निर्णय नं. ६४११ - कुत दिलाई मोही निस्काशन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४११ - कुत दिलाई मोही निस्काशन भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/०२/२७ २२२९ नि.नं. ६४११ ०५४, ने.का.प अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५२ सालको दे.पु.नं..... ३२२५ फैसला मिति : २०५४।२।२७।२ मुद्दाः कुत दिलाई मोही निस्काशन । पुनरावेदक/प्रतिवादीः जिल्ला सिरहा लगडी गदियानी गा.वि.स. वा.नं. ३ वस्ने रामदेव कारकको वारेश भै आफ्ना हकमा समेत ऐ.ऐ.वस्ने वद्रीलाल कारक । बिरुद्ध प्रत्यर्थी/वादीः ऐ.ऐ.वस्ने रामचन्द्र कारक । § जग्गाको आयस्ता बाली मोहीबाट सालसालै प्राप्त गर्ने जग्गाधनीको हक अधिकार भएको र मोहीको पनि जग्गाधनीलाई साल सालको बाली याम याममा बुझाउने प्रमुख कर्तव्य एवं दायित्व हो । जव मोहीले जग्गाधनीलाई त्यसरी सालसालै याममा बुझाउने आफ्नो कर्तव्य एवं दायित्व पूरा गर्दैन भने त्यस्तो अवस्थामा सो मोही उपर कानूनी उपचार गराउन पाउने जग्गा धनीको हक पनि कानूनले सुरक्षित गरेको देखिने । (प्र.नं. १०) § प्रतिवादीले विपक्षी वादीको फिराद वमेजिमको जग्गाको मोही भई जग्गा कमाई आएकोमा कुनै विवाद देखिएन र विपक्षी वादीले निज प्रीतवादीबाट २०४९ सालको कुत वाली नपाएको भनि मोही हकबाट निष्कासन समेत गरी पाउँ भनी फिराद दावी लिएकोमा पुनरावेदक प्रतिवादीले वादीलाई सो २०४९ सालको वाली नवुझाएको कुरा स्वीकार गरी वर्षाको अभावले गर्दा जग्गामा वाली लगाउन नसकेकोले कुत मिन्हा हुनु पर्ने भनी वादीलाई निवेदन दिएको छु भन्ने मुख्य जिकिर लिएको पाइयो । दैवी परी वाली नास भएको वा उव्जा नभएको अवस्थामा मोही हकबाट निस्कासन हुन नसक्ने भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) मा व्यवस्था भएको देखिने भएपनि प्रस्तुत मुद्दामा प्रतवादीले वर्षाको अभावले गर्दा वाली लगाउन नसकेको भन्ने लिएको जिकिर पुष्टि हुने तथ्य प्रमाण भने पेश हुन आएको देखिदैन । पुनरावेदनहरु प्रतिवादीको प्रतिउत्तर जिकिर अनुसार वर्षाको अभावले सो साल वाली लगाउन सकेको नभए समयमै जग्गा धनीलाई जानकारी सूचना दिएको हुनु पर्ने र त्यस्तो सूचना जानकारी पाएको भए सो पाउँदा पाउँदै पनि सो सालको वाली नदिएको भनी फिराद दावी पर्ने अवस्था देखिन आउँदैन । वर्षाको अभावले वाली लगाउन नसकेको भन्ने वास्तविकता भएको भए जग्गा धनीले त्यस्तोमा विवेक नराख्ने कारण नदेखिने । (प्र.नं. ११) § प्रतिवादीले कानून वमोजिम कुत लागेमा वुझाउन तयार छु भन्ने पनि जिकिर लिएको पाइन्छ । वाली वुझाएको छैन भन्ने प्रस्तुत नालेश परेपछि अव वाली वुझाउन तयार छु भनी लिएको जिकिर मनासिव देखिन आउँदैन । मुलतः भूमि सुधार कार्यालय सिराहाबाट मोही निस्काशन नहुने ठहर गर्दा वर्षा नभएकोले वाली लगाउन नसकेको भन्ने प्रतिवादीको जिकिरलाई समर्थन नगरी कानूनी दायित्व पूरा नगर्ने मोहीलाई निस्काशन गर्न पर्ने भए पनि एक पटक दायित्व र कर्तव्य पालना गर्ने मौका दिने भन्ने निर्णयमा उल्लेख गरेको भएबाट प्रतिवादी मोहीले वाली नवुझाई कर्तव्य पूरा नगरेको भन्ने कुरा नै सो फैसलाले स्पष्टरुपले ठहराएको अवस्था हुँदा प्रतिवादीले लिएको वर्षा नभएको कारणबाट वाली नलागेको भन्ने जिकिर कतैबाट पनि समर्थित भएको देखिन आउँदैन । अतः शुरु भूमि सुधार कार्यालय सिराहाबाट प्रस्तुत मुद्दामा कानूनी दायित्व पूरा नगर्ने मोहीलाई निस्काशन गर्नु पर्ने कुरालाई मानी एक पटक दायित्व र कर्तव्य पूरा गर्न मौका दिने भनी उल्लेख गरेको निर्णयाधार समेत कानूनसँगत देखिन आएको नहुँदा भूमि सुधार कार्यालय सिर