निर्णय नं. ७८२१ - लिलाम दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८२१ - लिलाम दर्ता बदर भाग: ४९ साल: २०६४ महिना: असार अंक: ३ फैसला मिति :२०६४/०२/०३ ५५३६ निर्णय नं. ७८२१ ने.का.प.२०६४ अङ्क ३ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री गौरी ढकाल संबत् २०६१ सालको दे.पु.नं. ....९०१४ फैसला मिति : २०६४।२।३।५ मुद्दाः लिलाम दर्ता बदर । पुनरावेदक प्रतिवादीः रूपन्देही सिकटन् गा.वि.स. वडा नं. २ बस्ने जग्गुअहिर यादव समेत विरूद्ध प्रत्यर्थी वादीः जिल्ला रूपन्देही सिकट्न गा.वि.स. वडा नं. २ पुरुषोत्तमपुर बस्ने विद्यादेवी तिउराईन § फैसला कार्यान्वयनको सन्दर्भमा तहसिलदारले गरेको काम कारवाहीलाई लिएर लेनदेन व्यवहारको ४० नं. एवं जग्गा पजनीको १७ नं. को कानूनी व्यवस्थालाई आधार बनाई फिराद गरेको देखिदा सामान्य कानून भित्रकै विशेष कानूनी व्यवस्थाको रुपमा रहेको दण्ड सजायको ६१ नं. को उपचारको मार्गलाई अनदेखा गरेको मान्नु पर्ने । § फैसला कार्यान्वयनको सन्दर्भमा तहसिलदारको आदेशमा भएको लिलाम सम्बन्धी कारवाहीलाई जग्गा पजनीको १७ नं. एवं लेनदेन व्यवहारको ४० नं. को फरक सन्दर्भ तथा कानूनी व्यवस्था जोडी विशेष कानूनी व्यवस्थाले तोकेको उपचारको मार्गलाई सतही बनाई वादीलाई वैकल्पिक मार्ग रोज्न पाउने अधिकार भएको भन्ने सतही एवं आधारहिन तर्क लिई गरेको फैसला न्यायोचित मान्न नसकिने । (प्रकरण नं.२०) § लिलाम एवं चलनपूर्जि समेतमा आवश्यक प्रक्रिया नपुगेको भनी दावी लिएको सन्दर्भमा सो दावी दण्ड सजायको ६१ नं. को उपचारको बाटोमा नभै जग्गा पजनीको १७ एवं लेनदेन व्यवहारको ४० नं. को असान्दर्भिक कानूनी व्यवस्थामा आधारित भई आएको देखिदा नियमावलीको सो प्रक्रिया नपुगेको भन्ने तर्क गर्न नमिल्ने । (प्रकरण नं.२१) पुनरावेदक प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ताद्धय श्री हरिहर दाहाल, श्री महेश थापा प्रत्यर्थी विपक्षी तर्फबाट : विद्वान अधिवक्ताद्धय श्री त्रियोगी नारायण तिवारी र श्री पंकजकुमार पाण्डे अबलम्वित नजीरः ने.का.प.२०५६, पृष्ठ ५६८ फैसला न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) समेतका आधारमा पुनरावेदन अदालत बुटवलको मिति २०५७।१०।९ को फैसला उपर मुद्दा दोहोर्याई हेरी पाउन प्रतिवादीको पर्न आएको निवेदनमा मिति २०६१।९।२९ मा निस्सा प्रदान हुँदा प्रस्तुत मुद्दा यसै अदालतको अधिकारक्षेत्र भित्र पर्ने हुँदा मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– २. रूपन्देही सिकहटन गा.वि.स. वडा नं. २क को कि.नं. ४२५, ४२७, ४२१, ४२०, ४२२, ४२९, ४२८, ४३०, ४०९, ४११, ४०५, ४१३, ४१२, ४२६ र १९० को ज.वि. १–४–३ जग्गा म वादीको हक स्वामित्वको हो । वादी जग्गु अहिर प्रतिवादी विद्यादेवी भएको लेनदेन मुद्दा परी मिति २०४४।१२।५ मा साँवा रु. १४,०००।– र व्याज समेत भरी पाउने ठहरी शुरू अदातबाट फैसला भै सो तपाईका नाउँमा रहेको जग्गा मेरो नाममा आई सकेको छ । जग्गा तिर नजानु भनी जवाफ दिएकोले मिति २०५४।२।२ गते अदालतबाट नक्कलसारी हेर्दा थाहा भयो । मिति २०४५।१।२६ मा विगो भराउन दरखास्त दिई मिति २०४५।२।८ मा विगो दाखेल गर्न मेरा नाममा ३५ दिने सूचना गएको र तामेल भएको मिति २०४५।२।८ मा जायजात तायदात मूल्याङ्कन मुचुल्का भएको । मिति २०४५।५।२६ गते ३ कठ्ठा घडेरी जग्गा र ०–७–११ जग्गा लिलाम गर्ने भनी तोकिएको, लिलाम नभै मिति २०४५।५।२८ मा मुल्तवी भएको, मिति २०५३।१०।२४ मा १५ दिने लिलामी सूचना निकालिएको, मिति २०५३।१०।२७ गते प्रतिवादी भेटघाट नभएको भन्ने तामेली भै