निर्णय नं. ६४१४ - वन्दीप्रत्यक्षीकरण लगायत जो चाहिने आदेश जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४१४ - वन्दीप्रत्यक्षीकरण लगायत जो चाहिने आदेश जारी गरी पाउँ । भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/०३/३१ २९८४ निर्णय नं. ६४१४ ०५४, ने.का.प. अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५४ सालको रि.नं. .. २८६१ आदेश मितिः २०५४।३।३१।३ विषयः वन्दीप्रत्यक्षीकरण लगायत जो चाहिने आदेश जारी गरी पाउँ । निवेदकः मदन बहादुर चौहान विरुद्ध विपक्षीः श्री ५ को सरकार, अर्थ मन्त्रालय समेत जम्मा ५ । § अधिकार प्राप्त निकायद्वारा मुद्दा चलाइएको र काठमाण्डौ जिल्ला अदालतबाट अ.वं. ११८(२) नं. वमोजिमको तजविजी अधिकार प्रयोग गरी थुनामा राख्ने आदेश गरेको र सो लाई सदर गरेको पुनरावेदन अदालत पाटनको आदेशलाई अनााधिकार वा कानूनी त्रुटीपूर्ण भन्न मिल्दैन । निवेदक जस्तै स्थिति भएका अन्य व्यक्तिहरुलाई थुनाबाट छाडिएकोले असमान भयो भन्ने निवेदन जिकिरलाई उल्लेखित व्यक्तिहरु यस मुद्दाका अभियुक्त नभै अन्य मुद्दाका अभियुक्त भएको देखिन्छ । अरु मुद्दामा भएको आदेशलाई तुलना गरी प्रस्तुत मुद्दामा समान असमान भनी दांज्नु र तत् पश्चात आदेश गर्नु तर्कसँगत हुन सक्दैन । उही मुद्दामा समान स्थिति भएका व्यक्तिहरु वारे तुलना गर्नु सान्दर्भिक हुन्छ । अतएव कानूनको रीत पुर्याई भएको थुनछेक आदेशमा रिट क्षेत्रबाट प्रमाणको मूल्याङ्कन गर्न नमिल्ने समेतको न्यायिक सिद्धान्त अनुसार प्रस्तुत निवेदन वमोजिम वन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. ११,१२) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री भूमि खरेल विपक्षी तर्फवाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री वलराम के.सी. अवलम्वित नजीरः x आदेश न्या.गोविन्द वहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छः २. म निवेदकको नाममा वाणिज्य विभाग काठमाडौंमा दर्ता गराइएको मुना एण्ड अरुण इन्टरप्राइजेजको नामवाट UAE को AMEECO MARKETING बाट All Kind of Bull Bearing आयत गर्नको लागी नेपाल वंगलादेश वैंकवाट Royal Green International का प्रो.प्रकाश कुमार टिबडेवाल ग्यारेन्टर भई १० प्रतिशत नगद मार्जिन राखी २ जनवरी १९९५ मा यु.एस.डलर ९५,१२८। रकमको नं. १३९००४९५ को प्रतितपत्र खोलेको अभियोगमा म निवेदक पक्राउ भई विपक्षी नं. २ समक्ष २०५३।३।२४ मा वयान गर्दा मलाई प्रतित पत्र सम्वन्धी कुराको कुनै जानकारी छैन । मैले कुनै कारोवार गरेको छैन, यज्ञ प्रसाद पाठक र उषा थापाले भनेको ठाउँमा अन्दाजी १६ थान कागजमा अरव पठाउन पासपोर्ट बनाउन आवश्यक पर्दछ, सही गर भनेकोले सही गरेको थिए । म अर्काको घरमा दैनिक रु.२५। मा ज्याला मजदुरी गरी खाने मानिस हुँ भनी वयान गरेकोमा मेरा विरुद्ध विपक्षी नं. २ ले यु.एस.डलर ९६,४५८।७४ विदेशी विनिमय शर्त अनुरुप प्रयोग नगरी ऐनको दफा ४ को (३)(४) विपरित कसुर गरेको देखिंदा म निवेदकलाई प्रतितपत्र खोल्दाको दिन कायम गरिएको विनिमय दर प्रति यु.एस.डलरको ने.रु. ५०।१५ का दरले यु.एस. डलर ९६,४५८।७४ को हुन आउने विगो ने.रु.४८,३७,४०५।८१ सोही ऐनको दफा १७(१) अनुसार जरिवाना भई हदैसम्म कैद सजाय समेत माग दावी भई विपक्षी नं. ३ समक्ष विपक्षी नं. भई हुदै सम्म कैद सजाय समेत माग दावी भई बिपक्षी नं. ३ समक्ष बिपक्षी नं. २ द्वारा मिति २०५३।४।१० मा अभियोग पत्र दर्ता भयो । ३. नेपाल वंगलादेश वैंकमा प्रतितपत्र खोल्दा खोल्न दिएको निवेदन