निर्णय नं. ८८०५ - मोटरसाइकलको बीमा दावी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८०५ - मोटरसाइकलको बीमा दावी भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६८/१०/०४ ५०८२ ने.का.प. २०६९, अङ्क ४ निर्णय नं. ८८०५ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कमलनारायण दास दे.पु.नं. ०६६–CI–०८३७ फैसला मितिः २०६८।१०।४ मुद्दाः– मोटरसाइकलको बीमा दावी । पुनरावेदक प्रतिवादीः राष्ट्रिय बीमा संस्थानका तर्फबाट प्रशासक डा. शिवहरि श्रेष्ठ विरुद्ध प्रत्यर्थी वादीः बीमित सहकारी वित्तीय विकास संस्था लि. नेपालगञ्जका ऋणी इन्द्रजीत तिवारी शुरु फैसला गर्ने : अध्यक्ष श्री देवेन्द्रप्रताप शाह सदस्य श्री राजुकुमार शिवाकोटी सदस्य श्री कमलशाली घिमिरे सदस्य श्री शिवबहादुर रायमाझी पुनरावेदन फैसला गर्ने : मा.न्या. श्री तेजबहादुर के.सी. मा.न्या.डा.श्री आनन्दमोहन भट्टराई § उपलब्ध नै नगराएको बीमालेखको शर्तको परिपालना नगरेको भन्ने आधारमा बीमाको दावीतर्फ प्रवेश नै नगरेको निर्णय विधिसम्मत् नदेखिने । (प्रकरण नं.५) § निर्जीवन बीमाको सम्बन्धमा दावी गर्दा त्यस्तो दावी गरिसक्नुपर्ने भनी कुनै निश्चित् अवधि किटान नभएको, बीमा नियमावलीले बीमा दावी गर्ने कुनै हदम्याद निर्धारण पनि नगरेको अवस्थामा मोटरसाइकल लुटिएको जानकारी बीमा संस्थानलाई तुरुन्तै नगराएको भन्ने आधारमा बीमासम्बन्धी दावी नलाग्ने भन्ने निर्णय कानूनसम्मत् नदेखिने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता पदम गिरी प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला प्र.न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०६६।७।२४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः– राष्ट्रिय बीमा संस्थान, काठमाडौंको मिति २०६२।५।१७ को पत्र श्री सहकारी वित्तीय विकास संस्था लि. सदरलाईन नेपालगञ्ज, बाँके (नेपाल) लाई सम्बोधन गरी भे.१प. ४८० को बीमा दावी सम्बन्धमा यस संस्थानको पत्र संख्या नं. एन आर एल २१।०६२।६३ मिति २०६२।५।१ को पत्रबाट वीमितको गाडीको दुर्घटना वा हानि नोक्सानी भएमा तुरुन्त संस्थानमा खवर गर्नुपर्नेमा १ वर्ष ५ महिनापछि मात्र खबर प्राप्त भएकोले दावी नलाग्ने व्यहोरा जानकारी गराइसकेको व्यहोरा पुनः अनुरोध गर्दछौं भन्ने पत्र श्री सहकारी वित्तीय विकास संस्था नेपालगञ्जले म निवेदकलाई ०६२।५।२१ मा लेखी पठाउँदा सो पत्र सहितको राष्ट्रिय बीमा संस्थानको दावी सम्बन्धको फोटोकपी समेत मिति २०६२।५।२३ मा प्राप्त गरी सोही संस्थामा २०६२।५।२७ मा बीमा समितिमा संस्थाबाट उजूरी दिनका लागि अनुरोध गरेकामा म निवेदकको हितमा प्रतिकूल असर परेकोले यस समितिमा बीमा ऐन, २०४९ तथा बीमा नियमावली, २०४९ को नियम ३३(१) अनुसार प्रस्तुत उजूरी गर्न आएको छु । म निवेदक बारेको सम्पूर्ण कागजात (प्रमाण) का आधारमा कानूनसंगत र न्यायसंगत आधारमा हक इन्साफ गर्ने गरी आदेश गरी उल्लिखित मोटरसाइकलको सन्दर्भमा बीमा नियमावली, २०४९ समेत बमोजिम नियम ३२(४) का आधारमा साधारणतया ३५ दिनभित्र बीमाले दायित्व ठहर गरी बीमितलाई निर्जीवन बीमाको दावी भुक्तानी दिनुपर्नेछ भनी प्रष्ट किटानी व्यवस्था भए पनि राष्ट्रिय बीमा संस्थान काठमाडौंले दायित्वबमोजिम दावी भुक्तानी नदिई उल्टै कानून र न्यायसंगत आधारको विपरीत निर्णय गरी जानकारी गराएकोले यसै नियमावलीको नियम ३३ बमोजिम यस बीमा समिति काठमाडौंबाट जो जे बुझ्नु पर्ने, कारवाह