निर्णय नं. ७८२७ - परमादेशयुक्त अन्य आज्ञा आदेश जारी गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८२७ - परमादेशयुक्त अन्य आज्ञा आदेश जारी गरिपाऊँ भाग: ४९ साल: २०६४ महिना: असार अंक: ३ फैसला मिति :२०६४/०३/२७ २९५२ निर्णय नं.७८२७ ने.का.प.२०६४ अङ्क ३ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ माननीय न्यायाधीश श्री बलराम के.सी. संवत २०६२ सालको रिट नम्वर ३५४७ आदेश मितिः २०६४।३।२७ बिषयः– परमादेशयुक्त अन्य आज्ञा आदेश जारी गरिपाऊँ । निवेदकः चितवन जिल्ला शुक्रनगर गा.वि.स.वडा नं.१ बस्ने बर्ष ४० को आचार्य नारायण प्रसाद तिम्सिना(मधुप) विरूद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबार, काठमाडौं समेत § विकास समिति ऐन, २०१३ अन्तर्गत गठन आदेशको व्यवस्था गर्नुको उद्देश्य कुनै विकास आयोजनालाई छिटो छरितो ढंगले प्रभाकारी ढंगले संचालन गर्ने हो । यस्तो आयोजनामा करदाताबाट प्राप्त रकम खर्च हुन्छ । कानून बमोजिम गठित यस्तो समितिले तोकिएको समयमा तोकिएको काम सम्पन्न गर्नुपर्ने । § आ–आफ्नो मन्त्रालय अन्तर्गत गठित निकायहरुका काम सहज रुपले संचालन भए नभएको हेर्ने सम्बन्धित मन्त्रालयको कानूनी कर्तव्य हो तर विभिन्न कारण समेतले गर्दा समिति प्रभावकारी हुन नसकेको भन्ने देखिएकोले समितिको कमजोरी र त्रुटिहरु सच्याउने लगायत जे गर्नु पर्छ गरी गठन आदेश बमोजिम गठन समितिलाई तोकिएको कार्य सम्पन्न गर्न प्रभावकारी बनाउनु भनी विपक्षी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नाममा निर्देशनात्मक आदेश जारी हुने । (प्रकरण नं.१४) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री पुण्यप्रसाद अर्याल विपक्षी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री वज्रेश प्याकुरेल र विद्वान अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद अधिकारी अबलम्वित नजीरः आदेश न्या.वलराम के.सी.: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. म निवेदकको घर चितवन जिल्लामा भएको र मेरो अध्ययन संस्कृत साहित्यमा देवघाटकै गुरुकुल माध्यमबाट भएको हो । मैले नेपाली साहित्यमा त्रि.वि.वि.बाट स्नातकोत्तर (एम.ए.) को डिग्री पूरा गर्दा तयार गर्नु पर्ने भिलेज प्रोफायल देवघाट क्षेत्रमै गरेको थिएँ । देवघाटबारे अध्ययन अनुसन्धान लगायतका कार्य गरी रहेको छु, यसै क्रममा मैले “देवघाट वैदिक अध्यात्मिक सेवा परिषद” नामक संस्था २०५३ साल मै दर्ता गरी सो संस्थाबाट देवघाटसँग सम्बन्धित विभिन्न पत्रिकाहरु समेत प्रकाशन गर्दै हाल सम्म ४ वटा विभिन्न शोध प्रस्ताव समेत तयार गरेको छु । देवघाटधाम कुनै नयाँ संरचना नभै आदिकाल देखिको देवभूमी हो भन्ने विभिन्न लेख अनुसन्धानबाट पुष्टि हुन्छ । तत्कालीन पाल्पाका राजा मणी मुकुन्द सेन ब्रम्हलीन भएको, सीता गुफा, भगवान रामचन्द्रका गुरु वसिष्ठ आश्रम, चक्रेश्वर महादेवको चक्रशीला, अग्ला ठूला शालिग्राम पाइने स्थल, गण्डकी, लुम्बिनी, नारायणी यी ३ अंचल तथा तनहुँ, नवलपरासी र चितवन ३ जिल्लाको पवित्रस्थल मात्र नभै नेपाल र भारत समेतका धर्मात्माहरुको पवित्र तीर्थस्थल भएको कुरामा दुई मत छैन । यस्तो पुण्य स्थलको विकास एवं संरक्षण सम्बर्धनको लागि श्री ५ को सरकारले खण्ड ४३ काठमाडौं चैत्र ४ गते, २०५० साल (अतिरिक्ताङ्क ६९) मा प्रकाशित गरी देवघाट क्षेत्र विकास समिति (गठन) आदेश २०५० जारी गरेको छ । समिति गठन भएको १२ बर्ष बितिसक्दा यस क्षेत्रको कुनै कार्य आजसम्म भए गरिएको छैन । श्री ५ को सरकारले देवघाट संरक्षण गर्ने भनी गठन आदेश जारी गर्ने, अर्को तर्फ यसै क्षे