निर्णय नं. ७८२६ - अंश दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८२६ - अंश दर्ता भाग: ४९ साल: २०६४ महिना: असार अंक: ३ फैसला मिति :२०६३/१२/१८ ४२०४ निर्णय नं.७८२६ ने.का.प.२०६४ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्बत् २०६२ सालको दे.पु.नं....७८६४,८५८१ फैसला मितिः २०६३।१२।१८ मुद्दाः– अंश दर्ता । पुनरावेदक प्रतिवादीः जिल्ला सप्तरी गा.वि.स. छिन्नमस्ता वडा नं.८ वस्ने पल्लु मण्डलको छोरा वैरसु मण्डल अमात विरूद्ध प्रत्यर्थी वादीः जिल्ला सप्तरी छिन्नमस्ता ८ वस्ने सम्झादेवीको मु.स.गर्ने जीवछी देवी पुनरावेदक प्रतिवादीः जिल्ला सप्तरी छिन्नमस्ता गा.वि.स. ८ बस्ने बद्री मण्डल अमात समेत विरूद्ध प्रत्यर्थी वादीः जिल्ला सप्तरी छिन्नमस्ता गा.वि.स. ८ बस्ने संझावती भन्ने संझादेवी अमातनी मरी निजको मु.स. गर्ने ऐ. ऐ. वस्ने जीवछी देवी § मिलापत्रका शर्तहरुबाट वादीले मिलापत्रबाट पाएका जग्गा भोगसम्म गर्न पाउने, आफ्नो नाममा दर्ता गर्न नपाउने हक हस्तान्तरण नहुने र शेषपछि पुनः प्रतिवादीहरुले नै खाने भन्ने शर्त वन्देज देखिदा त्यस्तो जग्गालाई अंश जस्तो नैसर्गिक हकबाट प्राप्त हुने सम्पत्ती मान्न नमिल्ने । (प्रकरण नं.१९) § अंश भनेको अंशियार भएका नाताले स्वतः प्राप्त हुने अन्तरनिहित अधिकार हो । अंश जस्तो अधिकारलाई कुनै शर्त वन्देजले निष्कृय वा संकुचित गर्न सक्दैन । त्यस्तै प्रतिवादीहरुले मिलापत्र बमोजिमको सम्पत्ति वादीको नाममा गएको भन्न र देखाउन सकेको पनि नपाइदा उक्त मिलापत्र बमोजिमको जग्गा यी वादीका नाममा जान सक्ने अवस्था समेत नदेखिने । § अंश हक आफ्नो उत्तराधिकारीमा समेत हस्तान्तरण हुदै जाने प्रकृतिको अधिकार भएकोले अंशियारका नाममा दर्ता श्रेस्ता सम्म कायम नहुने मिलापत्र बमोजिमको शर्त बन्देजबाट वादीले आफ्नो अंश लिए बुझेको भनी अर्थ गर्न नमिल्ने । § अंश जस्तो कानूनी हक अधिकारलाई संकुचित गर्ने गरी भएको मिलापत्रको आधारमा वादीलाई अंश हकबाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं.२०) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री रामचन्द्रप्रसाद वर्णवाल प्रत्यर्थी वादी तर्फबाट : अबलम्वित नजीरः फैसला न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत, राजविराजको मिति २०६१।९।१८ को फैसला उपर न्याय प्रशासन ऐन, ०४८ को दफा ९ बमोजिम प्रतिवादीहरुको छुट्टा छुट्टै पुनरावेदन परी दायर हुन आएको प्रस्तुत मुद्दाको सक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. मुल पुरुष वुचनी मण्डलका ४ छोरामा जेठा जिया मण्डल, माहिला मंगल मण्डल, साहिला अजित मण्डल तथा कान्छा अमृत मण्डल हुन् । जियाका एक मात्र छोरा चिचाई र चिचाईका २ छोरामा क्रमशः जुगेश्वर र बद्री हुन् । जुगेश्वरको मृत्यु भै सकेको छ । निजको हकदार छोरा मधुसुदनप्रसाद मण्डल हुन् । मंगलका एक मात्र छोरा पल्लु मण्डल र पल्लुका एक मात्र छोरा वैरसु हुन् । अजितका छोरा नभै एक मात्र पत्नी म फिरादी हुँ । अमृत र निजकी पत्नीको निसन्तान अवस्थामा मृत्यु भएको छ । मेरो लोग्ने पनि २०१७।१८ साल तिर परलोक हुनु भएको हो । लोग्नेको मृत्यु पश्चात अरु अंशियारहरुले कुनै वास्ता नगरेको हुँदा नाबालक छोरीहरु लिई भिन्न बसी लालनपालन र बालिग भएपछि विवाह समेत गर्दा ऋण कर्जा लागेकोमा अंशियारहरुलाई ऋण कर्जा तिरी मेरो अंश हकको जग्गा जमिनबाट भए पनि व्ययवहार मिलाई दिनु होस भनी भन्दा निजहरुले नमानेको हुँदा यो फिराद गर्न आएकी छु । बुझ्नु पर्ने प्रमाण बुझी ०४ सालको सर्पट नापी देखि २०२८ सालको नापी बमोजिमको अंशीहरु