निर्णय नं. ६४१३ - लिखत वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४१३ - लिखत वदर भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/०४/२८ २५२३ निर्णय नं. ६४१३ २०५४, ने.का.प. अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५२ सालको दे.पु.नं. .. ३०८३ आदेश मितिः २०५४।४।२८।३ मुद्दाः लिखत वदर । पुनरावेदक/वादीः भ.पु.जि. भ.पु.न.पा. वडा नं. १४ वस्ने रत्न प्रसाद प्रजापती । विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.ऐ. कृष्ण प्रसाद प्रजापती समेत २ । § साविक कि.नं १४६ को जग्गा रोपनी २-१५-० मध्ये विपक्षी रोहिणी राज भण्डारी समेतका ६ जनालाई जम्मा ज.रो २-०-० विक्री भए पश्चात ज.रो ०-१५-० वांकी नै रहेको भै कि.न. १४०८ मा कित्ताकाट भएको देखिन्छ । सो कि.नं. १४०८ को ज.रो ०-१५-० अंश दपोट ठहरी वादी रत्न प्रसाद प्रजापतिको नाउँमा दर्ता हुने भनी पुनरावेदन अदालत पाटन समेतबाट ठहर भै अन्तिम भै वसेको देखियो । एउटै प्लटको जग्गा भध्ये ५ भागको १ भाग मेरो समेत हक लाग्ने भनी वादीको दावी छ तर कि.नं. १४६ को ज.रो. २-१५-० मध्ये ज.रो ०-१५-० वांकी नै रहेपछि त्यति जग्गाले वादीको अंश हक लाग्ने भाग पुग्ने देखिन्छ । सम्पूर्ण कित्ता विक्री भएको नभै ५ भागको १ भाग भन्दा डेढी वढी जग्गा वांकी नै रहेको र सो जग्गाको मूल्य विक्री भएको जग्गा भन्दा कम छ भनी वादीले फेरादमा दावी लिन नसकेको परिप्रेक्षमा विक्री भएको र नभएको जग्गाको मूल्य वरावर रहेछ भनी अदालतले अनुमान गर्नु पर्दछ । यसरी आफूले पाउने जग्गा भन्दा वढी जग्गा वांकी भै वादीले सो जग्गा प्राप्त समेत गरी सकेको परिप्रेक्षमा वादीको हकको जग्गा समेत विक्री भै सकेको भनी संझन नमिल्ने हुँदा वादी दावी पुग्न नसक्ने भनी शुरु भक्तपुर जिल्ला अदालतले गरेको ठहर र त्यसलाई सदर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १२) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर विपक्षी तर्फवाटः x अवलम्वित नजीरः x फैसला न्या. गोविन्द वहादुर श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति २०५०।८।३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदन दायर हुन आएको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. बिपक्षी पिता कृष्ण प्रसाद र म फिरादी सहित पांच जना अंशियार छौं । हामीहरुको वीचमा अंशवण्डा भएको छैन । म समेतको हक लाग्ने भ.पु.जि. कटुन्जे गा.वि.स. वडा नं. ८(ख) कि.नं. १४६ को जग्गावाट कित्ताकाट गरी हाल कायम हुन आएको कि.नं. १४०७ को क्षेत्रफल ०-८-० जग्गा मोल रु.१,००,०००।- मा मिति २०४५।१।२१ मा व्यापार गर्नको लागि भनी विक्री गरेको कुरा मिति २०४६।१।१४ मा नक्कल सारी थाहा पाएकोले फिराद गर्न आएको छु । उक्त कि.नं. को क्षेत्रफल मध्ये ५ खण्डको १ खण्ड लिखत वदर गरी पाउँ भन्ने व्यहोराको फिराद दावी । ३. फिराद दावीको जग्गा घर वनाउन, घर मर्मत गर्न यिनै वादीको र कान्छा छोरा कृष्ण प्रसादको विवाह गर्दा लागेको ऋण तिर्नको लागि वादी समेतको सल्लाहवाट विक्री गरेको हो । लिखत वदर हुन पर्ने होइन भन्ने व्यहोराको कृष्ण प्रसाद प्रजापतिको प्रतिउत्तर पत्र । ४. प्रतिवादी कृष्ण प्रसादले आफूखुस गर्न पाउने जग्गा राजिनामा गरेको हुँदा लिखत वदर हुने होइन भन्ने प्र. रोहिणी राजभण्डारीको प्रतिउत्तर जिकिर । ५. पैतृक सम्पति मध्ये आधा सम्म स्वीकृति नलिई घर व्यवहार चलाउन विक्री गर्न पाउने नै हुँदा वादी दावी पुग्न सक्त