निर्णय नं. ७८१८ - लागूऔषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८१८ - लागूऔषध भाग: ४९ साल: २०६४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६३/०८/२७ ७४२७ निर्णय नं. ७८१८ ने.का.प.२०६४ अङ्क २ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वलराम के.सी माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी सम्वत् २०६३ सालको फौ.पु.नं. CR ००४२ फैसला मितिः २०६३।८।२७।४ मुद्दाः लागूऔषध । पुनरावेदक प्रतिवादीः रोमानिया Street Mihai Baru No 315 A Block SB.SC.A.AP 41 SECTOR 3 BUCUREST मा घर भई हाल कारागार कार्यालय काठमाडौ अन्तर्गत केन्द्रीय कारागार शाखा जगन्नाथ देवलमा थुनामा रहेको पा.पो.नं. ०७०२७६०२ बाहक वर्ष २४ को Florin Percul विरूद्ध प्रत्यर्थी वादीः प्र.स.नि. केदार खरेलको प्रतिवेदनले नेपाल सरकार § सोधपुछ गर्दा, बयान गर्दा गराउँदा वा कुनै आदेश दिई Suspect/accused बाट केही काम गराउँदा संविधानको धारा १४(३) को हक र ICCPR को धारा १४.३ (a) र (f) ले प्रदान गरेको सुविधा प्रदान गर्नुपर्छ । तर, नेपाल कानून मुलुकी ऐनको अ.वं. १७२ को कार्यविधि अपनाई खानतलासी गरी वा अन्य तरिकाले अपराधसँग सम्बन्धित चिज वा बस्तु बरामद गर्दा उपरोक्त सुविधा प्राप्त नहुने । (प्रकरण नं.२७) § Testimonial हुने कार्यमा ICCPR को धारा १४(३) को (a) र (f) आकर्षण हुन्छ र यस्तो Suspect/accused लाई Covenant ले दिएको धारा १४(३) (a) र (f) को सुविधा अनिवार्य रुपले उपलब्ध गराउनु पर्ने । (प्रकरण नं.२८) § पुनरावेदकको पेटबाट निजले निलेको क्याप्सुल Volitional act अर्थात् निजको सहमतीले नै निकालेको देखिएको हुँदा यसमा संविधानको धारा १४(३) विपरीत वा पुनरावेदकलाई ICCPR को धारा १४(३)(a) र (f) अन्तर्गतको सुविधा उपलब्ध नगराएर निकालिएको भन्ने तर्कमा सहमत हुन नसकिने । (प्रकरण नं.३४) § Covenant को धारा १४(३) को खण्ड (a) र (f) को व्यवस्था भनेको अभियुक्तले बुझ्ने भाषामा सही अनुवाद गरी अभियुक्तलाई जानकारी गराउन सक्ने । § अभियुक्तले बोलेको भनेको कुराहरू सही अनुवाद गरी अदालत लगायतका नेपालका सम्बन्धित अधिकारीलाई जानकारी गराउने व्यवस्था हो । Covenant को धारा १४ को उपधारा (३) को खण्ड (a) र (f) को व्यवस्थाको लागि Interpreter कुनै मान्यता प्राप्त संस्थाबाट Interpreter भनी प्रमाणपत्र प्राप्त व्यक्ति नै हुनुपर्छ भन्ने व्याख्या गर्न नमिल्ने। (प्रकरण नं.३८)) · पुनरावेदक आफैले रोजेको कानून व्यवसायीको सल्लाह लिनबाट प्रहरीले वञ्चित गरेको भनी शुरु अदालत एवं पुनरावेदन अदालतमा समेत जिकिर नगरेको र मिसिल संलग्न वकालतनामाले पुनरावेदक कानून व्यवसायीबाट प्रतिरक्षा गरिएको देखिएको आधारमा पुनरावेदकको मुद्दाको पुर्पक्ष वेरीतको वा पुनरावेदकलाई नेपालको संविधान वा ICCPR ले दिएको कानून व्यवसायीको प्रतिरक्षा गर्ने हकबाट वञ्चित भएको मान्न नसकिने । (प्रकरण नं.५२)) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताद्धय रामप्रसाद अर्याल र युवराज संग्रौला प्रत्यर्थी वादी तर्फबाट : अवलम्वित नजीरः फैसला न्या.वलराम के.सी.: पुनरावेदन अदालत पाटनको मिति २०६२।११।२५ को फैसला उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (क) बमोजिम यस अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य सहित ठहर यसप्रकार छः– २. मिति ०६०।१०।२७ गतेका दिन काठमाडौबाट एम्सटर्डम तर्फ जान लागेका रोमानी नागरिक Florin Precul ले अवैध ला. औ. सेतो हिरोईनको क्याप्सुल वनाईपेटमा निली नेपालबाट एम्सटर्डम तर्फ निकासी गर्न लागेका छन् भन्ने विशे