निर्णय नं. ६४१५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४१५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/०२/०१ २८९५ निर्णय नं. ६४१५ ०५४, ने.का.प. अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत् २०५२ सालको रिट नं. .. २६८८ आदेश मितिः २०५४।२।१।४ विषयः उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ । निवेदकः जि.संखुवासभा मादी राम्वेनी गा.वि.स. वडा नं. ३ वस्ने वर्ष ४६ को परशुराम दाहाल समेत जम्मा ३ । विरुद्ध विपक्षीः पुनरावेदन अदालत विराटनगर समेत जम्मा १६ । § अदालतबाट वण्डा मुचुल्का खडा गर्ने प्रयोजनको लागि दुवै पक्षलाई विधिवत तारेख तोकिएकोमा निवेदक डोरको लागि तोकिएको ठाउँमा उपस्थित भै वण्डा छुट्याउने कार्यमा सहयोग गर्नुको साटो अनुपस्थित भै वसेको देखिन्छ । अदालतको डोर बाट १ महिना भन्दा वढी दिन लगाई अथक प्रयास पछि उक्त वण्डापत्र तयार भएको समेत देखियो । निवेदकले अदालतलाई वण्डा गर्ने कार्यमा आवश्यक सहयोग गरेको पनि देखिएन । पटक पटक निवेदन परी एक पटक जिल्ला अदालतबाट तथा अर्को पटक पुनरावेदन अदालत विराटनगरबाट पनि वण्डा मुचुल्का वदर भएको र २०५१।११।५ को प्रस्तुत विवादको वण्डा मुचुल्का कानूनको रीत पुर्याई भएको वेरीतको नदेखिएको भनी पुनरावेदन अदालत विराटनगरबाट सदर भई रहेको देखिन आयो । प्रचलित कानून वमोजिम गर्नु पर्ने कार्यवाई भई अधिकार प्राप्त अदालतबाट मूल्याङ्कन भै निर्णय भई रहेको वण्डा मुचुल्काको सम्वन्धमा रिट क्षेत्रबाट प्रमाणको औचित्य तर्फ विचार गर्न नमिल्ने एवं वण्डा छुट्याउने कार्यमा कानूनी त्रुटी परिलक्षित नहुँदा उत्प्रेषणको रिट जारी गर्नु पर्ने स्थिति नहुँदा रिट निवेदन खारेज हुने । (प्र.नं. १०) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त विपक्षी तर्फबाटः विद्वान अधविक्ता श्री योगराज सुवेदी, विद्वान अधिवक्ता श्री वच्चुसिंह खडका अवलम्वित नजीर : आदेश न्या.केदारनाथ आचार्यः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त विवरण यस प्रकार छ : २. विपक्षीहरुले हामी निवेदक समेत उपर गोश्वारा अवण्डा सम्पति वण्डा हुन वांकी विर्ता ५ अंश छुट्याई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालतबाट मिति २०१४।३।३२ मा भएको अन्तिम फैसलमा अघि ब्रम्हलाल, मुक्तिनाथको अंश मुद्दा पर्दा १९५२ सालमा धनकुटा कोटिलिङ्ग अदालतबाट लिएको खोलुवामा लेखिएको जग्गा मध्ये ५ भागको १ भाग मुक्तिनाथको पर सारी वांकीलाई ३ भाग लगाई श्री नारायणको १ भाग, केन्द्रवरको १ भाग परसारी १ भाग ब्रम्हलाललाई दिलाई दिने फैसला भएको र भागतर्फ अघिका फैसला बमोजिम ठहर्याएको र अरु वण्डा गर्नु पर्ने जग्गा ज जस्को जिम्मामा रहेको छ उस उसबाट तायदाती फाँट लिई वण्डा गरीदिनु भनी शुरु जिल्ला अदालतमा पठाई दिनु भन्ने फैसला अनुसार अंश मुद्दा संखुवासभा जिल्ला अदालतमा आई परेको तायदाती फाँट उपर दपोट मुद्दा परी मिति २०३१।१।२९ मा पुर्वान्चल क्षेत्रीय अदालतबाट अन्तिम फैसला भएको थियो । सर्वोच्च अदालतको फैसला र पु.क्षे.अ.को फैसला अनुसार हामी वादी प्रतिवादीबाट साविकमा पेश भएको तायदाती र मिति ०५०।११।१० को र मिति ०५१।३।३१ को फाँटवारी संखुवासभा जिल्ला अदालतमा पेश भएको थियो । सो अदालतबाट डोर खटिई मिति ०५१।११।५ मा के व्यहोराबाट वण्डा मुचुल्का भएको थियो भने वादी प्रतिवादीहरुले दिएको फाँटवारीमा उल्लेख भएको सम्पत्ति