निर्णय नं. ६४१६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४१६ - कर्तव्य ज्यान भाग: ३९ साल: २०५४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५३/१२/१८ २७५४ निर्णय नं. ६४१६ ०५४, ने.का.प. अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत् २०५२ सालको फौ.पु.नं. ... १०५८ सम्वत २०५२ सालको साधक नं ..२३० फैसला मितिः २०५३।१२।१८।२ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः रोल्पा जिल्ला जेली पोखरी गा.वि.स. वार्ड नं. ८ घर भै हाल कारागार शाखा तुलसीपुरमा थुनामा रहेका गंगा बहादुर पुन समेत जम्मा ५ । विरुद्ध विपक्षीः विर बहादुरको जाहेरीले श्री ५ को सरकार § मृतक चोर भएको र जाहेरवालाको घरमा फोटो चोरी गरेकोले प्रहरीलाई जिम्मा लगाउन वाँधछाद गरी सामान्य कुटपिट गरेको स्वीकार गर्ने प्रतिवादीहरुले मृतकलाई कुटपिट गर्दा ज्यान मर्लाभन्ने सम्मको अवस्थाको ख्यालै नगरी ज्यान मर्ने सम्मको कुटपीट गरेवाट प्रतिवादीहरुलाई निर्देाष मान्न मिलेन । त्यसमा पनि प्रतिवादी गंगा वहादुरले लाठीले तिघ्रामा हानेको भनी अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेको र उक्त वयानलाई अन्य सह अभियुक्तहरुको अदालतमा भएको वयानवाट पुष्टी भएको अवस्थामा प्रतिवादीहरु गंगा बहादुर पुन, मान बहादुर पुन, मैन बहादुर पुन र मनु वुढा मगरलाई अभियोगवाट सफाईदिन मिल्ने अवस्था देखिदैन । चोर हो भनी वाँधछाद कुटपिट गर्दा मृतकको मृत्यु भएको अवस्था हुँदा प्रस्तुत मुद्दाको वारदात प्रकृतिवाट ज्या.संं. को १३(३) नं. लाग्न सक्ने नभै ज्या.सं. को ५ नं. को अवस्था देखिन आउँछ भन्ने वहस जिकिर भए पनि सामुहिक कुटपिटको परिणामवाट मृत्यु भएको हुँदा भवितव्यको अवस्था नभएकोले विद्वान अधिवक्ताको उक्त वहस जिकिरसँग सहमत हुन सकिएन । तसर्थ चोरी गर्न आएको अपरिचित व्यक्ति मृतकको ज्यान मर्ला भन्ने सम्मको हेक्का नराखी प्रतिवादी गंगा वहादुर, मान वहादुर, मनु वहादुर तथा मैनु वुढा मगरले निजको शरिरमा छोडेको चोटवाट मृतकको मृत्यु भएको देखिंदा प्रतिवादीहरुलाई ज्यान सम्वन्धीको महलको १३(३) नं. वमोजिम सर्वस्व सहित कैद हुने ठहराएको पुनरावेदन अदालत नेपालगन्जको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. ३८) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री विपक्षी तर्फवाटः x अवलम्वित नजीरः x फैसला न्या.अरविन्दनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पुनरावेदन अदालत नेपालगन्जको फैसला उपर यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. मिति २०४६।८।२२ गतेका दिन मेरो श्रीमती विरामी हुदा गाउँको धामी पुनाराम घर्तिलाई वोलाई उपचार गरीरहेको अवस्था दलानमा फोटो निकालेको आवाज सुनी हेर्दा चोर भागेको चन्द्रमाको उज्यालोमा देखि चोर चोर भनी मेरो छोरा रन वहादुर र म पछि पछि गयौं । हामी कराएको अवाज सुनी गाउँका मानिस पाताल भन्ने वन जंगल सम्म दगुर्दै जांदा चोरलाई पक्राउँ गर्न नसकि फर्कि आएपछि जेठी भाउजु जैसराको घरमा नचिनेको मानिस वास वस्न आएको रहेछ भनी मेरो श्रीमतीले भन्दा छोरा रन वहादुरलाई को रहेछ वुझ भनी भन्दा छोराले अपरिचित मानिस छ भन्दा चोर हुन सक्छ समातेर राख भन भनेर म पनि भाउजुको घरमा जांदा गंगा वहादुर, भिम वहादुर समेत अन्य मैले नचिनेका मानिस आई तिम्रो घर कहां हो भनी सोधपुछ गरी रहेका थिएं । भाउजुको घरमा लोग्ने मानिस नहुँदा निजलाई वांधेकै अवस्थामा मेरो घरमा ल्याई भाग्न उम्कन नपाउने गरी वांधी राखेपछि प्रहरी कार्यालयमा पेश गरौला भनी म श्रीमतीको उपचार तर्फ लागे गंगा व