिति ०१५ सालमा विवाह भई हामीबाट एक छोरा फिरादी मध्येको सुबोध थापाको र एक छोरीको जन्म भएतापनि हाल छोरीको मृत्यु भई सकेको छ । यतिकैमा विपक्षी मदनबहादुर थापाले विपक्षी मध्येकी सावित्री थापालाई ०२७ सालमा विवाह गरि घरमा ल्याउनु भयो । विवाह पश्चात हामीहरू उपर हेलाको दुष्टिले हेर्ने, खान लाउन नदिने म फिरादीको छोरा सुवोध थापाको पढाई लेखाई र औषधी उपचार खर्चमा ध्याननदिई मेरी आमा पार्वती थापाले ज्याला बनी गरी मेरो पढाई लेखाई र औषधी उपचार गर्दा पनि विपक्षीहरूले वास्ता गरेनन् । विपक्षीहरूको खराव व्यवहारले गर्दा जीवनयापन गर्न ज्यादै कठिन परेको छ । म फिरादी सुवोध थापाले ०५४।१०।२४ मा विवाह गर्दा समेत विपक्षी बाबुले कुनै सहयोग नगरेकोले म आफैले विवाह गर्न