निर्णय नं. ७८२४ - अवहेलना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८२४ - अवहेलना भाग: ४९ साल: २०६४ महिना: असार अंक: ३ फैसला मिति :२०६३/१२/२० २७५४ निर्णय नं. ७८२४ ने.का.प.२०६४ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्बत २०६२ सालको फौ.वि.नं.९३ आदेश मितिः २०६३।१२।२०।३ मुद्दा : - अवहेलना निवेदक पक्षः का.जि.का. म.न.पा. वडा नं. ११ त्रिपुरेश्वर बस्ने कृपा शर्मा विरुद्ध प्रत्यर्क्षी विपक्षीः श्री गृह मन्त्रालय, सिँहदरबार काठमाडौँ समेत § मिति २०६२।६।५ मा सम्पर्क राख्न भनी तोकिएको भए पनि सफल उम्मेदवारहरुलाई असाधारण कारण परी अगाडिबाटै काममा लगाउन खोजेर निर्णय गरेको भए सो कारणहरु अभिव्यक्त हुनुपर्ने र सोही अनुसार सार्वजनिक सूचनाको माध्यमद्धारा सूचना व्यवस्थाद्धारा सम्बन्धित उम्मेदवारहरुलाई सूचित गर्नुपर्ने । § राज्यको तर्फबाट कानून कार्यान्वयनको आधारभूत जिम्मेवारी लिएर बसेको गृह मन्त्रालय र प्रहरी संगठन जस्ता निकायहरुले कानूनी उपचारको प्रक्रियामा न्यायिक निकायले गरीरहेको काममा सदाशयतापूर्वक सहयोग गर्नुको उपेक्षा अदालतले गर्न लागेका कामलाई नै पराजित गर्ने उद्देश्यले उछिना उछिन गर्ने काम हुन्छ भने पक्षहरुले न्यायिक उपचार प्राप्त गर्ने सम्भावना प्रति विश्वास गुमाउँदछन् । त्यसबाट अदालती प्रक्रिया निष्कृय हुन पुग्दछ । निष्कृय छ भन्ने सन्देश जन साधारणमा पुग्दछ । त्यसबाट कानून मान्ने संस्कृति नै विघटित हुने सम्भावना नरहने स्थिति आउनु भनेको कानूनको असम्मान र अदालतको आदेशको घोर उल्लंघनको स्थिति बन्न जाने । (प्रकरण नं.१२) § राज्यका आधारभूत संगठनहरु स्वयं न्यायिक प्रक्रिया प्रति निष्ठावान बन्दैनन् भने अन्य साधारण व्यक्तिहरुसँग बढी कुनै कुराको आशा गर्ने सम्भावना नरहने । (प्रकरण नं.१३) निवेदक पक्ष तर्फबाट :विद्वान अधिवक्ताद्धय श्री हरि उप्रेती र श्री मिरा ढुंगाना प्रत्यर्थी विपक्षी तर्फबाट : उपन्यायाधिवक्ता श्री सूर्यराज दाहाल अबलम्वित नजीरः आदेश न्या.कल्याण श्रेष्ठः सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छ : - २. म निवेदिका प्रहरी निरीक्षक (प्रशासन) पदका लागि आवश्यक पर्ने शैक्षिक लगायतका सम्पूर्ण योग्यताले पूर्ण भएको योग्य उम्मेदवार भएको हुँदा २०६१।६।१५ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसारको ३० प्रहरी निरीक्षक पदको खुल्ला प्रतियोगिताद्धारा पदपूर्ति गर्ने भनी दरखास्त आव्हन गरिएनुसार सम्पूर्ण कार्याविधि पुरा गरी म्यादै भित्र दरखास्त फारम बुझाई सो परीक्षाको विभिन्न चरणहरु पार गरी मिति २०६२।२।८ देखि ऐ. १३ गते सम्म संचालन भएको लिखित परीक्षामा सहभागी भएकोमा सो को नतिजा २०६२।४।३२ मा सूचना पाटीमा प्रकाशित हुँदा म वाहेक अरु नै ६० जना व्यक्तिहरुको छनौट भई मिति २०६२।५।१५ देखि १९ गते सम्म अन्र्तवार्ताका दिन समेत तोकिएको रहेछ । तर, बढुवाद्धारा १८६ जनालाई नियुक्ती मिति २०६२।४।१४ मा गरिएको अब गत हुन आएको हुँदा प्रहरी नियमावली ०४९ को नियम ११ मा भएको कानूनी व्यवस्थाको प्रतिकूल (जसमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत बढुवाद्धारा प्रहरी निरिक्षकको पदपूर्ति गरिने कानूनी व्यवस्था छ) खुल्ला तर्फ ६० जना मात्र छनौट गरिएकोले सो प्रकाशित लिखित परीक्षाको नतिजा तथा सो नतिजा बमोजिम अन्र्तवार्ता लिने लगायत नियुक्तीको लागि सिफारिस गर्ने निर्णय तथा नियुक्ती पत्र दिएको भए सो नियुक्ती पत्र समेतलाई उत्प्रेषणको आदेशद्धारा वदर ग